न्यायाधीश खतिवडाले हेर्न नमानेपछि कोशी सरकारविरुद्धको सुनुवाइ स्थगित
१५ भदौ,काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा शुक्रबार (आज) पूर्ण सुनुवाइ स्थगित भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो । तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि सुनुवाइ नै नहुने भएको हो ।
न्यायाधीश खतिवडाले मुद्दा नहेर्ने भनेपछि सुनुवाइ नहुने भएको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए । यसअघि खतिवडाको एकल इजलासले नै प्रारम्भिक सुनुवाइ गरेको थियो । खतिवडाले नै आज पूर्ण सुनुवाइका लागि पेसी तोकेका थिए । तर गोलाप्रथाबाट पेसी तोक्दा उनैको इजलासमा परेपछि सुनुवाइ नुहुने भएको हो ।
प्रारम्भिक सुनुवाइ गरेकै न्यायाधीशकोमा पूर्ण सुनुवाइ गर्न नमिल्ने बाध्यात्मक व्यवस्था भने होइन । तर खतिवडाले यसअघि नै आफूले आदेश गरिसकेकाले पूर्ण सुनुवाइ नगर्ने भनेकाले आजै आदेश नहुने भएको हो । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष समेतको मतले बहुमत पुर्याएको भन्दै विपक्षी दलका सांसद हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
कोशीमा गठबन्धनका पक्षमा बहुमत पुर्याउन सभामुखले राजीनामा दिएका थिए । सभामुखले राजीनामा दिइसकेपछि उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने थियो । तर विश्वासको मत लिन दिन उपसभामुख बिरामीको बहानामा काठमाडौं आएकी थिइन् । त्यसपछि ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने थियो । तर ज्येष्ठ सदस्य सबैलाई बिदामा राखेर विपक्षी दलले सत्ता पक्षलाई नै सभाध्यक्षता गर्न बाध्य बनाएका थिए ।
सत्ता पक्षका सांसदले आफै सभाध्यक्षता गरेर विश्वासको मत पनि दिएका थिए। त्यसविरुद्ध पूर्व मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका हुन् । उनले उद्धव थापालाई मुख्यमन्त्रीबाट हटाएर आफूलाई मुख्यमन्त्रीको शपथ गराउन निवेदनमा माग गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिँदै आवश्यक बहुमत ४७ पुर्याइएको थियो ।
यसविरुद्ध एमाले प्रदेश संसदीय दलका नेता कार्कीले यही भदौ ६ गते सर्वोच्चमा रिट दिएका हुन् । उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन् । तर उनले उपसभामुखलाई भने विपक्षी बनाएका छैनन्। उपसभामुख उनकै दलकी सिर्जना दनुवार हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply