सात महिना सत्ताबाहिर बस्दा कांग्रेसलाई छटपटी सुरु
काठमाडौं । सात महिना सत्ता बाहिर रहेको कांग्रेसलाई फेरि सत्तामा पुग्ने छटपटी सुरु भइसकेको छ । श्रीमतीको उपचारसँगै सत्ता परिवर्तनका पक्षमा वातावरण बनाउने एजेन्डासहित भारत पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा भारतले भाउ नदिएपछि गत बुधबार नै निन्याउरो अनुहार लिएर स्वेदश फर्किएका थिए । संविधान जारी हुनुअघिको भारत भ्रमणका क्रममा नेपाललाई हिन्दु राज्य बनाउन सक्दो प्रयास गर्ने वचन दिएर आए पनि सो खालको भूमिका नखेलेका कारण रिसाएको भारतलाई अब कन्भिन्स गर्न पहिले देशभित्रैबाट सत्ता परिवर्तनको वातावरण बनाउने र अनि मात्र बाहिरकालाई गुहार्ने निष्कर्षमा देउवा पुगेको बताइन्छ ।
स्रोतका अनुसार भारत पनि ओली सरकार परिवर्तनका लागि आतुर छ । वर्तमान सरकार निर्माणका बेला नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई उनले नचाह“दा नचाह“दै प्रधानमन्त्रीको उम्मेदवार बनाएको भारत ओली सरकारप्रति कठोर छ । संविधान जारी गर्दा आफूहरूलाई बेवास्ता गरेको रिस कूटनीतिक तरिकाले फेर्न चाहन्छ भारत । नाकाबन्दी लगाउँदै भारतप्रति नेपाली जनताको सद्भाव भड्किएको र देशभित्रैबाट पनि आलोचित हुनुपरेको भारतीय संस्थापनले बुझिसकेको छ । त्यसैले, भ्रमणका क्रममा विपक्ष दलका नेता देउवालाई भाउ नदिएर भारतको संस्थापनले कूटनीतिको नयाँ अस्त्र प्रयोग गरेको विश्लेषण गर्न थालिएको छ । यसो गर्दा नेपालको संस्थापन पक्ष भारले देउवालाई वेबास्ता ग¥यो भनेर खुसी हुने तर भित्रभित्र उनै देउवालाई प्रयोग गरेर सत्ता परिवर्तन गर्ने भारतीय डिजाइन रहेको बताइन्छ ।
पार्टी सभापति र संसदीय दलको नेतामा निर्वाचित हुनासाथ आफू सरकार परिवर्तनको खेलमा नलाग्ने सार्वजानिक उद्घोष गरेका देउवाले भारत भ्रमणबाट फर्कनासाथ सत्ता परिवर्तनको प्रयास सुरु गरिसकेका छन् । सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकमा बोल्ने धेरैजसो सभासद्ले सरकार फेर्न पहल गर्नुपर्ने विचार पूर्वतयारीविना आएको होइन भन्ने कुरा मान्न सकिन्न । दलको बैठकमा सुरुमा पार्टीभित्र पनि देउवानिकट सभासद्ले सरकार परिवर्तनको पक्षमा बोलेका थिए । दलको बैठक सुरु हुनुअघि नै देउवा समूहको बैठक बसेर संसदीय दलमा यसरी प्रस्तुत हुने भन्ने तयारी बनेको स्रोतले बतायो । दल बैठकमा विमलेन्द्र निधि, रामहरि खतिवडा, रामकृष्ण यादव, बालकृष्ण खाँड, भीष्मराज आङदम्बेलगायतले चर्को स्वरमा यो सरकारको आलोचना गर्दै ओली सरकारको विकल्प खोज्नुपर्ने धारणा राखेका थिए ।
अमेरिका भ्रमणमा भएका कारण दलको बैठकमा रामचन्द्र पौडेल भने उपस्थित थिएनन् । तर, पौडेल समूह तत्काल सरकार फेर्ने पक्षमा नरहेको बताइन्छ । सरकार परिवर्तन गर्ने भन्दा रचनात्मक प्रतिपक्षको भूमिका खेलेर तत्कालीन सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर बिगारिएको पार्टीको छवि सुधार्नुपर्ने पक्षमा पौडेल समूहका नेताहरू रहेको बताइन्छ ।
जथाभावी अभिव्यक्ति
एकातिर सरकार बाहिर बस्दाको छटपटी पार्टीकै बैठकमा पोखिन थालेको छ भने अर्कातिर पार्टीका जिम्मेवार नेताहरू संविधानको मर्म, भावनाविपरीत जथाभावी बोल्दै हिँड्न थालेका छन् । यो सरकारले संविधानको कार्यान्वयन गर्न सक्तैन भन्दै सरकार परिवर्तनको कुरा गर्दै हिँड्ने कांग्रेसकै कतिपय नेता भने संविधानप्रतिकूल जथाभावी बोल्दै हिँडेका छन् । महामन्त्री शशांक कोइरालाले अमेरिका पुगेर संघीयता र धर्मनिरपेक्षताको खिलाफमा अभिव्यक्ति दिए भने अर्का नेता शेखर कोइरालाले पनि धर्मनिरपेक्षताबारे सार्वजानिक रूपमा कडा आपत्ति जनाएका छन् । उनले पैसामा धर्मनिरपेक्षता स्विकारिएको बताएका थिए ।
देउवालाई महराको साथ
सत्ता परिवर्तन गर्ने कांग्रेसको यो खेललाई सत्ता गठबन्धनकै दोस्रो ठूलो दल एमाओवादीभित्रको एउटा समूहले साथ दिएको बताइन्छ । सो पार्टीका महासचिव कृष्णबहादुर महरा यो खेलमा लागेको बताइन्छ । स्मरण रहोस्, महरा पनि गत हप्ता भारत भ्रमण गएर फर्किएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बच्न भारतको शरणमा पुगेका उनले त्यहाँबाट फर्कनासाथ सरकार परिवर्तनका पक्षमा भित्रभित्रै लबिङ गर्नुलाई विशेष महŒवका साथ हेरिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply