नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ जेठभित्र क्रियाशील सदस्यता वितरण, छुट नवीकरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कांग्रेसले पार्टीको सदस्यता अभिलेखीकरणलाई थप व्यवस्थित र डिजिटल बनाउने उद्देश्यसहित विभिन्न डिजिटल माध्यममार्फत सदस्यता व्यवस्थापन अभियानलाई तीव्र बनाएको जनाएको छ ।
समितिका अनुसार अब क्रियाशील सदस्यहरूले आफ्नै मोबाइल प्रयोग गरेर अनलाइनमार्फत फारम भरी सदस्यता अद्यावधिक गर्न सक्नेछन् । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।
त्यस्तै, अनलाइन प्रक्रिया पूरा गर्न समस्या परेमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी ‘एआई साथी’मार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको छ ।
यसका अतिरिक्त, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका नम्बर ९७१२०५६३५१ र ९७१२०५६३५२ मा सम्पर्क गरेर पनि सदस्यहरूले आवश्यक सहजीकरण प्राप्त गर्न सक्ने कांग्रेसले जनाएको छ ।
समितिले फोनमार्फत सोधिने प्रश्नहरूको उत्तर दिएर पनि सदस्यता अद्यावधिक फारम भर्न सकिने व्यवस्था मिलाएको बताएको छ ।
कांग्रेसले सदस्यता अद्यावधिक नगर्ने तथा कांग्रेस परिचयपत्र ‘एनसी आईडी’ प्राप्त नगर्ने व्यक्तिहरूलाई १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट चेतावनीसमेत दिएको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
खर्च कटौती गर्दै सरकार, १८ खर्ब ९० अर्बको बजेट तयारी
-
भारतबाट तरकारी आयातमा कडाइ, रानी तलाउ मण्डीमा नेपाली तरकारीको व्यापार बढ्यो
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
Leave a Reply