झापाको मेची राजमार्गमा भीषण दुर्घटना: एकको मृत्यु, चार जना घाइते
काठमाडौं । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार अपराह्न करिब साढे ४ बजे चारआलीबाट बुधबारेतर्फ जाँदै गरेका दुई वटा मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा साँझ ५:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
यसै दुर्घटनामा सुनसरी धरान–१५ का २७ वर्षीय मनीकुमार देवान, इटहरी उपमहानगरपालिका–५ का २७ वर्षीय अनीश बस्नेत, इटहरी–५ का २९ वर्षीय नन्दबहादुर मगर तथा इटहरी–१७ का २९ वर्षीय कमल मगर घाइते भएका छन्।
घाइतेहरूको बिर्तामोडस्थित स्पाइनएक्स अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply