मदन भण्डारी महासचिव चुनिएको घरमा एमालेको सचिवालय बैठक बस्दै
१३ भदौ,सिराह । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने एमाले मधेस प्रदेश इञ्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ । अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारीलाई महासचिव चयन भएका थिए । एमालेको ऐतिहासिक स्थान भएकाले सो ठाउँमा पार्टीको सचिवालय बैठक राखिएको हो । भट्टराईका अनुसार सो महाधिवेशनले राज्य व्यवस्था पनि बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ भने नीति पास गरेको थियो ।
एमालेले मार्क्सवाद, लेलिनवादलाई दर्शन सिद्धान्तको रूपमा सो महाधिवेशनले पास गरेको भन्दै सचिव भट्टराईले पञ्चायती व्यवस्थाको अन्त्यका लागि संयुक्त मोर्चा बनाएर जानुपर्ने निर्णय पनि गरिएको थियो । संयुक्त मोर्चाका कारण पञ्चायती व्यवस्थाको अन्त्य भएकाले अमवास एमालेका लागि ऐतिहासिक ठाउँ रहेको उनले बताएका छन् ।
यसअघि यही भदौ ९ गतेका लागि तय भएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले आजका लागि सारिएको थियो । सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो । सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो । त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको छ ।
‘चौथो महाधिवेशन नीति, कार्यक्रम र नेतृत्वका हिसाबले अग्रगामी रहेको थियो”, सचिव भट्टराईले भने, “एमालेको विचार निर्माणमा त्यो महाधिवेशन ऐतिहासिक थियो । त्यसैको सम्झनास्वरुप बैठक यही स्थानमा तय गरिएको हो ।’ सचिव भट्टराईले यस ठाउँको भौतिक पूर्वाधारको विकास, नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन केन्द्र, कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्षमा आज नै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट कम्युनिष्ट आन्दोलनको स्तम्भ सोही ठाउँमा शिलान्यास गर्ने कार्यक्रम समेत रहेको जानकारी दिए। त्यस्तै उक्त स्थानलाई वैचारिक तथा सैद्धान्तिक पर्यटकस्थलका रूपमा विकास गरिने उनले बताए ।
कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पुगेको उपलक्ष्यमा चौथो महाधिवेशनमा सहयोग गर्ने स्थानीयलाई सचिवालयको बैठकले सम्मान गर्ने उनले बताए । सो ठाउँमा मदन भण्डारी नामको एउटा स्कुल समेत रहेको छ । जसका लागि १८ कट्टा जमिन पनि पार्टीले खरिद गरेको हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply