संविधानका प्रश्नावली तयार
काठमाडौं । संविधानसभाले पहिलो पटक सर्वाधिक विवादका विषयहरूमा मतदानका लागि प्रश्नावली तयार पारेको छ । विवादका विषय भनेर प्रचारित संघीयता, शासकीय स्वरूप र न्याय प्रणालीको विषयमा प्रश्नावली तयार पारिएको हो ।
प्रश्नावली उपसमितिले विवादित भनिएका ती विषयहरूमा प्रश्नावली तयार पारेको हो । उपसमितिले विवादित सबै विषयको प्रश्न तयार पारेर प्रस्ताव समितिमा पेस गरेको छ । उपसमितिले दलहरूबीच देखिएका मुख्य आठ वटा विषयमा केन्द्रित रहेर १ सय ३ वटा विवादका मूल प्रश्न १ सय ९४ वटा र उपप्रश्न ४० वटा तयार पारेको हो ।
उपसमितिले राज्य पुन:संरचनाको विषयमा ५ देखि १४ प्रदेशको खाकामा ७२ वटा प्रश्न तयार पारेर समितिमा पेस गरेको छ । संवाद समितिका प्रतिवदेन, अघिल्लो संविधानसभामा रहेका विवाद र सभासद्हरूका धारणालाई आधार मानेर प्रश्नावली तयार पारेको बताइएको छ । उपसमितिले संविधानको प्रस्तावना, शासकीय स्वरूप, व्यवस्थापिकीय अंगको स्वरूप, संवैधानिक अंगको स्वरूप, न्यायप्रणाली, संविधान संशोधन, मौलिक हक र राज्य पुन:संरचनाका आठ वटा विषयमा रहेका विवादमा केन्द्रित भएर मुख्य र उपप्रश्नसहितको प्रस्ताव तयार पारिसकेको छ । कांग्रेस, एमालेले पेस गरेको सात प्रदेश, एमाओवादीले पेस गरेको १० प्रदेश, जनजाति थारू सभासद्हरूले पेस गरेको १५ प्रदेश र अखण्ड पार्टी नेपालका सभासद् कुमार खड्काले पेस गरेको पाँच प्रदेशको प्रस्ताव अनुसार प्रश्नावली तयार पारिएको बताइएको छ ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply