वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
काठमाडौं । नेपालभर घरजग्गा खरिद–बिक्री तथा नामसारी कारोबारबाट वैशाख महिनामा ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। पछिल्लो तथ्यांकले केही समयदेखि उतारचढावमा रहेको घरजग्गा बजार क्रमशः सुधारतर्फ उन्मुख भइरहेको संकेत गरेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार काठमाडौंस्थित बबरमहल कार्यालयबाट सार्वजनिक गरिएको विवरणअनुसार वैशाख महिनाको राजस्व संकलन चैत महिनाको तुलनामा केही वृद्धि भएको हो। चैतमा ६ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
कुल ६ अर्ब २६ करोड रुपैयाँ राजस्वमध्ये सबैभन्दा धेरै ३ अर्ब ३१ करोड रुपैयाँ दर्ता शुल्कबाट संकलन भएको छ। त्यस्तै पुँजीगत लाभकरबाट २ अर्ब ५५ करोड रुपैयाँ प्राप्त भएको विभागले जनाएको छ। सेवा करबाट ३४ करोड ४० लाख रुपैयाँ उठेको छ भने मुख्यमन्त्री स्वच्छता कोषका लागि ४ करोड ४८ लाख रुपैयाँ संकलन गरिएको छ।
पछिल्ला महिनामा घरजग्गा बजारमा देखिएको सुधारलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। विभागीय तथ्यांकअनुसार फागुन महिनामा ४ अर्ब १४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो भने माघमा ५ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी उठेको थियो।
लगातार दुई महिनादेखि राजस्व संकलनमा वृद्धि देखिनुले घरजग्गा बजार विस्तारै स्थिर र सुधारोन्मुख अवस्थामा प्रवेश गरिरहेको संकेत गरेको सरोकारवालाहरूको भनाइ छ।
सम्बन्धित समाचार
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
-
भृकुटीमण्डपमा बाइक प्रेमीको भीड, बजाज मेलामा विशेष छुट र उपहार
-
विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
Leave a Reply