25th September 2017, Monday

E-budhabar

राति हिँड्ने गृहमन्त्री हुन् कि माओवादी लडाकु ?



राति हिँड्ने गृहमन्त्री हुन् कि माओवादी लडाकु ?

काठमाडौं । ‘जो अगुवा उही बाटो…’ भन्ने उखानलाई गृहमन्त्री जनार्दन शर्माले चरितार्थ गराएका छन् । नियमकानुनको पालना गराउने ठाउँमा बसेका गृहमन्त्री शर्मा आफैं यतिबेला नियम कानुनको धज्जी उडाउँदै हिँडेका छन् । सशस्त्र युद्धकालको झल्को दिने गरी आधा रातमा निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै पश्चिम नेपालका चुनावी अभियानमा सक्रिय छन् उनी ।
गत सोमबार सुरक्षा निकायको क्षेत्रीय भेलाका लागि भन्दै उनी नेपालगन्ज पुगेका थिए । तर उनको भित्री उद्देश्य भने सुरक्षा भेलाभन्दा पनि चुनावी प्रचारमा जाने थियो । सिधै जाँदा धेरै आलोचना हुने भएकाले उनले देखाउनकै लागि सुरक्षा भेलाको आयोजना गर्न लगाएका थिए । तर त्यो कार्यक्रममा उनी चार घण्टा बसेर बाँकी समय माओवादी केन्द्रका उम्मेदवारलाई भोट माग्दै घरदैलोमा बिताए । निर्वाचन आचारसंहिताले मन्त्रीहरूलाई चुनावी अभियानमा जान, सरकारी गाडी लैजान रोक लगाएको छ । तर गृहमन्त्री शर्मा सरकारी गाडीमा अगाडि पछाडि प्रहरीको सुरक्षा दस्ता लिएर भोट माग्दै घरदैलोमा पुगेका हुन् । उनी सुरक्षा निकायको भेलाबाट सोमबार राति नै बजे खजुरा–८ को रनियापुर भन्ने ठाउँमा पुगेका थिए ।   मधेसी समुदायको बाक्लो बस्ती रहेको उक्त ठाउँमा उनले करिब एक घण्टा भाषण गरे । भाषणका क्रममा उनले माओवादी केन्द्रका उम्मेदवारलाई मत माग्दै आफूले जे माग्यो त्यही पूरा गरिदिने आश्वासन दिएका थिए । ‘यो सरकार लामो समयसम्म चल्छ । विकासनिर्माणका केके काम गर्नुपर्छ, त्यो मेरो जिम्मा भयो । म गृहमन्त्री स्वयं तपाईंहरूको घरमा आएको छु । माओवादी केन्द्रको साथीलाई भोट दिनु भनेको मलाई दिनु नै हो । भोट दिनुस्, जे माग्नुहुन्छ, त्यो पूरा गरिदिन्छु,’ शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । भोलिपल्ट अर्थात्, हिजो मंगलबार बिहान उनी बैजनाथ गाउँपालिकाको वडा ५ मा मत माग्दै पुगेका थिए । प्रहरीको लावालस्करका साथ पुगेका गृहमन्त्रीको यो रवैयाबारे सबै थाहा पाएर पनि निर्वाचन आयोग मौन बसेको छ ।
नेकपा (एमाले) जिल्ला कमिटीले माओवादी केन्द्रका नेता तथा सरकारका गृहमन्त्री शर्माले गरेको आचारसंहिताको उल्लंघनविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेको छ । चुनावी अभियानको गृहमन्त्री शर्माको फोटो, बोलेको अडियो भिडियोसहित आयोगमा उजुरीको तयारी भइरहेको एमाले बाँकेले जनाएको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा