22nd June 2018, Friday

E-budhabar

रक्षामन्त्री नै असुरक्षित !



रक्षामन्त्री नै असुरक्षित !

काठमाडौं । पदीय मर्यादाक्रम र पार्टीभित्रको समीकरण हेर्दा त्यस्तो नहुनुपर्ने हो । तर, पार्टी एकताको माहोल र प्रधानमन्त्री केपी ओलीको लोकप्रियता छाइरहेका बेला सरकारका एक मन्त्री भने निन्याउरो अनुहारमा देखिने गर्छन् । ६ वर्षअघि उपप्रधानमन्त्री भइसकेर यसपटक मन्त्री हुन गएका रक्षामन्त्री ईश्वर पोखरेल असुरक्षित देखिएपछि चिन्तामा छन् ।

विगत नौ वर्षदेखि पार्टीको महासचिव हुँदा खासै प्रभावकारी छवि बनाउन नसकेका पोखरेल यसपटक अर्थमन्त्री भएर चमत्कार देखाउने सुरमा थिए । यो नेपाल न हो, उनले मन्त्री नहुँदै अर्थका कर्मचारीलाई बोलाएर जानकारी पनि लिन थालिसकेका थिए । तर, उनको कार्यशैली र कार्यक्षमतासँग तीन वर्षमा राम्ररी परिचित प्रधानमन्त्री ओलीले उनलाई अर्थ दिने त कुरै गरेनन्, रक्षामन्त्री नदिएर बिनाविभागीय बनाउन खोजेपछि छाँगाबाट खसेका उनी आफ्नो राजनीतिक भविष्यलाई लिएर चिन्तित देखिन्छन् ।

‘म पार्टीको महासचिवको हैसियतले भन्छु’ भन्दै पदको सहारामा भाषण गर्न बानी परेका पोखरेलसँग अब एकता भएपछि त्यो पद पनि रहँदैन । एकातिर भनेजस्तो मन्त्रालय पनि नपाउने र अर्कातिर पार्टीको कार्यकारी पद पनि जाने भएपछि उनलाई चिन्ता त पर्ने नै भयो, त्यसभन्दा बढी चिन्ता केपी ओली र माधव नेपाल मिल्छन् कि भन्नेमा छ । उनी निकटका व्यक्तिहरू नै अहिले त्यस्तो हल्ला चलाउन सक्रिय छन् ।

अझ उदेकलाग्दो कुरा त के छ भने क्याबिनेट बैठकमा समेत रक्षामन्त्री पोखरेलको खास कुुरा सुनुवाइ हुँदैन । जस्तो, उनले राजन भट्टराईका परराष्ट्रका पछाडि सुरक्षा थपेर सिर्जना गर्न खोजिएको नयाँ पदप्रति पोखरेलको सख्त आपत्ति छ । अघिल्लो साताको मन्त्रिपरिषद् बैठकमा उनले दोहो¥याएर भने, ‘प्रधानमन्त्रीज्यूलाई सुरक्षासम्बन्धी के जानकारी र सल्लाह चाहिन्छ, म छु । त्यसमा किन सल्लाहकार चाहियो ?’ तर, प्रमले उनका कुरा सुनेनन् र अर्थमन्त्री युवराज खतिवडालाई सोधे, ‘के भन्न खोज्दै हुनुहुन्छ ?’ खतिवडाले त्यस्तो सल्लाहकार अन्यत्र पनि भएको भन्दै राख्नुपर्ने सुझाव दिएपछि पोखरेल चुप भए ।

रक्षा मन्त्रालयमा खास कुनै काम छैन । सैनिक मुख्यालय भ्रमण गरेर नपुगेर मन्त्री पोखरेल सेनाले गर्ने सानातिना काम हेर्ने रहर गर्न थालेका छन् । उनी कति फुर्सदिला छन् भन्ने त उनले दैनिकजसो गर्ने कवितासंग्रह विमोचन, वृक्षरोपण, स्कुलका वार्षिकोत्सव उद्घाटनजस्ता कुराले पनि देखाउँछन् ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा