सरकारी अड्डामा भद्रगोल
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी अड्डामा गरेको आकस्मिक छड्केमा ती कार्यालयमा भद्रगोल अवस्था पाएको छ । केन्द्रले भदौ पहिलो साता २६ मन्त्रालय, ४७ विभाग र १० ठूला सार्वजनिक संस्थानमा सुशासन सम्बन्धी केही सूचकहरूको अनुगमन निगरानीका क्रममा कर्मचारी बिदा नलिई अनुपस्थित हुने गरेको तथा निर्धारित पोसाक नलगाई कार्यालय आउने गरेको भेटिएको केन्द्रले जनाएको छ ।
ती कर्मचारीको विवरण संकलन गरी केन्द्रले कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा लेखी पठाएको छ । केन्द्रको अनुगमनको क्रममा ३ सय ३३ कर्मचारी अनुपस्थित भेटिएको र ८२ जना निर्धारित पोसाक नलगाई आएको भेटिएको केन्द्रले जनाएको छ ।
त्यस्तै, अनुगमन गरिएका विभागका २ सय ४३ जिल्ला स्तरका कर्मचारीलाई केन्द्रीय स्तरमा काजमा राखिएको र सरुवा मापदण्ड तयार गरी लागू गर्नुपर्नेमा केही विभागले अटेर गरी सो मापदण्ड नै तयार नगरेको थाहा भएको छ । ती विभागका जिम्मेवार अधिकारीलाई पनि कारबाहीका लागि सम्बन्धित विभागमा लेखी पठाएको बताइएको छ । अनुगमनका क्रममा अधिकांश कार्यालयको विद्युतीय हाजिरी प्रणालीमा समस्या आई बन्द रहेको पाइएको अनुगमनमा संलग्न एक अधिकारीले बताए ।
यस्तै, केन्द्रले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने कर्मचारीको निगरानी गरी सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्न थालनी गरेको बताइएको छ ।
सम्बन्धित समाचार
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
-
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply