हेरफेरसहित एमालेमा कार्यविभाजन
काठमाडौं । लामो विवादपछि व्यापक फेरबदल सहित एमालेमा रुपमा नेताहरुको कार्यविभाजन भएको छ । बुधबार दिनभर अध्यक्ष केपी ओलीको निवासमा बसेका बैठकले महासचिव पोखरेलले गरेको प्रस्तावमा हेरफेरसहित सन्तुलित बनाएको छ ।
सभासद्लाई अञ्चल इन्चार्जबाट हटाइएको भने मन्त्रीलाई प्रस्ताव गरिएका विभागहरु रोकिएका छन् । उपाध्यक्षमध्ये विद्या भण्डारीलाई पूर्वाञ्चल, अष्टलक्ष्मी शाक्यलाई मध्यमाञ्चल, युवराज ज्ञवालीलाई पश्चिमाञ्चल, वामदेव गौतमलाई मध्यपश्चिमाञ्चल र भीम रावललाई सुदूरपश्चिमाञ्चल प्रमुख बनाइएको छ ।
परिवर्तन अनुसार, महाकालीको इन्चार्जमा गणेश ठगृुन्नाको साटो रामकुमार ज्ञवाली, सेतीमा कर्ण थापाको साटो महेश्वर पाठक इन्चार्ज भएका छन् । सेतीमा गरिमा शाह सहइन्चार्ज बनेकी छन् । राप्तीमा भागवत विश्वासीको साटो खेममान खड्का इन्चार्ज बनेका छन् भने गुलावजंग शाह सहइन्चार्ज बनेका छन् । त्यसैगरी, वागमतीमा अरुण नेपाल इन्चार्ज र शेरबहादुर तामांग सहइन्चार्ज, नारायणीमा केदार न्यौपाने इन्चार्ज र विरोध खतिवडा सहइन्चार्ज भएका छन् ।
सम्पर्क विभागमा भानुभक्त ढकालको साटो छविलाल विश्वकर्मालाई इन्चार्ज बनाइएको छ भने ढकाललाई संगठन विभागको उपप्रमुख बनाइएको छ । त्यसैगरी, रघुजी पन्तलाई कानुन विभाग, गंगालाल तुलाधरलाई शिक्षा विभाग, प्रदीप नेपाललाई जलस्रोत विभाग, कर्ण थापालाई युवा विभाग, ठाकुर गैरेलाई इन्जिनियरिंग फाँटको जिम्मेवारी दिइएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply