दिवंगत पूर्वप्रधानमन्त्री कोइरालाको अन्त्येष्टि आज
काठमाडौं । नेपाली कांग्रेसका दिवंगत सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । कांग्रेस केन्द्रीय समितिको हिजो (मंगलबार) बसेको आकस्मिक बैठकले आज २ बजेपछि कोइरालाको अन्त्येष्टि गर्ने निर्णय गरेको हो । बैठकले उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लगि आज २ बजेसम्म रंगशालामा राख्ने र शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
उहाँको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने भएको छ । परिवारको सहमतिमा विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै, बैठकले फागुन ९ गतेसम्म महाधिवेशनसम्बन्धी सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । सो अवधिभर पार्टीका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र पार्टीको झन्डा आधा झुकाउने निर्णय गर्दै बैठकले महाधिवेशन चलिरहेको जिल्लाको हकमा के गर्ने भन्ने निर्णय गर्ने जिम्मा निर्वाचन समितिलाई दिएको छ । फागुन ३ गतेसम्म पार्टी र भ्रातृ संगठनका सबै कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय छ ।
कोइरालाको सोमबार राति १२:५० मा ७७ वर्षको उमेरमा निधन भएको थियो । दमसम्बन्धी क्रोनिक अब्सट्रक्टिभ पल्मुनरी डिजिज (सिओपिडी) समस्याले एक्कासि च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो । निधनको खबरपछि राति नै काठमाडौंमा उपलब्ध नेताहरू कोइराला निवास महाराजगन्ज पुगेका थिए । कोइरालाको पार्थिव शरीरलाई सोमबार बिहान १० बजेसम्म उहाँकै निवास महाराजगन्जमा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली बिहान ८ बजे महाराजगन्ज नै पुगेर कोइरालालाई श्रद्धाञ्जली दिएका थिए । पूर्वप्रधानमन्त्री कोइरालाको निधनबाट नेपालले एक निष्ठावान् नेता गुमाएको भन्दै प्रधानमन्त्री ओलीले उहाँले लिएको सहकार्य र सहमति अरूका लागि पनि पाठको विषय भएको बताउनुभयो ।
सानेपामा पहिलो श्रद्धाञ्जली पूर्वराष्ट्रपतिबाट
महाराजगन्जबाट श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय, सानेपा पुर्याइएपछि कोइरालाको पार्थिव शरीरलाई त्यहाँ पूर्वराष्ट्रपति डा. रामवरण यादवले श्रद्धाञ्जली दिनुभएको थियो । पूर्वराष्ट्रपति यादवले श्रद्धाञ्जली दिएपछि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए । पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, पूर्वसभामुख सुवास नेम्वाङ, तमलोपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरूले कांग्रेस पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली दिनुभएको थियो । स्व. कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालय सानेपामा कांग्रेस नेता, कार्यकर्ता तथा सर्वसाधारणको ठूलो भीड लागेको थियो । हिजो मध्याह्न १२ बजेपछि पार्टी कार्यालय सानेपाबाट उनको पार्थिव शरीरलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशाला लगिएको थियो ।
आज सार्वजनिक बिदा
मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दिवंगत पूर्वप्रधानमन्त्री कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । तोप सलामीसहित अन्त्येष्टिको व्यवस्था गर्न मन्त्रिपरिषद्ले रक्षा र गृह मन्त्रालयलाई जिम्मा दिएको छ । कोइरालाको निधनले स्तब्ध भएको भन्दै मन्त्रिपरिषद्ले शोकमा आज एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस्तै, मंगलबारदेखि तीन दिनसम्म नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छय । यी तीन दिन कुनै औपचारिक सरकारी कार्यक्रम पनि गरिनेछैन । माघ २८ र २९ गते परराष्ट्र मन्त्रालयलगायत विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा शोक पुस्तिका राखिनेछ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply