संविधान दिवसको उत्सव मनाउन एमालेको परिपत्र
२१ भदौ, काठमाडौं । नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ ।
पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । ‘नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट संविधान बनेको दिनलाई उत्सवका रुपमा मनाउँदैछौं, त्यही अनुसार परिपत्र भएको छ, उनले भने ।
केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष केपी शर्मा ओली सहभागी भएर नारायणचौंर काठमाडौंमा संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ । संविधान जारी भएको दिन ३ असोजलाई उत्सवका रुपमा मनाउन प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गरिसकेको अधिकारीले बताए ।
परिपत्रअनुसार जिल्लास्थित पार्क, शहीत स्तम्भ या आन्दोलन र संघर्षलाई स्मरण गराउने सार्वजनिक स्थलमा एमालेले राष्ट्रिय झण्डासहित पदयात्रा गर्नेछ । उक्त पदयात्रामा देशभक्तिपूर्ण गीतहरु बजाउने र राष्ट्रिय झण्डासहित सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा राख्न परिपत्र गरिएको छ ।
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र नेपालको संविधानको पक्षमा विभिन्न सञ्चार माध्यमबाट विचार संम्प्रेषण गर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ । यसबाहेक स्थनीय विशेषताअनुसार थप सिर्जनात्मक कार्यक्रम गर्न सकिने पनि परिपत्रमा उल्लेख छ ।
प्रदेश र जनसंगठनका कमिटीमा रहनेहरुलाई आफू रहेको भूगोलकै कार्यक्रममा सहभागी हुन एमालेले निर्देशन दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply