संसदीय समितिको सभापतिमा को–को ?
काठमाडौं । सभामुख सुवास नेम्वाङले भदौ ४ गतेका लागि व्यवस्थापिका–संसद्अन्तर्गतका ११ समितिका सभापति चयनको मिति तोकेपछि दलहरूले नाम टुंगो लगाएका छन् । आजबाट प्रक्रिया सुरु हुने भएकाले हिजो साँझसम्म उनीहरूले नाम टुंगो लगाएको स्रोतले बतायो ।
एमाले र कांग्रेसले चार–चार, एमाओवादीले दुई, राप्रपा नेपालले एक, मधेसी दलहरूले एक र अन्य साना दलले एक सभापति पाउने गरी सहमति भएको थियो । यसपटक सभापतिको मौका पाउन लागेकोमा अधिकांश युवा अनुहार छन् ।
स्रोतका अनुसार, कांग्रेसका तर्फबाट संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा यसअघिकै कुलबहादुर गुरुङ, राज्य व्यवस्था समितिको सभापतिमा दिलबहादुर घर्ती, कृषि तथा जलस्रोत समितिको सभापतिमा गगनकुमार थापा र उद्योग समितिको सभापतिमा भीष्मराज आङदम्बे सभापति हुँदैछन् ।
यसैगरी, एमालेका तर्फबाट अर्थ समितिको सभापतिमा प्रकाश ज्वाला, विकास समितिको सभापतिमा रबीन्द्र अधिकारी, महिला तथा बालबालिका समितिको सभापतिमा रञ्जुकुमार झा र सुशासन समितिको सभापतिमा शेरधन राईले मौका पाउँदैछन् ।
एमाओवादीले पाएको परराष्ट्र तथा मानवधिकार समितिको सभापतिमा प्रभु साहको नाम तय भएको छ । उसले पाएको सार्वजनिक लेखा समितिमा यसअघि नै जनार्दन शर्मा सभापति भइसकेका छन् । उता, राप्रपा नेपालले पाएको समितिमा सुशीलकुमार श्रेष्ठ सभापति बन्दैछन् ।
समितिको सभापति हुन त्यही समितिको सदस्य हुनुपर्ने भएकाले कसैको नाम फेरबदल गर्नुपर्ने भएमा आइतबार साँझसम्मका लागि सभामुख नेम्वाङले समय दिनुभएको थियो । परिवर्तन भएका नौ नाम आजको बैठकमा घोषणा हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
-
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply