कोशी सरकारविरुद्ध आज एमालेले सर्वोच्चमा मुद्दा दायर गर्ने
६ भदौ, काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले आज पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै छ।
गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधान मिचिएको भन्दै कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्वोच्च अदालत जान लागेको हो।
सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि एमालेले त्यसको विरोध गर्दै आएको छ।
संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेको दाबी छ।
थापा नेतृत्वका गठबन्धन सरकार असंवैधानिक भएकाले त्यसलाई खारेज गरी ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग एमालेको छ।
सोही माग दाबीसहित आज सर्वोच्चमा रिट दायर गर्न लागिएको कोशी प्रदेश एमाले दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिए।
यसअघि गएको गत असार २२ गते पनि एमालेले मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो।
यो मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले त्यतिबेला मुख्यमन्त्री उद्धव थापाको नियुक्तिलाई असंवैधानिक भन्दै बदर गरेको थियो।
त्यसपछि कोशीमा पुनः सरकार गठनको प्रक्रिया अघि बढेको थियो। गएको साउन १६ गते सभामुख बाबुराम गौतमले राजीनामा दिएर मतदानमा भाग लिएपछि थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।
कोशी प्रदेशमा नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद सरकारको पक्षमा छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply