दोहोरो त्रासका कारण माओवादीमा छटपटी
काठमाडौं । अख्तियारको डरका कारण नेकपा (माओवादी)का केही नेता भारतको गोटी बन्दा पुरै पार्टीले नै सात बल्ड्याङ खाने खतरा उत्पन्न भएको छ । एकातिर लडाकुको रकममा भएको अनियमितालाई लिएर अख्तियारले जाक्ने डर र अर्कातिर यही अवस्थामा चुनाव हुादा पत्तासाफ भइने डरका कारण भारतले खेल्ने मौका पाउादा फेरि सत्ता परिवर्तनको हल्लाले राजनीति गर्माएको छ ।
दुई कारण, तीन पात्र
बजेटअघि एमालेसाग नौबुादे सहमति गरेर तत्काल सत्ता परिवर्तनको बेमौसमी खेलमा नलाग्ने निर्णय गरेको माओवादी केन्द्रले बजेट पास नहुादै फेरि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने आशयको निर्णय गरेको छ । यस्तो निर्णय गर्नपर्ने अवस्थामा पुग्नुका पछाडि मूलत: दुईवटा कारण र तीन पात्रले काम गरेको स्रोतको दाबी छ ।
पहिलो कारण : अख्तियारको डर । माओवादीका पूर्वलडाकुलाई राज्यले दिएको रकम केही नेताले दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी छ । यो काण्डमा सबैभन्दा बढी माओवादी नेता कृष्णबहादुर महरा मुछिएका छन् । सत्ता टिकाउन चिनियाा व्यापारीसाग पैसा मागेको टेप प्रकरणपछि चीन पक्षधर भनेर पार्टीभित्र र बाहिर पहिचान बनाएका नेता महरा अहिले भारतको खास पक्षधरका रूपमा उदाउनुपछाडि यही डरले काम गरेको बताइन्छ । यही डरमा भारतले खेलेको र महरालाई उचालेर सरकार गिराउने डिजाइन अघि बढाएको दाबी स्रोतको छ ।
दोस्रो कारण हो, निर्वाचन । यो कारणमा भने कांग्रेस र माओवादीको स्वार्थ पनि मिलेको छ । सरकारले आगामी वर्षभित्रै तीनवटै निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । सम्भाव्यताबारे निर्वाचन आयोगसाग आवश्यक सल्लाह गर्नेदेखि लिएर आवश्यक कानुन निर्माणलाई तीव्रता दिएको छ । लोकतन्त्रमा निर्वाचनको खुलेर विरोध गर्नु आफ्नै लागि घातक हुन्छ । त्यही भएर माओवादी र कांग्रेसले खुलेरै चुनावको विरोध गर्न सकेका छैनन् । तर, यो अवस्थामा चुनाव भयो भने एमाले पहिलो पार्टी, कांग्रेस दोस्रो पार्टी र आफ्नो प्रतिस्पर्धा तेस्रोका लागि मधेसवादी वा राप्रपामध्ये एकसाग हुन्छ भन्ने माओवादीको आन्तरिक मूल्यांकन रहेको स्रोतले बतायो । २०७० को संविधानसभा निर्वाचनमा तेस्रो हैसियतमा खुम्चनुका पछाडि चुनाव बहिष्कार गरेका मोहन वैद्यहरूको भूमिकाले काम गरेको थियो भन्ने माओवादी ठम्याइ छ । हिजो वैद्यहरू खतरा थिए, तर अहिले वैद्यसागै विप्लव, बाबुरामसहितका तीनवटा शक्तिशाली समूह बाहिर छन् । विप्लवहरू चुनावमै जाादैनन्, बाबुराम गए पनि जित्दैनन्, तर हराउन ठूलो भूमिका हुनेछ भन्ने बुझाइ माओवादीको छ । कांग्रेसको मूल्यांकन पनि एमाले पहिलो पार्टी हुन्छ भन्ने नै छ । दुई पार्टीको यो डरमा पनि भारतले खेलेको बताइन्छ ।
यो खेलमा भारतीय गुप्तचर संस्था ‘र’ले माओवादीका तीन नेतालाई प्रयोग गरेको स्रोतको दाबी छ । महराबाहेक वर्षमान पुन र जनार्दन शर्माको पछिल्लो समयमा भारतीय गुप्तचर संस्था ‘र’का नेपालका लागि स्टेसन चिफ विवेक जोरीसाग बाक्लो उठबस भएको र तीनजना बसेर सत्ता परिवर्तन रणनीति बनाइरहेको दाबी स्रोतको छ । भारतले भने माओवादीको डरलाई उपयोग गरेर नेपालको राजनीतिमा दोहोरो खेल खेलिरहेको बताइन्छ । पहिलो, यो सरकार ढाल्न माओवादीलाई उचाल्ने र माओवादीलाई समर्थन फिर्ता लिने निर्णयमा पुर्याइसकेपछि अर्को सरकारचाहिा बन्न नदिने । पछिल्लो समयमा नेपालमा बढ्दै गएको भारतविरोधी भावनाका कारण पनि भारत आफू देखिने गरी सत्ता परिवर्तनको खेलमा नआउने तर भित्रभित्रै माओवादी उकासेर ओलीको समर्थन झिकिदिने र देउवाको नेतृत्वमा बहुमतीय सरकार बनाउने रणनीतिमा रहेको स्रोतको दाबी छ । भारतको पनि राण्नीति माओवादी अध्यक्ष दाहाललाई बल्ड्याङ खुवाउने नै रहेको विश्वस्त स्रोतले बतायो ।
कांग्रेस अझै सशंकित
एमाले अध्यक्ष ओली नेतृत्वको सरकार गिराउने यो खेलमा पछिल्लो चरणमा फेरि पनि माओवादी र कांग्रेसका नेताहरूबीच बाक्लै कुराकानी भइरहेको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेसम्म पनि माओवादीलाई विश्वास गरेका छैनन् । स्रोतका अनुसार देउवाले माओवादी अध्यक्ष दाहाललाई मुखभरिको जवाफ दिएर फर्काउन पनि सकेका छन् । अस्ट्रेलिया जाने भनेको अघिल्लो दिन बेलुकी दाहाल बिदाइका लागि देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । त्यहाा दाहालले राष्ट्रिय सहमतिका लागि पनि सरकार परिवर्तनका कुरा राखेका थिए । तर, दाहालले राष्ट्रिय सहमति शब्द उच्चारण गर्नासाथ देउवा झोक्किएका थिए । ‘तपाईं त तेस्रो पार्टी हो नि, केको राष्ट्रिय सहमतिको कुरा गर्नुहुन्छ ? मेरो ओलीजीसाग नै कुरा भएको छ, तपाईंलाई राष्ट्रिय सहमतिका कुरा गर्न सुहाउादैन,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘अर्को कुरा, तपाईंले युद्धकालमा पनि धोका दिनुभयो, अस्ति पनि धोका दिनुभयो, तपाईंमाथि हामीलाई विश्वास छैन ।’
माओवादीले नौबुादेमा आफूहरूलाई देखाएर एमालेसाग बार्गेनिङ गर्न खोजेको कांग्रेसको बुझाइ रहेको कांग्रेसनिकट स्रोतले बतायो । विगतमा पनि दाहालले एकका विरुद्ध अर्कालाई प्रयोग गर्दै आएका हुन् । उनी प्रयोगका लागि माहिर छन् । यो पनि माओवादीको प्रयोगको नीति हो भन्ने कांग्रेसको बुझाइ छ । ‘सरकार ढाल्ने र अर्को बनाउने हो भने पनि माओवादीसाग किन मिल्ने ? हामी सबैभन्दा ठूलो पार्टी छौं, हामी आफैं पहल गर्छौं, माओवादीसाग किन लहसिएर जाने ?’ भन्ने कोणबाट कांग्रेसभित्र छलफल सुरु भएको बताइन्छ ।
माओवादीमा छटपटी
परिस्थिति अनुकूल नभए पनि माओवादी र त्यसको नेतृत्वलाई सत्ताको छटपटीले व्यग्र बनाएको छ । स्रोतका अनुसार आफ्नो नेतृत्वमा सरकार गठनका लागि समर्थन खोज्न यो बीचमा माओवादी अध्यक्ष दाहाल चीन जानेवाला थिए । २१ जुनमा गएर ५ जुलाईमा फर्कने तालिका थियो । त्यो तालिकाअनुसार चीन गएको भए दाहाल १४ दिनको भ्रमण सकेर हिजो फर्कने थिए । तर, चीन अहिले सरकार ढाल्ने पक्षमा नरहेको संकेत पाएपछि दाहालले आफैंले पहल गरेर तय गरेको भ्रमण पनि अन्तिममा आफैंले रद्द गराएका थिए । चीनका राष्ट्रपति आगामी अक्टोबरमा नेपाल आउने र कम्तीमा त्यतिन्जेल यही सरकार रहोस् भन्ने चिनियााहरूको चाहना बुझेपछि दाहालले भ्रमण रद्द गराएको स्रोतले बतायो ।
दाहालको उपदेयता सकिादै
रमाइलो कुरा त के छ भने हिजो माओवादीमा बाबुराम भट्टराईहरू भारतका अत्यन्तै प्रिय थिए । महरा, पुन, शर्माहरूले नै भट्टराईलाई भारतीय एजेन्ट भन्थे । तर, अहिले तिनै महरा, पुन र शर्माहरू भारतको नजिक भएका छन् । पार्टीभित्र महरा र पुनको कहिल्यै राम्रो सम्बन्ध थिएन । यो बीचमा महरालाई रोकेर आफू महासचिव बन्न महरा हात धोएर लागे । महराविरुद्ध समाचार लेखाउादै समेत हिाडे, तर अहिले उनीहरूको गठजोड भएको छ । भारत साथमा छ भनेर पुन, शर्मा, महराहरूले प्रचण्डलाई मनाइरहेको बताइन्छ । प्रचण्डले पनि ओली सरकार र भारतबीच बढ्दो दूरीको मूल्यांकन गर्दै उनीहरूको कुरा विश्वास गरेका छन् । ‘उनलाई यो सरकार ढालियो भने भारतको साथसहयोग पाइन्छ भन्ने भ्रम छ,’ स्रोतले भन्यो– ‘तर ‘र’ले यिनीहरूलाई यस्तरी घुमाइरहेको छ कि दाहाल सरकार ढाल्न मात्र प्रयोग हुादै छन् । त्यसपछि उनको उपदेयता सकिादै छ ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply