यस्तो छ मधेसमा एमालेको योजना
काठमाडौं । नेकपा (एमाले) ले मङ्सिर २१–२२ मा चितवनमा सम्पन्न विशेष राष्ट्रिय कार्यकर्ता भेलाबाट प्राप्त सुझावहरूलाई समेटेर मधेसका जिल्लाहरूमा सुरु गरेको तीनमहिने अभियानको खाका तयार पारेको छ ।‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान– २०७२’ नाम दिइएको अभियानको मंसिर २१ बाट सुरु भएर ०७२ फागुन २१ गते सम्म तीन महिना चल्नेछ । ‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि : अबको लक्ष्य राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि’ भन्ने मूल नारासहित सञ्चालन हुने अभियानका क्रममा पुस महिनाभर पार्टीका १५ अञ्चलमा अञ्चलस्तरीय भेलाको आयोजना गरिने भएको छ । मेचीमा पुस १६ र १७ गते, कोसीमा पुस १५ र १६ गते, सगरमाथामा पुस २४ र २५ गते, जनकपुरमा पुस २३ र २४ गते, नारायणीमा पुस १८ गते, गण्डकीमा पुस २५ गते, धवलागिरिमा पुस २४ र २५ गते, लुम्बिनीमा पुस १७ र १८ गते, राप्तीमा पुस २४ र २५ गते, भेरी/कर्णालीमा पुस २८ र २९ गते, सेतीमा पुस २० र २१ गते, महाकालीमा पुस २१ र २२ गते, उपत्यकामा पुस २४ र २५ गते, बाग्मतीमा पुस २८ गते र सम्पर्कको भेला पुस १८ गते तय गरिएको छ । त्यसबाहेक पश्चिम तराईका थारू अगुवाहरूको भेला केन्द्रीय सचिवालयको संयोजन र बर्दिया जिल्ला कमिटीको व्यवस्थापनमा बर्दियामा गर्ने, अन्य जिल्लाहरूका हकमा जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गर्ने, जिल्ला, निर्वाचन क्षेत्र, इलाका र शाखास्तरसम्मका बैठक आयोजना तथा योजना निर्माण गर्ने, जनसंगठनका कम्तीमा निर्वाचन क्षेत्रतसम्मका बैठक आयोजना तथा योजना निर्माण गर्ने जस्ता कार्यक्रमका खाका तय गरिएका छन् ।
सातै प्रदेशमा जनसभा
अभियानका क्रममा प्रस्तावित सात वटै प्रदेशमा जनसभा र र्याली गरिने भएको छ । त्यसका लागि संयोजकनकर्ता पनि तोकिएको छ । जसअनुसार, प्रदेश नं १ को जनसभा विर्तामोड र विराटनगरमा हुनेछ भने संयोजनको जिम्मा हिक्मत कार्की र जीवन घिमिरेलाई दिइएको छ । त्यसैगरी, लहान, बर्दिवास र वीरगञ्जमा हुने
प्रदेश नं २ को कार्यक्रमको संयोजन रामप्रित पासवान र लक्ष्मण पौडेलले गर्ने, प्रदेश नं. ३– हेटौंडा र धुलिखेलमा हुने प्रदेश नं ३ को कार्यक्रमको संयोजन केदार न्यौपाने र अरुण नेपालले गर्ने, पोखरा र बागलुङमा हुने प्रदेश नं ४ को कार्यक्रमको संयोजन जगत विश्वकर्मा र गणेश तिमिल्सिनाले गर्ने, बुटवल, दाङ र बर्दियामा हुने प्रदेश नं. ५ को कार्यक्रमको संयोजन वैजनाथ चौधरी, खेममान खड्का र यामलाल कँडेलले गर्ने, सुर्खेत र जुम्लामा हुने प्रदेश नं. ६ को कार्यक्रमको संयोजन यामलाल कँडेल र गोरख बोगटीले गर्ने र धनगढी र महेन्द्रनगरमा हुने प्रदेश नं ७ को कार्यक्रमको संयोजन महेश्वर पाठक र रामकुमार ज्ञवालीले गर्ने गरी जिम्मेवारी तोकिएको छ ।जनसभाहरूमा पार्टी अध्यक्ष, वरिष्ठ नेता तथा पदाधिकारी कमरेडहरूको सहभागिता रहने र अन्यत्र पनि स्थिति र आवश्यकता हेरी जनसभा आयोजना गर्ने बताइएको छ ।
अञ्चलको जिम्मा स्थायी समिति सदस्यलाई
प्रदेशस्तरमा कुनै पार्टी संरचना बनिनसकेको सन्दर्भमा अहिले अञ्चलभरिको कार्यक्रमको संयोजन अञ्चल इन्जार्जले नै गर्ने भएका छन् । अभियानलाई थप प्रभावकारी बनाउन साथै केन्द्रीय सचिवालयसमेतको समन्वय प्रभावकारी बनाउन अभियानको समन्वय र परिचालनका लागि प्रत्येक अञ्चलमा स्थायी कमिटी सदस्यहरूलाई जिम्मेवारी दिइएको छ, जस अनुसार मेची/कोसीको जिम्मा भीम आचार्यलाई, सगरमाथाको जिम्मा शंकर पोखरेल र सत्यनारायण मण्डललाई, जनकपुरको जिम्मा गोकर्ण विष्टलाई, नारायणीको जिम्मा योगेश भट्टराईलाई, गण्डकीको जिम्मा प्रदीप ज्ञवालीलाई, धवलागिरिको जिम्मा मुकुन्द न्यौपानेलाई, लुम्बिनीको जिम्मा पृथ्वीसुब्बा गुरुङलाई, राप्ती/कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई, भेरीको जिम्मा घनश्याम भुसाललाई, सेतीको जिम्मा किरण गुरुङलाई, महाकालीको जिम्मा केशव वडाललाई, उपत्यकाको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, बाग्मतीको जिम्मा सुरेन्द्र पाण्डेलाई र सम्पर्कको जिम्मा छविलाल विश्वकर्मालाई दिइएको छ ।
उपाध्यक्षहरूलाई आ–आफ्नो जिम्मेवारीका कार्यक्षेत्रहरूमा समन्वय र परिचालनमा नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । यो अभियान देशैभरि सञ्चालित हुने तर विशेष गरेर तराई–मधेसमा बढी केन्द्रित हुने हुनाले सम्बन्धित अञ्चल इन्चार्ज कमरेडले सोहीअनुरूप विशेष तयारी गर्नुपर्ने, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा हुने कार्यक्रमको संयोजनको जिम्मा जिल्ला इन्चार्ज/सहइन्चार्ज तथा जिल्ला अध्यक्षको हुने, जिल्ला र निर्वाचन क्षेत्रस्तरका कार्यकर्ता भेला तथा प्रशिक्षणमा केन्द्रबाट थप अतिथि या प्रशिक्षक पठाउनुपर्ने भए केन्द्रीय सचिवालयसँग समन्वय गर्नुपर्ने, विभागीय प्रमुख, फाँट इन्चार्ज, केन्द्रीय निकायका कमरेडहरू, व्यवस्थापिका–संसद्का सदस्यहरू तथा यससम्बन्धी विज्ञ र बौद्धिक व्यक्तित्वहरूको रोस्टर निर्माण गरेर आवश्यकताअनुसार अभियानमा परिचालित हुने बताइएको छ ।
सम्बन्धित कमिटीहरूले अभियानको नियमित प्रतिवेदन हरेक १५ दिनमा र समग्र प्रतिवेदन अभियान सकिएको १० दिनभित्रमा समग्र समीक्षासहित केन्द्रीय कार्यालयमा पठाउनुपर्ने गरी अभियानको खाका तयार पारिएको छ ।
कार्यक्रमको उद्देश्य
कार्यक्रमका निम्न उद्देश्यहरू रहेका छन् ।
क) यो अभियानपश्चात् हाम्रो सिंगो पार्टी पंक्तिले नेपालको संविधानको मुख्य अन्तरवस्तुबारे जानकारी प्राप्त गर्ने ।
ख) पार्टी पंक्ति संविधान निर्माणमा हाम्रो पार्टीको नेतृत्वदायी भूमिका र संविधानमा नेकपा (एमाले) का नीतिहरूको प्रभावको बारेमा स्पष्ट हुने ।
ग) संविधान घोषणाको ऐतिहासिक महत्व र संविधान जारी भएसँगै हाम्रो आन्दोलनको एउटा महत्त्वपूर्ण चरण पूरा भएको तथा नेपाल नयाा युगमा प्रवेश गरेको यथार्थबारे पार्टी पंक्ति स्पष्ट हुने ।
घ) जनसमुदायमा संविधानले सुनिश्चित गरेका संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, संघीयता र समावेशिता, धर्मनिरपेक्षता, राष्ट्रिय हितको पहिचान र संवद्र्धन तथा समाजवाद–उन्मुख आर्थिक प्रणाली जस्ता उपलब्धि एवम् समानता, स्वतन्त्रता र अधिकारहरूबारे स्पष्ट र सही सूचना सम्प्रेषण हुनेछ । संविधानका बारेमा रहेको भ्रम, अन्यौल र गलत प्रचारहरू खण्डित हुनेछन् ।
ङ) विभिन्न समुदायबीचमा फैलाउन खोजिएको अविश्वास, दूरी र तिक्ततालाई अन्त्य गर्दै सामाजिक सद्भावको विकासमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।
च) संविधानको विकासक्रम, यसको परिवर्तनशील पक्ष र गतिशीलता, संघीय प्रदेशहरूको नामांकन र सीमांकन तथा यस सम्बन्धी बाह्य चासोलाई विश्लेषणात्मक हिसाबले हेर्ने चेतनाको विकास हुनेछ । नेपालको आन्तरिक समस्यालाई लिएर भारतबाट भइरहेका हस्तक्षेपकारी र अवाञ्छित व्यवहार तथा नाकाबन्दीलाई आलोचना र खण्डन गर्ने भावनाको विकास हुनेछ ।
छ) पार्टीले राष्ट्रिय एकता र जनताको हितको पक्षमा लिएको अविचलित अडान तथा सरकार गठन जस्ता विषयको ऐतिहासिक महत्त्वबारे पार्टी पंक्ति स्पष्ट हुनेछ । पार्टीले प्राप्त गरेको लोकप्रियता तथा प्रतिष्ठालाई संगठनात्मक जीवनमा रूपान्तरण गर्न अभियानले सघाउ पुर्याउनेछ ।
ज) संविधानको कार्यान्वयन गर्न गरिनु पर्ने विभिन्न कानुन र संरचनाहरूको निर्माण तथा स्थानीय निकायलगायत अन्य निर्वाचनको तयारीका विषयमा सिंगो पार्टी पंक्ति राजनीतिक रूपमा तयार र परिचालित हुनेछ ।
झ) राष्ट्रियता, राष्ट्रिय सम्प्रभुता, राष्ट्रिय स्वाभिमान, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता एवम् आत्मनिर्भरता जस्ता मूल्यहरूलाई यस अभियानले प्रवद्र्धन गर्नेछ ।
ज) आधारभूत तहसम्म पार्टी कमिटीहरू क्रियाशील हुनेछन् । नेतृत्वतह र आधारभूत पंक्तिबीच, पार्टी र मोर्चा संगठनबीच तथा पार्टी र आम जनताबीचको सम्बन्ध सुदृढ हुनेछ ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply