दाहाल सरकारको ‘दिनगिन्ती’ सुरु
काठमाडौं । संविधान कार्यान्वयन हुन नदिने भारतीय षड्यन्त्रको ‘मतियार’ बन्न खोजेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिनगिन्ती सुरु भएको छ । निर्वाचन घोषणा पनि नगर्ने तर पर्दा पछाडि भइरहेका ‘डिजाइन’ अनुसार सत्ताको आयु लम्ब्याएर संवैधानिक संकट सिर्जना गर्ने उनको उद्देश्य पटाक्षेप भएपछि सत्तारूढ कांग्रेसले नै प्रचण्डको विकल्प खोजी गर्न सुरु गरेको हो ।
प्रचण्डले सिर्जना गर्ने संवैधानिक संकटको भागीदार बन्नुपर्ने मात्रै होइन, प्रधानमन्त्री बन्ने सम्भावनासमेत लगभग समाप्त हुने निश्चितजस्तै देखिएपछि विशेषतः कांग्रेस सभापति शेरबहादुर देउवाले नै उनको विकल्पको खोजी सुरु गरेका हुन् । यसक्रममा उनले मधेसी मोर्चाका नेताहरूलाई निवासमै बोलाएर फकाउनेदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीस“ग पनि अनौपचारिक तहमा कुराकानी अघि बढाएका छन् । ओलीस“गको कुराकानी परिपक्व ढंगले अघि बढिनसके पनि त्यसलगत्तै देउवाले यस्तै पाराले नचल्ने भन्दै प्रचण्डलाई अप्रत्यक्ष रूपमा सत्ता छाड्नका लागि मानसिक रूपमा तयार रहन भनेका छन् । चुनाव घोषणा नगरी अड्काउने र यसैगरी आलटाल गरिए ठीक नहुने भन्दै देउवा विकल्प खोज्नसक्ने चेतावनी दिइसकेका छन् ।
त्यसो त ओलीले यसैगरी आलटाल गरेर मुलुकलाई संवैधानिक संकटमा धकेल्न खोजिए ठूलो पार्टीको हैसियतमा कांग्रेस बढी जिम्मेवार बन्नुपर्ने भन्दै देउवालाई गम्भीर ढंगले सम्झाएका छन् । उनले चुनाव गरेर संविधान कार्यान्वयन गर्दै मुलुकलाई निकास दिन तयार रहे एमाले कांग्रेसलाई सघाउनसमेत तयार रहेको वचन दिएका छन् । यति मात्रै होइन, ओलीले एमालेलाई सत्ताको कुनै हतारो नरहेको प्रस्ट पारेर माओवादीस“ग गठबन्धन गरेर यो सरकारलाई निरन्तरता दिने तथा तत्कालका लागि एमालेले नै सरकारको नेतृत्व लिने कुनै सम्भावना नरहेको बताएर आश्वस्त पार्न खोजेका छन् । जवाफमा देउवाले भने सरकारमा रहेका कारण आफूले मधेसी मोर्चाका नेताहरूस“ग कुरा गरेर केवल जिम्मेवारी पूरा गरेको तर उनीहरूले भनेअनुसार संविधान संशोधन हुन नसक्ने प्रस्ट्याएको बताइएको छ । ठूला दलका प्रमुख नेताबीचको यो बातचितले विदेशी शक्तिको षड्यन्त्र निष्फल हुने र मुलुकको राजनीतिले एक÷डेढ महिनाकै बीचमा नया“ कोर्स लिन सक्ने अनौपचारिक वार्ताहरूमा सक्रिय एक नेताले बताए ।
प्रचण्ड विदेशी शक्तिको ‘डिजाइन’ अनुसार मधेसी मोर्चाको माग पूरा गर्ने नाममा संवैधानिक संकट सिर्जना अग्रसर देखिएपछि स्वयं नेकपा माओवादी केन्द्रभित्रै उनको विकल्प खोज्नैपर्ने निष्कर्षमा कतिपय नेता पुगेका छन् । प्रमुख तीन दलको सरकार नबनेसम्म निर्वाचन र संविधान कार्यान्वयन असम्भव ठान्दै नेता नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझीदेखि शक्तिबहादुर बस्नेतलगायतका नेताहरू प्रचण्डको विकल्प खोज्न भित्रभित्रै सक्रिय बनेका छन् । उता, कांग्रेसका महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरू पनि वर्तमान सरकारको विकल्पमा तीन पार्टीको सरकार बनाउनुपर्ने अभियानमा सक्रिय बनेका छन् । खासगरी सत्तारूढ दुई पार्टीका दोस्रो तहका नेताहरूले एमाले नेताहरू सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेललगायतका नेताहरूस“ग भेटेरै अनौपचारिक तहमा कुराकानी अघि बढाएका छन् ।
कांग्रेसस“ग स्थानीय चुनाव गरेर नौ महिनामा सत्ता हस्तान्तरण गर्ने कबुलियतनामा गरेर प्रधानमन्त्री बनेका प्रचण्डका लागि उक्त सहमति पालना गर्नुपर्ने समयसीमा अब दुई महिना मात्रै बा“की छ । तर, त्यस सहमतिअनुसार मोर्चास“गसमेत तीनबु“दे सहमति गरेका प्रचण्डले दुवैतर्फका एउटा पनि सहमति आजको दिनसम्म कार्यान्वयन भएका छैनन् । मोर्चास“ग सीमांकन हेरफेरसहित संविधान संशोधन गर्ने सहमति गरेका थिए भने कांग्रेसस“ग सहमति गरेर स्थानीय निर्वाचन गरी तोकिएको अवधिमा सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । दुवै सहमति कार्यान्वयनमा पूर्ण असफल बनेपछि प्रचण्डले तीमध्ये एकातर्फको सहमति कार्यान्वयनका लागि भए पनि इमान्दारपूर्वक लाग्नुपर्ने बाध्यता थियो । तर, उनले न मोर्चाको माग सम्बोधन गर्ने सामथ्र्य राखेका छन्, न त निर्वाचन घोषणा गरेर संविधान कार्यान्वयन गर्ने हिम्मत राखेका छन् । उनको असक्षमता निर्लज्ज रूपमा यसरी प्रस्तुत भयो कि निर्वाचनस“ग सम्बन्धित कानुन छलफल गर्ने ‘बिजनेस’ दिन नसकेर संसद्समेत १० फागुनसम्मका लागि स्थगित हुन पुग्यो । त्यतिबेलासम्मको समय व्यर्थमै बित्ने या खेर जाने कुरा त निश्चितै छ, तर त्यसपछि पनि कुनचाहि“ काम गर्न प्रचण्ड सक्षम हुनेछन् भन्ने आजसम्म टुंगो छैन । यी सबै घटनाक्रमका कारण प्रचण्ड माओवादी पार्टीलाई नेतृत्व गर्न असक्षम रहेको त पटक–पटक पुष्टि हु“दै आएकै थियो । मुलुकको नेतृत्व गर्नसमेत दोस्रोपटक असफलताका नियति बेहोरेर बाहिरिनुपर्ने स्थितिमा पुगेका छन् । एउटा खुट्टा मोर्चा सवार डुंगामा टेक्ने तर अर्को खुट्टाचाहि“ निर्वाचनको डुंगामा टेक्ने प्रचण्डको द्वैध चरित्रले उनको दिनगिन्ती सुरु भइसकेको राजनीतिक वृत्तमा टिप्पणी भइरहेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
Leave a Reply