प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ साउन २८ मा प्रदर्शनमा आउने
काठमाडौं — अभिनेत्री प्रियंका कार्की द्वारा निर्मित फिल्म ‘मास्टर्नी’ साउन २८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। वितरण पक्षसँगको समन्वयपछि प्रदर्शन मिति तय गरिएको हो।
भारतीय निर्देशक शुभेन्दु घोष ले निर्देशन गरेको उक्त फिल्म क्राइम थ्रिलर तथा मर्डर मिस्ट्री कथामा आधारित रहेको छ। फिल्ममा प्रियंका कार्कीका साथै सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको निर्माण प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रणित कार्की ले गरेका हुन् भने सुरक्षासिंह मल्होत्रा कार्यकारी निर्माता रहेका छन्।
फिल्मको कथा स्वयं प्रियंका कार्कीले लेखेकी हुन्। लेखनमा शान बस्नेत ले पनि सहकार्य गरेका छन्, जसले संवाद लेखनमा समेत योगदान दिएका छन्।
क्राइम र रहस्यप्रधान कथावस्तु बोकेको ‘मास्टर्नी’ प्रति दर्शकमा उत्सुकता बढ्दो देखिएको छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply