‘नत्र चार वर्षमा पनि बन्दैन’
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आगामी माघ ८ मा संविधान जारी नगर्ने हो भने अरू चार वर्षपछि पनि संविधान नवन्ने दाबी गर्नुभएको छ । युवा संघ नेपाल काठमाडौं जिल्लाले सोमबार राजधानीमा आयोजना गरेको ‘बढ्दो सडक दुर्घटना तथा न्यूनीकरण’ विषयक अन्तक्र्रियामा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले प्रमुख दलबीच मिलनबिन्दु खोजेर भए पनि माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । ‘एमाले आगामी माघ ८ मा संविधान जारी गर्न कतिसम्म लचिलो हुनुपर्ने हो त्यसमा तयार छ,’ उहाँले एमाओवादीप्रति लक्षित गर्दै भन्नुभयो, ‘कांग्रेस एमालेले पेलेर बहुमतका आधारमा संविधान जारी गर्न खोजे भनेर आरोप लगाउनेहरूले पनि हामी यो बिन्दुसम्म मिलेर जान तयार छौं भनेर प्रस्ताव ल्याउनुपर्यो नि ?’ नेपालले नेकपा (एमाले) कुनै पनि हालतमा जातीय संघीयताका पक्षमा नरहेको प्रस्ट पार्दै एमाओवादी लचिलो भए त्यसको मिलनबिन्दु खोज्न सकिने बताउनुभयो । ‘मैले एमाओवादीका नेताहरूलाई मिलनबिन्दुको प्रस्ताव ल्याउनुहोस् भनेको छु,’ नेपालले भन्नुभयो, ‘उहाँहरू संविधान जारी गर्ने पक्षमा हुनुहुन्छ भने त्यस्तो प्रस्ताव ल्याउनुहुन्छ । होइन भने माघ ८ मा जसरी पनि संविधान जारी हुन्छ ।’
कार्यक्रमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, युवा संघ नेपालका उपाध्यक्ष दिलु पन्त, अनेरास्ववियुका उपाध्यक्ष थोमस बास्तोला, युवा संघ नेपाल काठमाडांै जिल्ला कमिटीका अध्यक्ष नितेश पौडेललगायतले बोलेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply