यिनलाई मन्त्री नदिँदा के हुन्थ्यो ?
काठमाडौं । संविधानसभाको निर्वाचनमा समानुपातिकबाट एक सिट पाएका विश्वेन्द्र पासवानले प्रधानमन्त्री केपी शर्मा ओलीको पाउ पर्दै गुनासो गरे–‘मलाई यस पटक जसरी भए पनि मन्त्री बनाइदिनुस् । तपाईले मन्त्री बनाउनु भएन भने म जिन्दगीमा कहिल्यै पनि मन्त्री बन्न पाउदिन्नँ ।’पासवानको हारगुहारको अगाडि प्रधानमन्त्री ओलीको केही लागेन, उनको कमलो मन तत्कालै पग्लियो । प्रधानमन्त्रीको निर्वाचनमा आफूलाई समर्थन गरेको व्यवस्थापिका–संसद्को छैठो ठूलो दल राप्रपाका १३ जना सभासद हुँदाहुँदै त्यतिबेला उक्त पार्टीलाई एउटै मन्त्रालय नदिई एक सिटे पासवानलाई जनसंख्या तथा वातावरण मन्त्रालय बनाइएको थियो । तर, प्रधानमन्त्री ओलीको कमलो मन त्यसयता पनि पग्लिन छाडेको छैन । मन्त्रालय फुटाएरै भए पनि एक सिट भएकाहरुलाई गाडी चढ्ने, झन्डा हल्लाउने र क्वार्टरको सुविधा दिने सदासयता प्रधानमन्त्री ओलीले देखाएका छन् ।व्यवस्थापिका–संसदमा एउटा मात्रै सिट भएकाहरुले अहिले धमाधम मन्त्री पाइरहेका छन् । ‘आफूलाई अप्ठेरो परेको हुँदा मन्त्रालय फुटाएरै भए पनि मन्त्री दिनुपरेको’ तर्क पनि प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलका नेताहरुसामु राख्दै आएका छन् । तर, एक सिटेहरुलाई मन्त्री नदिँदा प्रधानमन्त्री ओलीको पद नै धरापमा पर्ने स्थिति सिर्जना भएको हो त ? अहिले व्यवस्थापिका–संसद्मा रहेको शक्ति सन्तुलनलाई हेर्दा त्यस्तो अवस्था पटक्कै देखिँदैन । के कारणले प्रधानमन्त्री ओलीले एक सिटेहरुप्रति सदासयता प्रकट गरिरहेका हुन् ? बुझ्नै नसकिने देखिएको छ ।
प्रधानमन्त्री ओलीले निर्वाचित हुँदा ३ सय ३७ मत ल्याएका थिए । एनेकपा (माओवादी), राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राप्रपालगायत साना दलहरुको मत पाएर ओली प्रधानमन्त्री बनेका हुन् । त्यसमा प्रधानमन्त्रीलाई चाहिने ३ सय मत त एमाओवादी, राप्रपा नेपाल, फोरम (लोकतान्त्रिक) र राप्रपाबाटै पर्याप्त थियो । तर, पछिल्लो समय भने आलोचना खेपेरै भए पनि प्रधानमन्त्री ओलीले मन्त्रालय फुटाएर एक सिट भएकाहरुलाई पनि मन्त्री दिन पुगेका छन् ।
विगतमा एमाओवादीलगायत ३३ दलले एमाले अध्यक्ष ओलीविरुद्ध जेहाद छेड्दा तेत्तीस दलीय मोर्चाको प्रवक्ता रहेका एक सिटवाला प्रेमबहादुर सिंहलाई अहिले ओलीले खानेपानी तथा सरसफाई मन्त्री बनाएका छन् । त्यतिबेला त्यही मोर्चाले नै ओलीलाई ‘दिमाग खुस्किएको मानिस’ भन्दै लिखित रुपमै वक्तव्य निकालेको थियो र उक्त वक्तव्य वाचन गर्ने ओली मन्त्रिमण्डलका उनै सिंह थिए । त्यस्तै, व्यवस्थापिका–संसद्मा एक सिट मात्रै भएको जनमुक्ति दलका शिवलाल थापालाई पनि विज्ञान तथा प्रविधि मन्त्री बनाइएको छ । अर्का एक सिटवाला एकनाथ ढकाललाई त महत्वका हिसाबले राम्रै मानिने शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी दिइएको छ । सुरुमा श्रम तथा रोजगार मन्त्रालय दिने भनेर मन्त्री बनाएका आफ्नै पार्टीका शान्ता मानवीलाई सुरुमा ढकालले पाएको मन्त्रालय दिइएको थियो । तर, चौबीस घन्टा नबित्दै मानवीलाई कृषि विकास मन्त्रालयबाट फुटाएर बनाइएको पशु विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply