सुन प्रकरणको अनुसन्धान सीआइबीले नै टुङ्गोमा पुर्याउँछ : गृहमन्त्री श्रेष्ठ
३ भदौ, काठमाडौं । उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको र त्यसैले टुङ्गोमा पुर्याउने बताएका छन् ।
आज (आइतबार) सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठकपछि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै गर्ने बताएका हुन् । एमालेले माग गर्दै आएको उच्चस्तरीय समिति गठनबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘कुनै कन्फ्युजन नहोस् । सीआईबीले अनुसन्धान गर्दैछ । त्यसैले निष्कर्षमा पुर्याउँछ ।’
प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । तर, सत्तारुढ दलहरूले भने सीआईबीले छानबिन गरिरहेकाले त्यसको अर्को समिति आवश्यक नभएको बताउँदै आएका छन् । एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेयता संघीय संसदका दुवै सदनको बैठकमा अवरोध गर्दै आएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply