संविधान: नयाँ युगतर्फको यात्रा
संविधानसभाबाट संविधान जारी गर्ने देशहरुको सूचीमा नेपालको नाम त्रिचालिसौ नम्बरमा थपिएको छ । यससंगै नेपाल युगान्तकारी परिवर्तन तर्फ अगाडि बढेको छ । नेपाली जनताले आफ्नो संविधान आफैले लेखेका छन, आफ्नो भविश्यको फैसला आफै गरेका छन । हाम्रो पुस्ता पनि यसमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहभागी हुन पाउँदा गौरवान्वित छ । समाज परिवर्तनको दृष्टिकोणले हामि समाजवाद तर्फ उन्मुख भएका छौं, पँुजिवादि क्रान्तीको चरणमा प्रवेश गरेका छौं । अब अर्को पँुजिवादी क्रान्ती हुदैन वा आवश्यक छैन भन्ने स्पष्ट संदेश हामिले दिन सक्नु पर्दछ । यो अर्थमा नेकपा एमालले पछिल्लो महाधिवेशबाट निकालेको निश्कर्ष यो संविधानको घोषणाले थप पुष्टि भएको छ । अब नेपालमा पुस्पलालले भने जस्तो नयाँ जनवादी क्रान्तीको आवश्यकताबाट मुलुक अगाडि बढी सकेको छ ।
यी सवै दृष्टिकोणले नयाँ संविधान संगै नेपालमा नयाँ युगको प्रारम्भ हुँदैछ । त्यो नयाँ युगले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्नका लागि महत्वपूर्ण पाइला प्रारम्भ गर्नेछ । संविधान आफैमा साध्य हैन साधन मात्र हो । यो साधनको प्रयोग गरेर अब केही दशकभित्रै नेपालमा विकास प्रगति उन्नति शान्ति स्थिरता र सामाजिक रुपान्तरण पूरा हुने सम्भावना अध्यधिक मात्रामा देखिएकाले बेखुशी कोही नागरिकले हुनुपर्ने देखिदैन । निश्चितै रुपमा संविधान निर्माणका क्रममा केही वर्ग, समुदाय, राजनीतिक दलका असन्तुष्टिहरु देखिएका छन्,ा । त्यसलाई अन्यथा पनि भन्न मिल्दैन । ती असन्तुष्टिहरुलाई लोकतान्त्रिक विधि प्रक्रियाद्वारा नै आगामी दिनमा सम्बोधन गर्दै जाने लक्ष्य सरकार र नागरिक दलहरुले लिनु पर्दछ ।
संविधानको भौतिकवादी व्याख्या
संविधान भनेको भौतिकवादी दृटिष्कोणबाट के हो र किन आवश्यक पर्छ भनेर व्याख्या र विश्लेषण गर्नुपर्छ । संविधान समाजको विकास क्रमको अभिन्न अंङ्ग, चेतनास्तरको अभिन्न अंग, राजनीतिक शक्तिहरुको शक्ति सन्तुलनको दस्तावेज हो । यसरी हेर्दा अनेक तरिकाले संविधानलाई व्याख्या गर्न सकिन्छ ।
नेपालमा १९५० अर्थात् २००७ सालसम्म सामन्तवादी राज्य व्यवस्था थियो । २००७ सालको क्रान्तिसँगै त्यसको अन्त्यको प्रारम्भ भयो र २०६२/६३ जनक्रान्तिसम्म आइपुग्दा त्यसको राजनीतिक स्वरुपलाई पूर्ण रुपमा समाप्त पारिएको थियो । त्यसैले अन्तरिम संविधान पछाडिको जुन अहिलेको संविधान निर्माण भएकोछ अहिले त्यसलाई सामाजिक दृष्टिकोणबाट हेर्दा सामन्तवादको अन्त्य र पुँजीवादी समाजको निर्माण र पुँजीवादी समाजको विकासक्रमलाई स्थायित्व दिने दस्तावेजका रुपमा यसलाई हामीले व्याख्या गर्नुपर्छ ।हरेक संविधान निश्चित दर्शन हुन्छ, त्यो दर्शनले सिधा समाजसँग सम्बन्ध राख्दछ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply