रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्रको निर्वाचन प्रक्रियाका लागि उम्मेदवारी दस्तुर निर्धारण गरेको छ। बुधबार बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सभापति पदको उम्मेदवार बन्न ५१ हजार रुपैयाँ दस्तुर तोक्ने निर्णय गरेको हो।
बैठकले अन्य पदका लागि समेत छुट्टाछुट्टै उम्मेदवारी शुल्क निर्धारण गरेको छ। निर्णयअनुसार पदाधिकारी पदका उम्मेदवारले ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
रास्वपाले पार्टी संगठनलाई व्यवस्थित, अनुशासित र संस्थागत बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ। पार्टीभित्र आन्तरिक निर्वाचनलाई थप व्यवस्थित बनाउन उम्मेदवारी शुल्क निर्धारण गरिएको नेताहरूको भनाइ छ।
तर सामाजिक सञ्जालमा भने यो निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले आर्थिक रूपमा सक्षम व्यक्तिलाई मात्र नेतृत्वमा पुग्न सहज हुने तर्क गरेका छन् भने समर्थकहरूले पार्टी सञ्चालन र व्यवस्थापनका लागि यस्तो शुल्क आवश्यक रहेको बताएका छन्।
रास्वपाले आगामी महाधिवेशन तथा नेतृत्व चयन प्रक्रियालाई लक्षित गर्दै संगठनात्मक तयारीलाई तीव्र बनाइरहेको छ।
सम्बन्धित समाचार
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
Leave a Reply