प्रचण्डले कुरा बुझेपछि ओली ढुक्क
काठमाडौं । गत वैशाख २० गतेबाट एक्कासि सुरु भएको सरकार परिवर्तनको हल्ला गत आइतबार बेलुकीबाट बल्ल मत्थर भएको छ । वैशाख २२ गते नेकपा (एमाले) र एमाओवादीबीच भएको नौबुँदे सहमतिले त्यो बेलाको हल्लालाई मत्थर बनाए पनि जेठ १५ मा बजेट प्रस्तुत भएपछि पुन: सरकार परिवर्तनको बेमौसमी हल्ला सुरु भएको थियो ।
वैशाख २२ गते नौबुँदे सहमति गर्दा नै तीनबुँदे भद्र सहमति भएको र त्यहाा बजेटपछि एमाओवादीलाई सरकारको नेतृत्व दिने भन्ने उल्लेख रहेको भन्दै माओवादीका नेताले सरकार परिवर्तनका लागि कस्सिएर लागिसकेका थिए । महासचिव कृष्णबहादुर महराले त अन्तर्वार्ता नै दिएका थिए । पार्टीभित्रै पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भद्र सहमतिबारे नेताहरूले प्रश्न उठाएका थिए । दाहालले पनि सार्वजनिक कार्यक्रममार्फत भद्र सहमति भएको भन्दै सो सहमतिअनुसार एमालेले आफूलाई सरकारको नेतृत्व छाड्नुपर्ने बताएका थिए । तर, भद्र सहमतिको एक्लै डिफेन्स गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार राति दाहाललाई बालुवाटारमा बोलाएर राजनीतिक कोर्सबारे विस्तृतमा सम्झाएका थिए । यो सरकार गिराउन कुन शक्ति परिचालित छ, सरकार गिरिहाल्यो भने त्यसपछिको राजनीति कोर्स कसरी अघि बढ्छ भन्नेजस्ता कुरा ओलीले प्रचण्डलाई सविस्तार बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दाहाललाई बोलाएर ‘तपाईंलाई भारतले कुनै पनि हालतमा प्रधानमन्त्री बन्न दिादैन तपाईं किन सरकार परिवर्तनको खेलमा लागेको ?’ भन्दै निकैबेर सम्झाएका थिए । ‘कुराकानी सकिएपछि दाहाल मैले कुरा बुझें’ भन्दै उठेर हिाडेका थिए । त्यसयता दाहालको बोलीमा ‘यू–टर्न’ भएको छ । सोमबार पोखरा पुगेर उनले आफू बहुमतीय सरकारको प्रधानमनत्री नबन्न बताए । दाहालले कुुरा बुझेपछि प्रधानमन्त्री ओली पनि ढुक्क भएका छन् । अहिल्यै सरकार परिवर्तन परिस्थिति नबनेको भन्दै उनले पनि नरम भाषामा जिम्मेवार राजनीतिज्ञले जस्तो गरी अभिव्यक्ति दिन थालेका छन् ।
शनिबार रातिको कुराकानीपछि अब कम्तीमा आगामी असोज कात्तिकसम्म यो सरकारको आयुमाथि कुनै खतरा नहुने भन्दै प्रधानमन्त्री ढुक्क रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहालसँग प्रधानमन्त्री ओलीले दुईतीनवटा कुरालाई आधार बनाएर सरकारबारे आफ्ना कुरा राखेका थिए । संविधान जारी भएदेखि ०७४ माघ ४ सम्मको २८ महिनाको समयमा १२ महिना सरकारको नेतृत्व एमालेले गर्ने र बाँकी १५ महिना माओवादीले गर्ने भन्ने ओलीको प्रस्ताव छ । यसो गर्दा यो सरकार दसैंतिहारसम्म रहन्छ । अर्को प्रस्ताव स्थानीय चुनाव एमालेको नेतृत्वले गराउने र संसदीय चुनाव एमाओवादी नेतृत्वले गराउने भन्ने छ । तर, ‘अहिल्यै सरकार परिवर्तन गर्दा ८२ सिट हुने एमाओवादीले २० महिना र १ सय ८२ सिट हुने एमालेले चाहिँ आठ महिना हुने भन्ने कुरा मिल्छ ?’ भन्दै ओलीले दाहाललाई कन्भिन्स गराएका थिए । उनले आधाआधी गरौं । त्यो पनि भएन, तपाईंहरू पछि हुने भएकाले अलिक बढी १५ महिनाको समय लिनुस् भन्ने प्रस्ताव गरेको बुझिएको छ । यी प्रस्तावमा दाहाल सकारात्मक भएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीसँग पछिल्लो कुराकानी भएपछि दाहालले आफ्नो पार्टीका शीर्ष नेताको बैठकमा बहुमतीय सरकार बनाउने गरी सरकार परिवर्तनको कुरा नभएको तर राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने मोटामोटी सहमति भएको बताएका थिए । दाहालसँग भएको कुराकानीकै स्पिरिटमा प्रधाननमन्त्री ओलीले पार्टीको स्थायी समितिको बैठकमा कुरा राखेका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply