माधवलाई बाहिर राखेर मन्त्री चयन
काठमाडौं । गत बिहिबार बिहानै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले फोन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार आउन आग्रह गरे । उनले विषय पनि खुलाए– ‘आज मन्त्रिपरिषद् विस्तार गर्ने कुरा छ, त्यही विषयमा प्रधानमन्त्रीले कुराकानी गर्न तपाईं र जेएनलाई बोलाउन भन्नुभएको छ ।’
१० बजे वरिष्ठ नेता नेपाल बालुवाटार पुग्दा प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमै व्यस्त थिए । एकछिन कुरेपछि थाहा भयो, अर्का वरिष्ठ नेता झलनाथ खनाल इलाममै रहेछन् । साना दलका तर्फबाट परिवारका दलका एकनाथ ढकाल, समाजवादीका प्रेमबहादुर सिंह र जनमुक्ति पार्टीका शिवलाल थापा मन्त्री बन्ने चर्चा चले पनि राप्रपाबाट कसलाई बनाउने भन्नेमा कुरा मिलेको थिएन । प्रधानमन्त्री ओली राप्रपाका महामन्त्री विक्रम पाण्डेलाई मन्त्री बनाउन चाहन्थे । तर, अकुत सम्पत्तिको अभियोगमा व्यवसायीसमेत रहेका सभासद् पाण्डेलाई अख्तियारले पत्र काटेका कारण उनलाई अप्ठेरो परिरहेको थियो । यही बीचमा माधव नेपालको तर्क थियो– ‘पहिलादेखि नै सबै कुरा दीपक बोहरासँग भएको छ भने अहिले अरुसँग कुरा किन गर्ने ? लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेरसँग कुरा गरेर जुन नाम दिन्छन्, त्यही गरे भइहाल्यो नि ।’
वरिष्ठ नेता नेपाललाई तातो पानी र चिया खुवाउँदै, बेलाबेलामा विष्णु रिमाल आएर डेढ घन्टासम्म कुराएका थिए । कोसँग कुराकानी भइरहेको छ भन्ने नखुलाएरै रिमालले भनेका थिए– ‘तपाईंजस्तो उहाँ कहाँ हुनुहुन्छ र ? ढिलो भयो भने तपाईं घन्टी बजाएर पीएलाई बोलाउनुहुन्थ्यो । उहाँ त १० पटक पीए पठाए पनि कुरा छोट्याउनुहुन्न ।’
केपी र ईश्वरद्वारा नाम तय
बाहिर माधव नेपाललाई त्यतिबेर कुराएर भित्र प्रधानमन्त्री ओली र एमाले महासचिव ईश्वर पोखरेलबीच कुरा भइरहेको रहेछ । त्यही दिन एमालेका तर्फबाट राज्यमन्त्री नियुक्त हुँदैछन् भन्ने कुरा वरिष्ठ नेता नेपाललाई थाहा पनि थिएन । पछि भित्रबाट ओली र पोखरेल निस्केपछि बल्ल राज्यमन्त्री चयनको विषयमा छलफल भएको हेछ भन्ने थाहा भएको रहेछ ।
दोहोर्याएर किन खाना खानु ?
हतारमा देखिएका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग आएर ‘लौ मेरो खाना खाने बेला भयो, माथि नै जाऔं, खाना खाऔं’ भनेका थिए । तर, अघिदेखि नै बोलाएर बिनाकाम कुराएको चित्त नबुझिरहेका नेपालले ‘लौ तपाईं व्यस्त हुनुहुँदोरहेछ, मैले खाना खाइसकेँ, म हिँड्छु’ भनेर बिदा भएका थिए ।
सल्लाह एउटा, घोषणा अर्कैपछि दुई नेताबीच टेलिफोनमा कुराकानी भएको थियो । मन्त्रिपरिषद्को बैठक चल्दै गर्दा उप्रधानमन्त्री भीम रावलको मोबाइलमा दुई जनाबीच १५ मिनेट जति कुरा भएको थियो । स्रोतका अनुसार, त्यतिबेला ओलीले पार्टीबाट क–कसलाई मन्त्री बनाउने हो भनेर सोधेका थिए ।
वरिष्ठ नेता नेपालले तराईबाट फुल मन्त्री बनाउँदा शत्रुघ्न महतो, वंशीधर मिश्र, नागेन्द्र चौधरी वा रामचन्द्र यादवमध्ये एकजना बनाउन सुझाव दिएका थिए । तर, जवाफमा प्रधानमन्त्री ओलीले धर्मनाथ साहलाई बनाएर के हुन्छ भनेर सोधेका थिए । नेपालको जवाफ थियो– ‘त्यसो भए मलाई किन सोध्नुहुन्छ त ?’ राज्यमन्त्रीमा रामदयाल मण्डलको नाम उठेको थियो । अन्तिममा महोत्तरीका दीपनारायण साहको नाम घोषणा गरिएको छ ।
उता सुदूरपश्चिमबाट वरिष्ठ नेता नेपालले प्रेमबहादुर आले वा गणेशसिंह ठगुन्नामध्ये एकजनालाई राज्यमन्त्रीमा राख्न सिफारिस गरे पनि ओलीले आफ्नै गुटका वफादार भएका कारण दामोदर भण्डारीलाई बनाएका छन् ।
छ नम्बर क्षेत्रबाट एकजना क्याबिनेट मन्त्री बनाउन अनुरोध गर्दै वरिष्ठ नेता नेपालले प्रकाश ज्वालाको नाम लिएका थिए । फुल मन्त्री नहुने भएमा राज्यमन्त्रीमा दैलेखका अमरबहादुर थापालाई बनाउन अनुरोध गरिएकोमा जुम्लामा गत चुनावमा सहयोग नगरेको अभियोग लागेका समानुपातिकवाला बलबहादुर महतको नाम राज्यमन्त्रीमा घोषणा भएपछि नेपाल स्वयम् छक्क परेका छन् ।
छ जना राज्यमन्त्री बनाउँदा छ जना नै आफ्नै गुटका बनाउलान् भन्ने माधव नेपाल समूहका नेताहरुले कल्पना पनि गरेका रहेनछन् । एक पदाधिकारीले बुधबारसँग भने– ‘माधव नेपालसँग सल्लाह गरेको थिएँ भन्नका लागि टेलिफोन गर्ने तर नाम राख्दा आफ्ना गुटका मानिसको मात्रै राख्ने जालसाजीपूर्ण काम भएको छ ।’ वरिष्ठ नेता नेपालले यसलाई विगतमा खुमबहादुर खड्काले एउटा प्रसंगमा आफूलाई गरेको ठगीकै जस्तो रुपमा व्याख्या गरेका छन् ।
अरु पनि रुष्ट
वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई पनि मन्त्रिपरिषद् विस्तारमा पूर्ण उपेक्षा गरिएको थाहा भएको छ । उनीहरु दुवै जनालाई एक बचनसम्म सोधिएन । अघिल्लो दिन शान्ति तथा पुन:निर्माणमन्त्री बनाएकी शान्ता मानवीलाई किन पशु मन्त्रालयमा सारियो भन्नेबारे कुरा गर्न उपाध्यक्ष गौतमले समय माग्दा पनि सम्पर्क हुन सकेको छैन ।
मनपरी नगर्न उपप्रमको सुझावयसैबीच, प्रधानमन्त्री ओलीलाई आइतबार साँझ भेटेर उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावलले मनपरी रुपमा नचल्न आग्रह गरेका छन् । वरिष्ठ नेता नेपाल सहयोग गर्न तयार रहेको, सार्वजनिक रुपमा समेत सरकारको पक्षपोषणमा लागेको र मुद्दाहरुमा समेत सक्रियतापूर्वक अगुवाइ गरेको अवस्थामा यसरी चिढ्याउँदा राम्रो नहुने भएकाले मिलेर जानुपर्ने सुझाव रावलको छ ।
आफ्नालाई दिएरै छाड्ने दृढताअरुले जेसुकै भने पनि प्रधानमन्त्री ओलीले भने यसपटक आफू निकट नेता–कार्यकर्तालाई उदारतापूर्वक दिने पक्षमा देखिएका छन् । मन्त्री चयनदेखि सुरु भएको उनको यो अभियान राज्यमन्त्री, राष्ट्रिय योजना आयोग, अरु राजनीतिक नियुक्ति लगायतमा झल्किएको छ । आफू फेरि अध्यक्ष नउठ्ने घोषणा गरेका उनले अर्को पटक आफ्ना समर्थकहरुले केही नपाउने भएकाले यसैपटक सकेको गर्ने योजना बनाएको बुझाइ अरु नेताहरुको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply