निराधार र संगीन आरोपको खेतीपाति
यतिबेलाघ सामाजिक सञ्जालका भित्ताहरूमा नेकपा (एमाले)का विभिन्न नेतालाई अनेक प्रकारका आरोप र लाञ्छना लगाउने मात्र होइन, अत्यन्तै अभद्र र अश्लील शब्दहरूमा गालीगलौज समेत गर्ने कुकर्ममा एउटा गिरोह तल्लिन देखिन्छ । प्रयोग भएका शब्द र वाक्यहरूबाट स्पष्ट हुन्छ कि एउटै व्यक्तिले अनेकौं नक्कली आईडी बनाएर पनि यो काम गरिरहेका छन् र नेतालाई खुइल्याउाद लागिपरेका छन् ।
व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीविरुद्ध प्रस्तुत अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिादै केही नेताले व्यक्त गरेका केही शब्दहरूलाई समातेर तथानाम गाली गर्ने काम भइरहेको छ । संसदमा व्यक्त प्रधानमन्त्रीमाथिका आरोपहरू सबै गलत छन् भन्ने र वामपन्थीहरूका बीच कायम भएको कार्यगत एकतालाई तोड्नुहुने थिएन, जोगाउनुपथ्र्यो, जोगाउन सकिएन, गल्ती भयो भन्ने मूल भावनालाई सर्लक्कै पन्छाएर वामपन्थी गठबन्धन जोगाउन नसक्नुमा केही आन्तरिक कमजोरी पनि भए भन्ने सन्दर्भमा व्यक्त भएका केही शब्दहरूलाई मात्र समातेर सामान्य आलोचना वा टिप्पणी मात्र होइन, अत्यन्तै तुच्छ शब्दमा गाली गलौजसमेत गरिएको छ । यस्तो लाग्छ, यो कुनै एमाले नेता वा कार्यकर्ताले गर्न सक्ने कार्य नै होइन । किनभने, यदि कुनै असल एमाले नेता वा कार्यकर्ताले सााच्चै एमालेको हितका निम्ति गरिएको कार्य हुन्थ्यो भने त जसरी पार्टीका जिम्मेवार नेताले पार्टीको आन्तरिक विषयमा संसद्जस्तो सार्वजनिक स्थलमा बोल्नुहुने थिएन भनिएको छ, त्यसरी नै कुनै नेताले गरेका गल्ती या कमजोरीको आलोचना गर्ने स्थान पनि सामाजिक सञ्जालजस्तो सार्वजानिक स्थल हुन सक्दैनथ्यो । अझै आलोचना र टिप्पणी मात्रै होइन, अश्लील शब्दमा गालीगलौजसमेत गरिएको छ । जसले पार्टीको आन्तरिक विषय सार्वजानिक रूपमा बोलेको भनेर कसैलाई गाली गरिरहेका छन् उनीहरू आफैंले चाहि फेरि सार्वजनिक रूपमै तथानाम बोलिरहेका छन् । के त्यसो गर्नु एमालेको विधिभित्र पर्छ ? या, एमालेको हितमा हुन्छ ? कदापि पर्दैन र हुादैन पनि । यसो गर्नु एमालेको विधिभित्र नपर्ने मात्र होइन, विधिविपरीत रहेको छ र पूर्णत: एमालेको हितविपरीत समेत देखिएको छ ।
नेकपा (एमाले) ले आगालेको लेनिनवादी संगठनात्मक सिद्धान्तका प्रतिपादक भी.आई. लेनिनका अनुसार “गल्ती नगर्ने व्यक्ति हुादैन, महान् व्यक्ति त्यो हो, जसले आफ्नो गल्ती आफैं देख्छ र सच्याउाछ ।” यही मर्मलाई आगालेर कम्युनिस्टहरूले गल्ती सच्याउने आलोचना र आत्मालोचनाको विधि अवलम्बन गरेका हुन्छन् । एमालेले पनि त्यही विधि अपनाउादै आएको छ । त्यो विधि भनेको कुनै पनि नेता वा कार्यकर्ताबाट गल्ती–कमजोरी हुन गए कमिटी प्रणालीअन्तर्गत रहेर आलोचना, टिप्पणी र सुझाव दिने र सम्बन्धित व्यक्तिले कमीकमजोरी वा गल्ती भएको महसुस गर्ने हो । अहिले सार्वजनिक रूपमा तथाकथित एमाले पक्षधरहरूबाट तथानाम गाली गरिएकामध्ये एकजना नेताले आफूबाट केही कमजोरी हुन गएको महसुस गरी अन्तर्वार्ता दिइसकेपछि पनि त्यसमा प्रतिक्रिया दिएको भनेर फेरि पनि गाली नै गरिएको छ । के यो एमालेको पद्धति रक्षा र उसको हितमा गरिएको हो ? कदापि होइन । एमालेको हित चाहनेहरूले घोत्लिनु जरुरी छ ।
नेपालमा जबजब वामपन्थी शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्छन्, तबतब परिवर्तनले सार्थकता पाएको छ । जब वामपन्थीहरू विभाजित भएका छन्, तब परिवर्तनका मुद्दाहरू ओझेलमा परेका छन् । पहिलो संविधानसभामा वामपन्थीहरूबीच एकता हुन नसकेकाले संविधान नबनाई संविधानसभा भंग भयो । दोस्रो संविधानसभामा वामपन्थीहरूबीच एकता कायम हुन सकेकाले नै संविधान बनाउन सफल भयो । यो संविधानको सफल कार्यान्वयनका निम्ति पनि वामपन्थी एकताको ज्वलन्त खााचो थियो । त्यही एकतालाई महसुस गरेर संसद्मा रहेका दुई मुख्य वामपन्थी पार्टीहरूका बीच कार्यगत एकता कायम गरिएको थियो र त्यसमा अन्य साना वाम पार्टीहरू पनि सामेल भएका थिए । त्यस कार्यगत एकतालाई जोगाएर मात्रै एमाले नेतृत्वको सरकार पनि जोगिन सक्थ्यो र त्यसले देश र जनताका निम्ति थप काम गर्न सक्थ्यो । यही मर्मलाई आत्मसात् गरी गत वैशाखमा एकता टुट्न लाग्दा एमालेका सबै शीर्षस्थ नेताहरू एकता टुट्न नदिन एक भएर लागेका थिए । पछि फेरि दुई ठूला वाम पार्टीबीचको एकता टुट्ने, सरकार निर्माणको आधारका रूपमा रहेको मोर्चा टुट्ने र एमालेको नेतृत्वमा रहेको सरकार ढल्ने स्थिति पैदा भयो, त्यसबेला पनि धेरै नेताहरुको जोड एमालेको तर्फबाट त्याग गरेरै भए पनि एकता जोगाऔं र मोर्चा टुट्न नदिऔं भन्ने नै थियो । तर, नेताहरूको त्यस सद्विचारलाई ध्यान दिएर जसरी अगाडि बढ्नुपर्ने थियो, त्यो हुन सकेन र हेर्दाहेर्दै मोर्चा टुट्ने र सरकार ढल्ने स्थिति पैदा भयो । त्यस्तो स्थिति नआओस् भनेर लागिपरेका नेताहरूलाई पीडाबोध भयो र त्यस पीडाबोधको केही मात्रा छचल्किएर बाहिर पनि आयो । जिम्मेवार नेताहरूले जतिसुकै पीडाबोध भए पनि पार्टीका आन्तरिक विषयहरूलाई बाहिर पोख्नु उचित होइन भन्ने कुरा जायज हो । त्यसैले, एक नेताबाट स्वयं कमजोरी महसुस गरी सार्वजनिक रूपमै धारणा व्यक्त भएको छ । तर, त्यसरी कमजोरी महसुस गरेको धारणा व्यक्त गरेकोमा पनि फेरि गाली नै गरिादै छ किन ? गालीगराइको प्रकृतिबाट नै प्रस्ट हुन्छ कि यो काम एमालेलाई कमजोर पार्ने उद्देश्यले गरिादै छ, अरू केही पनि होइन ।
हामीले आगालेको सिद्धान्त माक्र्सवादका प्रणेता कार्ल माक्र्सले “हरेक घटनालाई द्वन्द्ववादी ढंगले हेर्नुपर्छ” भन्छन् र “द्वन्द्ववादी हुनु भनेको विषयलाई जराबाट समात्नु हो” भन्छन् । यदि विषयलाई जराबाट समात्ने हो भने कुनै पनि संघ/संस्था, राज्य वा संगठनको सफलता या असफलतामा सम्बन्धित संघ/संस्था, राज्य वा संगठनको प्रमुखकै मुख्य जिम्मेवारी र दायित्व हुन्छ । सफलताको मुख्य जस उसैलाई जान्छ भने असफलताको मुख्य अपजस पनि उसैलाई जान्छ । हाम्रो पार्टीको लामो इतिहासमा उपर्युक्त माक्र्सवादी मान्यताअनुरूप नै नेतृत्वको भूमिकाको मूल्यांकन गर्दै आइएको छ । कार्यमूल्यांकन र परिणामका आधारमा जिम्मेवारीबाट हटाउने वा स्वयं हट्नेजस्ता कार्यहरू पनि भएका छन् । ती सबै कार्य कुनै फेसबुके अभियानकर्ताको दबाबबाट भएका थिएनन्, जिम्मेवारीबोधका आधारमा भएका थिए । आज पनि विषयलाई हेर्ने त्यसरी नै हो । वामपन्थीहरूको कार्यगत एकता किन टुट्यो ? यसो हुनुमा सबैभन्दा बढी जिम्मेवार को हो ?
मोर्चा टुटेपछि सरकार ढल्छ भन्ने कुरा दिउासोको घामजत्तिकै छर्लङ्ग थियो । तर पनि मोर्चा जोगाउन पर्याप्त ध्यान किन दिइएन ? यस प्रश्नको जरामा पुगेर मात्रै समस्याको निकास खोज्न सकिन्छ । ‘भालुको रिस खन्युमाथि’ भनेजस्तै गरी कसैलाई सत्तोसराप गरेर आफ्नै आङको छारो उडाउनेबाहेक अरु केही पनि हुादैन । बिग्रिएको परिस्थितिलाई सम्हालेर फेरि अगाडि बढ्न सिंगो एमाले पंक्ति एक ढिक्का हुनुपर्दछ । अहिलेको धक्कालाई चिरेर फेरि अगाडि बढ्न सकिन्छ । तर, यतिबेला एमाले कार्यकर्ता वा शुभेच्छुकको कथित नामबाट जीवनभर एमाले पार्टी निर्माण गर्न समर्पित भएर लागेका नेताहरूलाई पार्टी फुटाउन लागेको भन्नेजस्तो संगीन आरोप लगाएर तथानाम गाली गरिएको छ । कतै हुादै नभएको दुई नेताबीचको कपोकल्पित संवाद जोडेर जसरी पार्टी फुटाउन खोजेको भन्ने निराधार आरोप लगाएर नेताहरूको मानमर्दन गरिादै छ, त्यस्तो कार्य एमालेको कुनै जिम्मेवार कार्यकर्ता वा शुभेच्छुकबाट हुनै सक्दैन । यो त एमालेलाई कमजोर बनाउन चाहने, एमालेभित्र विग्रह पैदा गराउन चाहने र सकेमा एमालेमा विभाजन नै पनि गराएर आफ्नो स्वार्थसिद्ध गर्न चाहने तत्वले मात्र गर्न सक्छ । आज जुन तत्वले कुनै एक नेताको पक्षमा भएको भान पारेर अरू नेताको उछित्तो काढ्ने काम गरिरहेको छ, त्यसले भोलि अरूलाई पनि बााकी राख्नेछैन । किनभने, ‘भैंसी खाने बाघले पाडा बााकी राख्दैन’ भन्ने त नेपाली उखानै छ नि । त्यसैले, सम्पूर्ण एमाले पंक्ति सचेत र सतर्क हुनु जरुरी छ । हामी सचेत र सतर्क भएर अगाडि बढ्यौं भने एमालेलाई कमजोर पार्न चाहने कुनै पनि कुत्सित चाहना पूरा हुने छैनन् ।
सबै व्यक्तिका सबल र दुर्बल पक्ष हुन्छन् । नेताहरू पनि व्यक्ति हुन् । उनीहरूका पनि सबल र दुर्बल पक्ष हुन्छन् । कुनै खास व्यक्तिका सबल पक्ष मात्र हुने र कुनै खास व्यक्तिमा चाहिा दुर्बल पक्ष मात्र हुने भन्ने हुादैन । हाम्रा नेताहरूको पनि अवस्था त्यही नै हो । सबैका सबल पक्ष पनि छन् र दुर्बल पक्ष पनि छन् । कसको, कतिबेला, कुन जिम्मेवारी छ र त्यो जिम्मेवारी कसरी वहन भएको छ भन्ने आधारमा सबैको मूल्यांकन गर्नुपर्दछ, तब मात्रै सही ढंगले अगाडि बढ्न सकिन्छ । यस सही बाटोबाट सिंगो एमाले पंक्ति अगाडि बढे यस पार्टीलाई कमजोर बनाउन चाहने र यसमा विग्रह ल्याउन चाहने कुनै पनि कुत्सित चाहना पूरा हुन सक्नेछैन । हामी फेरि धुलो टक्टक्याउादै उठ्नेछौं र अगाडि बढ्नेछौं । भनिन्छ, ‘ठक्करले नै शिक्षा दिन्छ’ ।
सम्बन्धित समाचार
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply