किन दिएन एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध वामदेव गौतम या सुवास नेम्वाङ भिड्ने चर्चा चुलिादै गएका बेला नेकपा एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी समिति बैठकले कांग्रेस–माओवादी केन्द्रको बहुमतीय गठबन्धनविरुद्ध प्रधानमन्त्रीमा उम्मेदवारी नदिने तर दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैठकपछि सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले प्रचण्डको विपक्षमा मतदान गरेर संसद्मा प्रमुख प्रतिपक्षको जिम्मेवार भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र समृद्धिका लागि लोकप्रिय कामहरू गरेकाले संसद्को अंकगणितमा अल्पमतमा परे पनि पार्टीप्रति बढ्दो लोकप्रिय जनमतलाई मध्यनजर गर्दै हार्ने निश्चित हुादाहुादै पनि उम्मेदवारी दिने व्यापक चर्चा चलेको थियो । तर, स्थायी समिति बैठकले त्यसविपरीत उम्मेदवारी दिादा लोकप्रियता बढ्नुको सट्टा झन् घट्ने र प्रतिष्ठा नबढ्ने निष्कर्ष निकाल्दै अन्तत: गौतम र नेम्वाङ दुवैलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
बैठकले नेपालको राजनीतिमा देखिएका पछिल्ला घटनाक्रम तथा प्रकट/अप्रकट षड्यन्त्रहरूले संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गरी मुलुकमा राजनीतिक रिक्तता सिर्जना गर्ने षड्यन्त्रहरूप्रति सजग रहन सबै राजनीतिक दल तथा जनसमुदायमा आह्वान गरेको छ । बैठकपछि जारी प्रेस विज्ञप्तिमा आगामी मंसिरमा स्थानीय तह, २०७४ वैशाखमा प्रदेश र कात्तिक–मंसिरमा संघीय संसद्को निर्वाचन गर्न वर्तमान सरकारद्वारा सार्वजनिक गरिएको कार्यसूचीलाई कार्यान्वयन नगर्ने र मुलुकलाई अनिश्चयमा धकेल्ने कुनै पनि षड्यन्त्रप्रति सजग रहादै निर्धारित मितिमा तहगत निर्वाचन सम्पन्न गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको छ । बैठकले नेपालको राष्ट्रिय एकता, सामाजिक सद्भाव, मुलुकको स्वतन्त्रता र सार्वभौमतामाथि खतरा उत्पन्न हुने गरी आउने कुनै पनि राजनीतिक प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ गर्न पार्टीका तर्फबाट प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ ।
नाममा छलफलै भएन
बैठक सुरु हुनासाथ पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसद्मा प्रधानमन्त्री निर्वाचन कार्यक्रम अघि बढेकाले पार्टीले उम्मेदवारी दिने/नदिने विषयमा सुझाव दिन आग्रह गरेका थिए । उनले वर्तमान सरकारले राम्रो काम गरेको र गठबन्धनका साना दलहरूले पनि अहिलेसम्म साथ दिइरहेको बताएर उम्मेदवारी दिन उपयुक्त हुने आशयसहित सुझाव मागेका थिए ।
उम्मेदवारीका विरुद्धमा दुई तिहाइ
अध्यक्षको सुझावलगत्तै अघि बढेको बैठकमा चार नेताबाहेक वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उम्मेदवारको चर्चामा रहेका उपाध्यक्ष गौतमसहित दुई तिहाइ नेताहरूले उम्मेदवारी दिन नहुने पक्षमा मत राखे । महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली र स्थायी समितिका सदस्य शंकर पोखरेल मात्रै पार्टीले उम्मेदवार उठाउादा उपयुक्त हुने पक्षमा उभिएका थिए ।
अधिकांशले उम्मेदवार उठाउन नहुने पक्षमा मत राखेका कारण कसलाई उठाउने विषयमा बैठकमा छलफलै नभएको स्थायी समिति सदस्य किरण गुरुङले बताए । ‘मुख्यत: उम्मेदवारी दिनुभन्दा विपक्षमा मत दिएर प्रतिपक्षमै बस्दा उपयुक्त हुने सबैजसोको धारणाका कारण व्यक्तिबारे छलफल भएन,’ गुरुङले भने ।
उम्मेदवार नउठाउनुका चार कारण
१. औचित्य नभएको निष्कर्ष
अधिकांश नेताले हार्ने निश्चित भएपछि उठाउने या नउठाउने कुराले खास अर्थ नदिने भन्दै एमालेजस्तो पार्टीले ‘नोमिनल’ मतका लागि उम्मेदवारी दिन नहुने धारणा राखे । खुला मतदान भएकाले पहिल्यै परिणाम थाहा हुने हुादा उम्मेदवारीको औचित्य नहुने अधिकांशको मत थियो ।
पार्टी नेतृत्वको गठबन्धनमा रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले दाहाललाई नै मत दिने निश्चितता, अन्तिमसम्म अडानमा रहेको राप्रपा नेपालले मत नदिने सम्भावना र दाहाल गठबन्धनसागै नजिकिादो सम्बन्ध, साना पार्टीको कुनै भर नरहेका कारण पनि सम्मानजनक मत नआउने स्थितिमा चुनाव लड्नुको औचित्य नहुने निष्कर्षमा एमाले पुगेको हो । एमालेका उम्मेदवारलाई राजमो र नेकपा मालेको मत मात्रै प्राप्त हुने स्थिति देखिएकाले पनि उम्मेदवारी नदिने निष्कर्ष निकालिएको बुझिएको छ ।
२. प्रस्तावले प्रवेश नपाउने खतरा
कांग्रेस–माओवादी केन्द्र गठबन्धनले सुरुमै उम्मेदवारी दर्ता गराएकाले छलफलका लागि सुरुमै पहिलो प्रस्ताव प्रस्तुत हुने र दोस्रो नम्बरमा दर्ता गराइएको प्रस्तावमा छलफल गर्नुको औचित्य पनि खास नहुने भएकाले पनि उम्मेदवारी नदिने तर विपक्षमा मतदान गर्ने निष्कर्ष निकालिएको एमाले नेताहरूको भनाइ छ । ‘पहिलो उनीहरूको प्रस्ताव बहुमतले पारित हुने बित्तिकै दोस्रोले त प्रवेश पनि पाउादैन भनेपछि उम्मेदवारीको कुनै अर्थ पनि थिएन,’ एक नेताले भने ।
३. साख गिर्ने निष्कर्ष
गठबन्धनका दलहरूको साथसमेत नरहेको स्थितिमा हुने खुला मतदानमा प्राप्त हुने मतले पार्टीको लोकप्रियतामा आाच पुग्ने निष्कर्षका कारण उम्मेदवारी नदिएको हो ।
४. सहमतिका लागि रचनात्मक प्रतिपक्षको सन्देश
मधेसी मोर्चाको समस्या सम्बोधन, संंविधान कार्यान्वयन जस्ता मुद्दाहरूमा राष्ट्रिय सहमतिका लागि कम्तीमा दुई तिहाइ मतसमेत आवश्यक पर्न सक्ने स्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि रचनात्मक प्रतिपक्षमा सशक्त भूमिका निर्वाह गर्ने सन्देश दिन पनि उम्मेदवारी नदिइएको नेताहरूको भनाइ छ ।
गौतमले भने : प्रतिष्ठा गिर्छ
संसद्मा प्रधानमन्त्रीले महत्त्पूर्ण सम्बोधन गर्नुभो । त्यो भन्दा पनि महत्त्पूर्ण कुरा अन्तिममा राजीनामा दिएर उपस्थित भएको छु भन्ने कुराले अर्थपूर्ण सकारात्मक सन्देश दियो । त्यसले पार्टीको प्रतिष्ठा माथि उठायो । सत्ता छाड्न नचाहेको हो कि भन्ने टिप्पणीको खण्डन गर्यो । त्यसले व्यक्तिगत रूपमा केपी कमरेड र पार्टीको प्रतिष्ठा माथि उठायो । यदि म मतदानमै जान्छु भनेको भए केही न केही कुरा खस्किन्थ्यो । त्यसैले, अहिले उम्मेदवार उठाउनुको के औचित्य हुन्छ ?
नेम्वाङ किन बसे मौन ?
प्रधानमन्त्रीमा उम्मेदवार दिने चर्चामा रहेका नेता सुवास नेम्वाङ भने सााढे दुई घण्टाको अवधिभरि पुरै मौन रहे । उनले उम्मेदवारी उठाउनुपर्छ या पर्दैन भन्ने कुनै मत नराखेको एक नेताले बताए । संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको नेतृत्व र भूमिका दलमा प्रभावकारी देखिएकाले उनलाई भावी दिनमा नेतृत्वमा स्थापित गर्नुपर्ने मत एमालेमा बलियो बन्दै गएको छ । तर, उनले बैठकमा न त आफूले उम्मेदवार बन्ने चाहना व्यक्त गरे, न कसैलाई उठाउनुपर्ने तर्क नै गरे । पार्टीको आन्तरिक समीकरण र विवादमा नेम्वाङ विगतमा पनि ‘न्युट्रल’ नै थिए । करिब एक दशक सभामुख र सभाध्यक्षको दुवै भूमिकामा रहेका नेम्वाङ एक वर्षयता मात्रै पार्टी राजनीतिमा सक्रिय छन् ।
स्थायी समितिमा एमालेको मत
तटस्थ
केपी शर्मा ओली, सुवास नेम्वाङ, गोकर्ण विष्ट, सत्यनारायण मण्डल
उम्मेदवारी दिनुपर्ने पक्षमा
ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, केशव बडाल
उम्मेदवारी दिन नहुने पक्षमा
माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, विष्णु पौडेल, छविलाल विश्वकर्मा, अमृतकुमार बोहरा, डा. पुष्प काडेल
अनुपस्थित
पृथ्वी सुब्बा गुरुङ
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply