बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
५ पुस, काठमाडौं । काठमाडौंको बिजुली बजार पुल नजिकै रहेको बार्दली रेष्टुरेन्टले मिचेको संरचना काठमाडौं महानगरपालिकाले भत्काई दिएको छ । आज (बिहीबार) बिहान डोजरसहित पुगेका नगर प्रहरीहरूले सडकको भाग मिचेर बनाएको पर्खाल भत्काइ दिएको हो ।
वडा नम्बर १०का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा यसअघि अनधिकृत संरचना बनाएर हडपिएको जग्गाको रेखांकन गरिएको थियो । काठमाडौं महानगरपालिका–१० को सिट नम्बर १०२–११४६–०६ को कित्ता नम्बर ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा महानगरले छुट्याएको थियो । त्यसपछि सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको हो । रेष्टुरेन्टलाई आफै संरचना भत्काउन भने पनि नमानेपछि महानगरपालिकाले डोजर चलाएर भत्काएको हो । महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply