६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
काठमाडौं — यातायात व्यवस्था विभाग ले छापिएका ६७४ थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सार्वजनिक गरेको छ। शुक्रबार विभागले आफ्नो फेसबुक पेजमार्फत लाइसेन्सहरूको विवरण सार्वजनिक गर्दै सम्बन्धित सेवाग्राहीलाई लिन आउन आग्रह गरेको हो। सार्वजनिक विवरणमा लाइसेन्सका विभिन्न श्रेणीसमेत उल्लेख गरिएको छ। विभागले लाइसेन्स लिन आउने सेवाग्राहीलाई अनिवार्य रूपमा आवश्यक कागजात साथमा ल्याउन पनि अनुरोध गरेको छ। विशेषगरी राजश्व तिरेको सक्कल रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र (भएमा) लिएर आउनुपर्ने बताइएको छ, अन्यथा वितरण प्रक्रियामा समस्या हुन सक्ने जनाइएको छ।
यसैबीच, सुरक्षण मुद्रण केन्द्र मार्फत कात्तिक महिनादेखि सवारी लाइसेन्स छपाइ कार्य भइरहेको विभागले जनाएको छ। हाल अत्यावश्यक सेवा, पुरानो ब्याकलग र नयाँ लाइसेन्स गरी तीन प्रकारका सेवामा प्राथमिकता दिइएको छ। ट्रायल पास गरी राजश्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छपाइ हुने व्यवस्था लागू गरिएसँगै सेवा प्रवाहमा सुधार आएको विभागको दाबी छ। लामो समयदेखि रहेको ढिलाइलाई क्रमशः समाधान गर्दै विभागले वितरण प्रक्रिया व्यवस्थित र छिटो बनाउने प्रयास गरिरहेको जनाएको छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply