वासुदेवले सुनाए दर्जन सिर्जना
काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मासिक रूपमा सञ्चालन गर्दै आएको अविरल जनसाहित्य यात्राको दसौं शृंखलामा कवि वासुदेव अधिकारी शुक्रबार प्रस्तुत भए । ‘समयका स्वरहरू’, ‘मनको हरियो मनको गीत’, ‘आफन्तलाई सम्बोधन’, ‘गायब सभामुख’ र ‘युरोस्पर्श’ गरी पाँच कविताकृति प्रकाशित गरेका अधिकारीले खसीबजार, बागबजारस्थित महासंघको हलमा नयाँ–पुराना गरी दर्जन कविता सुनाए ।
सानैदेखि प्रगतिशील साहित्य सिर्जनामा लागेका धादिङ सुनौला बजारका अधिकारी २०४८ मा कर्मचारी आन्दोलनका क्रममा राष्ट्र बैंकको जागिरबाट बर्खास्तगीमा समेत परेका थिए । २०५० अघि पद्य कवितामा मात्रै कलम चलाएका र पछि गद्य कवितामा लागेका उनले ‘सारथीलाई’ शीर्षकको कविताबाट वाचन सुरुआत गरेका थिए । त्यसपछि उनले ‘इँटा भट्टामा राम लखन’, ‘सत्य’, ‘वालस्ट्रिट सुन्दरी’, ‘तिम्रो प्रतिभाको आगोले’, ‘बार्थोल्डीसँग गनथन’लगायतका कविता सुनाए भने उनका बाँकी कविता लक्ष्मण गाम्नाङे, शशी लुमुम्बू, फूलमान बल, यशोदा अधिकारी, बैरागी जेठा र इन्दु अंशुले वाचनमा सघाएका थिए ।
महासंघका अध्यक्ष खगेन्द्र राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सहआयोजक जनसाहित्यिक मञ्चकी अध्यक्ष डा. विन्दु शर्माले कवि अधिकारीको व्यक्तित्व तथा कृतित्वबारे बोलेकी थिइन् । वाचित कवितामाथि समालोचक डा. नेत्र एटमले समीक्षात्मक टिप्पणी गर्दै भने ‘वासुका कविताहरूमा स्वप्नसिर्जना, श्रम तथा सीपको सुगन्ध पाइन्छ ।’
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply