नेपालगञ्जमा आज पनि कर्फ्यू जारी
१७ अशोज, काठमाडौं । आज बुधबार पनि बाँकेको नेपालगञ्जमा कर्फ्यू जारी छ । हिजो मंगलबारदेखि कर्फ्यू लागेको नेपालगञ्जमा बुधबार स्थिति सामान्य बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले आज बिहानदेखि नेपालगञ्जको स्थिति शान्त र सामान्य बन्दै गएको बताए । अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन भएको पनि उनले जानकारी दिए । मानिसहरू भीडभाड हुन, जम्मा हुन रोक लगाइएको छ ।
‘आज त्यस्तो कुनै स्थिति पनि देखिएको छैन,’ एसपी राठौरले भने ‘नेपालगञ्जवासीले ठूलो सावधानी र संयमता अपनाउनुभएको छ ।’ स्थिति सामान्य बन्दै गएको हुँदा परिस्थिति विश्लेषण गरी सुरक्षा समितिको बैठक बसेर कर्फ्यू कति लम्ब्याउने भन्नेबारे थप निर्णय गरिने उनले बताए ।
उनका अनुसार बाँकेको जमुनाहा नाका झन्डै नौ सयको नेपालीहरू रोकिएकाले उनीहरूलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ । ‘भारतबाट विभिन्न ठाउँबाट गए रातिसम्म नाकामा आएका नेपालीहरूको संख्या झन्डै ९ सय छ,’ एसपी राठौरले भने, ‘उहाँहरू पनि शान्तसँग बसेर सहयोग गर्नुभएको छ र अब उहाँहरूलाई गन्तव्यतर्फ पठाउने क्रम सुरू हुने छ ।’
त्यसका लागि विभिन्न यातायात प्रालिसँग सहयोग मागिएको राठौरले बताए । ‘हामी हाम्रो गाडी पनि प्रयोग गर्छौं र उहाँहरूलाई कर्फ्यू लागेको क्षेत्रभन्दा बाहिरसम्म सुरक्षित पुर्याउने काम हुने छ,’ उनले भने ।
सामाजिक सद्भाव खलबलिने आशंका बढेपछि स्थानीय प्रशासनले नेपागञ्जमा मंगलबार दिउँसो एक बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो । बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण धार्मिक एवं सामाजिक सद्भाव खलबलिने अवस्था आएपछि प्रशासनले कर्फ्यू लगाउनु परेको बताएको छ ।
स्टाटस लेख्ने मानिसलाई कारबाहीको माग गर्दै मुस्लिम समुदायमा मानिस प्रशासन गुहार्न पुगेका थिए। ती व्यक्तिलाई पक्राउ नगरिएको भन्दै असोज १५ गते मुस्लिम समुदायका मानिसले नेपालगञ्जमा विरोध र्याली निकालेका थिए। त्यसको विरोधमा फेरि मंगलबार बिहान त्यस्तै सामाजिक सञ्जाल प्रयोग कर्ताका कारण ओमकार परिवार हिन्दु समाजले सदभाव र्यालीका नाममा विरोध र्याली निकालेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply