टानमा घोटाला
काठमाडौं । ट्ेरकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)मा करोडौं आर्थिक घोटाला भएको छ । पर्यटकहरूमार्फत उठाइएको रकम टानका अध्यक्ष रमेश धमला र अन्य पदाधिकारीहरूले अपारदर्शी ढंगले खर्च गर्ने गरेको भन्दै व्यवसायीहरू असन्तुष्ट भएका छन् ।
नेकपा (एमाले) निकट नेपाल ट्ेरकिङ ट्राभल्स र्याफ्टिङ एयरलाइन्स मजदुर युनियन (युनिट्राभ)ले विगत ६ वर्षको हिसाब टानले पारदर्शी ढंगले सार्वजनिक नगरे आन्दोलन गर्नेसमेत चेतावनी दिइएको छ । एमाओवादी र कांग्ेरस निकटका व्यवसायीका गठजोडका कारण धमला नेतृत्वको प्यानल विजयी भएको थियो । महासचिव सागर पाण्डे र कोषाध्यक्ष गोपालबाबु श्रेष्ठको मिलेमतोमा हरेक पर्यटकबापत लिइएको रकम मोलमाल पारिएको बताइन्छ ।
कम्पनीमार्फत आएकाले प्रति पर्यटक १० डलर र आफ्नै हिसाबले आएका पर्यटकले २० डलर बुझाउँदै आएका छन् । सो रकम तीन भाग लगाएर एक भाग टानलाई, एक भाग सरकारलाई र एक भाग नेपाल पर्यटन बोर्डलाई दिने गरिएको छ । टिम्स कार्ड बिक्रीमार्फत ट्ेरकिङ पर्मिट सिस्टम लिएबापत आउने सो रकम २०६६ सालदेखि नै टान नेतृत्वले हिनामिना गर्दै आएको छ । ०६६ मा एमाले पक्षधर बच्चुनारायण श्रेष्ठ अध्यक्ष र सीताराम सापकोटा महासचिव भएका बेला सो कोषमा जम्मा भएको एक करोड रुपियाँ पनि त्यसपछिका नेतृत्वले हिनामिना गरिसकेको छ । अहिलेसम्म टान नेतृत्वले एक करोड ८० लाख अमेरिकी डलर बराबरको रकमको हिसाब–किताब देखाउनुपर्नेछ ।
तर, अध्यक्ष धमलाले भने असारयता टानमा आउनुपर्ने कुनै पनि रकम नआएको पर्यटन बोर्डले दिनुपर्ने ७० लाख रकम पनि नदिएको कारण केही आर्थिक संकट परेको बताए । हिसाब हिनामिना भएको भन्ने आरोप निराधार भन्दै उनले आगामी दिनमा कार्यविधि बनाएर रातो किताबमै योजना समावेश गरी अघि बढ्न लागेको बताए ।
सम्बन्धित समाचार
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
-
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply