२२ भाद्र २०८०, शुक्रबार १३:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल म्यानमारसँग गोलरहित बराबरीमा रोकियो
२२ भदौ, काठमाडौं । पेनाल्टीमा चुक्दा नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ ।
फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।
पेनाल्टी बक्स भित्र म्यानमारका डिफेन्डरले बल रोक्दा ह्यान्ड बल भए पछि नेपालले पेनाल्टीको मौका पाएको थियो ।
पहिलो हाफमा दुवै टिमले केही मौका बनाए पनि दुवै टिमले गोल गर्न सकेका थिएनन् ।
फिफा वरीयतामा आफूभन्दा १५ स्थान माथिको म्यानमारसँग यसभन्दा अघि नेपालले २ खेल खेल्दै दुवै खेलमा हार बेहोरेको थियो ।
नेपाल फिफ वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १६० औं स्थानमा छ । नेपालले दोस्रो खेल सोमबार खेल्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply