दीपक खड्का प्रकरणमा नयाँ मोड: सर्वोच्चको आदेश, अनुसन्धान फाइल झिकाउन निर्देशन
काठमाडौं — सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का सम्बन्धी अनुसन्धानमा नयाँ मोड आएको छ।
सर्वोच्च अदालतले खड्कासम्बन्धी अनुसन्धान फाइल झिकाउन आदेश जारी गरेको हो। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को संयुक्त इजलासले राजस्व अनुसन्धान विभागलाई बिहीबार दिउँसो १२ बजेसम्म लिखित जवाफ पेश गर्न तथा अनुसन्धान फाइल अदालतमा बुझाउन निर्देशन दिएको छ।
खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले चैत १५ गते पक्राउ गरेको थियो। यतिबेला उनीमाथि पटक–पटक म्याद थप गर्दै अनुसन्धान जारी राखिएको छ।
यसअघि भदौ २४ गते बूढानीलकण्ठस्थित उनको निवास जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेको थियो। उक्त घटनापछि जलेका नोटका भिडियो तथा तस्बिर सार्वजनिक भएपछि प्रकरण थप चर्चामा आएको थियो।
यस्तै, खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि मार्फत भएका विभिन्न आर्थिक कारोबार शंकास्पद देखिएपछि उनी अनुसन्धानको दायरामा आएका हुन्।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply