क्याबिनेटमा बस्न सक्दैन प्रधानमन्त्री
काठमाडौं । मन्त्रिपरिषद् (क्याबिनेट) सर्वेसर्वा हुने प्रधानमन्त्री आफैं बैठकमा उपस्थित हुन नसक्दा त्यसको प्रभाव कस्तो पर्ला ? प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्यका कारण पूरै समय बस्न त सक्नुहुन्न नै, आफ्नै नेतृत्वको क्याबिनेटले के निर्णय गर्यो भन्ने पनि उहाँलाई थाहा हुन्न ।
स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुभन्दा अघिल्लो दिन १७ साउनमा बालुवाटारमा बसेको क्याबिनेटले के–के निर्णय गर्यो भन्ने उहाँलाई थाहै थिएन । एकछिन बैठकमा बस्नासाथ ‘मलाई अप्ठेरो भयो, वामदेवजी चलाउनूस्’ भन्दै प्रथम उपप्रधानमन्त्री वामदेव गौतमलाई जिम्मा लगाएर प्रधानमन्त्री कोइराला आफू सुत्ने माथिल्लो तला उक्लिनुभएको थियो । भोलिपल्ट हुने मोदीको भ्रमणका लागि धपेडी हुने भएकाले आराम गर्न चिकित्सकले दिएको सल्लाहबमोजिम उहाँ आराम गर्न जानुभएको थियो ।
‘दुई घन्टापछि बैठक समापन गरिदिनका लागि बोलाउँदा पनि उहाँ आउन सक्नुभएन’– एक बरिष्ठ मन्त्रीले भने– ‘साँच्चै भन्नुहुन्छ भने प्रधानमन्त्रीले क्याबिनेट बहिस्कार गरे जस्तो भयो ।’
मन्त्रिपरिषद् स्रोतले त्यसरी प्रधानमन्त्रीले क्याबिनेट बैठक बीचैमा छोड्नु नयाँ कुरा नभएको दावी गर्यो । स्रोतले भन्यो– ‘पहिला पनि त्यस्तो भएको थियो । सिंहदबारमा बैठक बस्दा जेनतेन बसे पनि बालुवाटारमा बैठक आयोजना हुन लागेबाट कुनै दिन पनि उहाँ पूरा बैठकमा बस्नुभएको छैन ।’ अमेरिकाबाट फर्केपछि साउन ९ गते बसेको पहिलो बैठकमा पनि उहाँले त्यस्तै गर्नुभएको थियो ।
त्यसो त क्यान्सरको उपचार गराउन अमेरिका जानुअघि पनि प्रधानमन्त्री कोइरालाले पूरै बैठकमा बस्ने गर्नुभएको थिएन । स्रोतले भन्यो– ‘उहाँ अमेरिका जाने दिनमा बसेको बैठकमा दुईटाबाहेक अरु ५७ वटा निर्णय उहाँको अनुपस्थितिमै भएका थिए ।’
मन्त्रिपरिषद् स्रोतले अरु प्रधानमन्त्रीले जस्तो अहिलेका प्रधानमन्त्रीले के विषयमा छलफल र निर्णय हुँदैछ भन्नेबारेमा चासो पनि लिनुहुन्न । ‘उहाँलाई केही मतलब छैन’– स्रोतले भन्यो ।
यसैबीच आज विहिबार ४ बजे बालुवाटारमा बसेको क्याबिनेटमा रहेका ३६ वटा एजेन्डाको छलफलमा पनि प्रधानमन्त्री बस्नेमा एक मन्त्रीले शंका व्यक्त गरे ।
क्यान्सरको उपचारका क्रममा पाँच पटक थेरापी दिएर ३६ दिनपछि गत साउन ७ गते स्वदेश फर्किनुभएका कोइरालाको स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply