सुन प्रकरणको अनुसन्धान सीआइबीले नै टुङ्गोमा पुर्याउँछ : गृहमन्त्री श्रेष्ठ
३ भदौ, काठमाडौं । उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको र त्यसैले टुङ्गोमा पुर्याउने बताएका छन् ।
आज (आइतबार) सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठकपछि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै गर्ने बताएका हुन् । एमालेले माग गर्दै आएको उच्चस्तरीय समिति गठनबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘कुनै कन्फ्युजन नहोस् । सीआईबीले अनुसन्धान गर्दैछ । त्यसैले निष्कर्षमा पुर्याउँछ ।’
प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । तर, सत्तारुढ दलहरूले भने सीआईबीले छानबिन गरिरहेकाले त्यसको अर्को समिति आवश्यक नभएको बताउँदै आएका छन् । एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेयता संघीय संसदका दुवै सदनको बैठकमा अवरोध गर्दै आएको छ ।
सम्बन्धित समाचार
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
Leave a Reply