रौतहट, महोत्तरी र महाकालीमा ओली समूह शुन्य
काठमाडौं । नेकपा एमालेको नवौं महाधिबेशनका लागि भएको प्रतिनिधी चयनमा अध्यक्षका प्रत्यासी बरिष्ठ नेता माधवकुमार नेपालको गृह जिल्लामा अर्का प्रत्यासी केपी ओली समूहवाट एक जना प्रतिनिधी पनि छानिएनन् । सो जिल्लावाट चुनिएर आएका २७ जना मा सबै प्रतिनिधी नेपाल पक्षका हुन् ।
महाकाली अंचलको कंचनपूरमा पनि ओली समूहवाट एक जना प्रतिनिधी पनि आएनन् । सो जिल्लावाट छानिएका २१ जनामा सबै नेपाल पक्षका हुन् । महाकाली अंचलवाट त ओली पक्षले केन्द्रिय सदस्य उठाउने व्यक्ति नै नपाउने बताईन्छ । त्यस्तै महोत्तरीमा पनि ओली समूहको हालत त्यस्तै छ । यहाँ वाट छानिएका कुल १८ प्रतिनिधीमा सबै नेपाल पक्षका छन् ।
लुम्बिनीमा पनि नेपालको अग्रता
ओली समूहले आफ्नो गढ भनेर प्रचार गर्ने लुम्बिनी अंचलमा पनि नेपाल समूहले अग्रता लिएको छ । अंचलवाट छानिएका कुल १८३ प्रतिनिधी मध्ये नेपाल समूहको पक्षमा ९३, ओली समूहको पक्षमा ८५ र ५ जना कतै नखुलेका छन्् । यहाँ नेपाल समूहको रुपन्देहीवाट २७, अर्घाखाँचीवाट ८, पाल्पावाट १३, नवलपरासीवाट १९, गुल्मीवाट १४ कपिलबस्तुवाट १० र सम्र्पक कमिटीवाट ३ जना प्रतिनिधी आएका छन् । त्यस्तै ओली समूहको रुपन्देहीवाट २८, अर्घाखाँचीवाट ११, पाल्पावाट १३, नवलपरासीवाट ११, गुल्मीवाट ८, कपिलवस्तुवाट १४ प्रतिनिधी आएका छन् भने सम्पर्क कमिटीवाट एक जना पनि आएका छैनन् ।
ठूला अंचलमा पनि नेपाल नै अगाडी
पार्टीको धेरै संगठित सदस्य भएका र धेरै प्रतिनिधी आउने ठूला अंचलमा पनि वरिष्ठ नेता नेपाल समूहले नै अग्रता लिएका छन् । लुम्बिनिमा मात्र होईन नेपाल समूहले अर्को ठूलो अंचल कोशीमा पनि धरै ले अग्रता लिएका छन् । कोशीको संखुवासभामा नेपाल समूहवाट ११ र ओली समूहवाट १, तेह्थुममा नेपाल पक्षमा ८ र ओली पक्षमा ३, धनकुटामा नेपाल पक्षमा १३ र ओली पक्षमा १, भोजपूरमा नेपाल समूह ९, ओली पक्ष ५ र १ जना नखुलेका, मोरंगमा नेपाल पक्षका ४० र ओली पक्षका १५ र सुनसरीमा नेपाल पक्षका ४० र ओली पक्षका ५ प्रतिनिधी आएका छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply