शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित
५ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ । पूर्व निर्धारित कार्यक्रमबमोजिम राष्ट्रपतिले आज (मंगलबार) बिहान सबै राजनीतिक दललाई छलफलका लागि शीतल निवास बोलाएका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका दल मात्र सहभागी छन् । खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक महिनादेखि संसद्मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार नै निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो । नेकपा एमालेका एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको छलफलप्रति एमालेको विमति छ ।
हिजो बेलुकी नै लगभग टुंगिएको छ’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘प्रधानमन्त्रीकै पहलमा लगातार बैठक भइरहेको छ । प्रधानमन्त्रीकै सल्लाहमा राख्ने हो क्यारे । राष्ट्रपतिले कताबाट राख्नु भयो थाहा भएन । तर यसबीच (सोमबार राति) संसद्को अवरोध हटाउन एमाले तयार भइसकेको छ । आजैबाट संसद् बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply