धनुषामा पूर्व वडाध्यक्ष मृत फेला, घटनास्थलबाट मदिराका बोतल बरामद
धनुषा । धनुषामा एक पूर्व वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन्। सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदिप महतोको शव बुधबार राति फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तका अनुसार महतोको शव गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइ आयोजनाको पूर्वी नहरअन्तर्गत तीन नम्बर पुलमा राति करिब ११ बजे भेटिएको हो।
प्रहरीका अनुसार घटनास्थलबाट १०–१२ वटा बियर तथा अन्य मादक पदार्थका खाली बोतलहरू बरामद भएका छन्। प्रारम्भिक अनुसन्धानमा महतोले समूहमा बसेर मदिरा सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ।
‘मृत्युको ठोस कारण खुल्न सकेको छैन। छानबिन र पोस्टमार्टम रिपोर्टपछि मात्रै यकिन हुन्छ,’ प्रहरी निरीक्षक दत्तले बताएका छन्।
घटनास्थलमा महतोसँगै रहेका भनिएका व्यक्तिहरू हाल फरार रहेका छन्। उनीहरूको पहिचान तथा खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको जनाएको छ।
महतोको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ।
उल्लेखनीय छ कि महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सबैला नगरपालिका–१२ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
घटनालाई लिएर प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै सार्वजनिक हुने बताइएको छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply