नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालत ले नेपाल–भारत सीमाबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क उठाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगाना को संयुक्त इजलासले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय लगायत सम्बन्धित निकायका नाममा उक्त आदेश जारी गरेको हो । अदालतले अर्को आदेश नभएसम्म विवादित व्यवस्था लागू नगर्न निर्देशन दिएको छ ।
यो आदेश अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोगी सिंह र प्रशान्त विक्रम शाह ले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि आएको हो । निवेदकहरूले अर्थ मन्त्रालयको निर्णय भन्सार ऐन, २०८१ को छुटसम्बन्धी व्यवस्थासँग बाझिएको दाबी गरेका थिए ।
यसअघि अर्थ मन्त्रालयले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार शुल्क लगाउने निर्णय गरेपछि तराई–मधेशका नेपाल–भारत सीमामा कडाइ गरिएको थियो । सीमाक्षेत्रमा चेकजाँच कडा भएपछि स्थानीयस्तरमा विरोधसमेत चर्किएको थियो ।
विशेषगरी सीमावर्ती क्षेत्रमा साना किनमेल तथा दैनिक उपभोग्य सामग्री ल्याउने सर्वसाधारण प्रभावित भएको भन्दै आलोचना बढिरहेका बेला सर्वोच्चको यो आदेश आएको हो । अदालतको अन्तरिम आदेशसँगै अन्तिम फैसला नआएसम्म सरकारले यस्तो भन्सार शुल्क उठाउन पाउने छैन ।
यस निर्णयले सीमावर्ती क्षेत्रका नागरिकलाई तत्काल राहत मिल्ने अपेक्षा गरिएको छ भने सरकारको भन्सार नीतिमाथि नयाँ बहस सुरु भएको छ ।
सम्बन्धित समाचार
-
परम्परागत इट्टालाई चुनौती दिँदै सीएसईबी प्रविधि लोकप्रिय हुँदै
-
भृकुटीमण्डपमा बाइक प्रेमीको भीड, बजाज मेलामा विशेष छुट र उपहार
-
पर्यटन मन्त्रालयद्वारा नेपाल वायुसेवा निगममा नयाँ नियुक्ति
-
निर्माण व्यवसायी संघको चेतावनी : लागत समायोजन नभए विकास आयोजना ठप्प हुने
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
Leave a Reply