८० न्यायाधीशको ‘भाग्य फैसला’
काठमाडौं । उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा अन्तिम फैसला हुँदै छ । चार÷चारवटा प्रतिलिपि नागरिकता लिने क्रममा जन्म मिति फरक परेका कारण विवादित प्रधानन्यायाधीश गोपाल पराजुलीले कार्यकालको अन्तिमतिर नियुक्तिमाथिको अन्तिम फैसला गराउन लागेका हुन् । आगामी वैशाखको दोस्रो साताबाट अवकाश पाउन लागेका पराजुली एक महिनाअघि बिदामा बस्नुपर्नेछ ।
नियुक्तिपछि एक वर्षभन्दा बढी न्यायिक सम्पादनमा सहभागी भइसकेका ८० न्यायाधीश सर्वोच्च अदालतले आज कस्तो फैसला गर्ला भन्ने प्रतीक्षामा छन् । यद्यपि, उनीहरूको नियुक्ति प्रक्रिया त्यतिबेला विवादित बनेको थियो । प्रधानन्यायाधीश पराजुलीले जाँदाजाँदै यो फैसला मात्र होइन, जिल्ला अदालत, उच्च अदालतदेखि सर्वोच्च अदालतसम्म रिक्त न्यायाधीशहरूको पदपूर्तिसमेत गर्ने तयारी गरिरहेका छन् ।
सर्वोच्चकै इजलासले नागरिकताको जन्ममिति विवादमा प्रतिलिपि झिकाएर सुनुवाइ गरिरहेका बेला पराजुली किन यी काम गर्न तम्सिरहेका छन् ? गम्भीर प्रश्न उठेको छ । न्यायिक सिद्धान्तविपरीतका यी सबै तमाम काम हुँदा पनि नेपाल बार एसोसिएसनजस्तो गरिमामय संस्था कानमा तेल हालेर बसिरहेका कारण न्यायिक क्षेत्रमा गम्भीर आलोचना बढिरहेको छ । मुलुकको न्याय क्षेत्र यति धेरै विवादित र आलोचित कहिले नरहेको कानुनविद्हरू टिप्पणी गर्छन् ।
न्यायाधीश ओमप्रकाश मिश्रले ८० न्यायाधीश नियुक्तिविरुद्ध परेको रिटमाथि १ असारमा न्यायपरिषद्का नाममा १५ दिनभित्र कारण पेस गर्न आदेश जारी गरेका थिए । उक्त आदेशको १५ दिनपछि न्यायपरिषद्ले लिखित जवाफ पठाएको थियो । त्यसयता, उक्त रिटमा लगातार सुनुवाइ हुँदै आएकोमा आजै अन्तिम फैसला हुन लागेकाले त्यसलाई धेरैले ‘भाग्य फैसला’ भन्न थालेका छन् । किनभने, न्यायिक इतिहासमा यति धेरै न्यायाधीश नियुक्तिविरुद्ध रिट परेको थिएन । यसैक्रममा सोमबार न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा नियुक्तिमाथिको रिटमा सुनुवाइ भएको थियो । त्यही सुनुवाइका आधारमा आज फैसला हुन लागेको हो ।
महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, बद्रीप्रसाद गौतम र सहन्यायाधिवक्ता राजनप्रसाद खतिवडा र गणेशबाबु अर्यालले गत १५ चैतमा प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष, न्यायपरिषद् सचिवालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । वरिष्ठता र कार्यसम्पादन मूल्यांकन हुँदाहुँदै पनि आफूहरूलाई नियुक्त नगरिएको भन्दै उक्त नियुक्ति बदर गर्नुपर्ने उनीहरूको जिकिर छ । मनोमानी ढंगले नियुक्ति गरिएको उनीहरूले आरोप लगाउँदै आएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply