चुनाव विरोधी षड्यन्त्र चिर्न एमालेले अभियान चलाउने
काठमाडौं । नेकपा एमालेले संविधान कार्यान्वयन हुन नदिएर मुलुकलाई संवैधानिक र राजनीतिक रिक्तताको स्थितिमा पुर्याउने षड्यन्त्रको आभास भएको भन्दै त्यसविरुद्ध देशव्यापी अभियान चलाउने तयारी थालेको छ ।
आइतबारबाट सुरु भएको स्थायी समिति बैठकमा संवैधानिक र राजनीतिक रिक्तताको ‘रोडम्याप’तिर मुलुकलाई डोर्याउनकै लागि हठात् सरकार परिवर्तन गरिएको विश्लेषण गर्दै नेताहरूले त्यसलाई चिर्न देशव्यापी अभियान चलाउनुपर्नेमा जोड दिएका हुन् । केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीका अनुसार संवैधानिक र राजनीतिक रिक्तताका लागि भइरहेको चलखेल भण्डाफोर गर्दै चुनावी तयारीका लागि दबाब दिन केन्द्रीय कमिटी बैठकपछि देशभर अभियान केन्द्रित हुनेछ । स्थायी समिति बैठकले केन्द्रीय कमिटी बैठकमा अभियानको ठोस योजना लैजाने ज्ञवालीले जानकारी दिए ।
पार्टीभित्रको सांगठनिक स्थितिलाई व्यवस्थित र पार्टी एकता बलियो बनाएर भदौमा आयोजना हुने केन्द्रीय कमिटी बैठकबाट चुनावविरुद्धको षड्यन्त्र चिर्न देशव्यापी अयिभान थाल्ने एमालेको योजना छ । संविधान कार्यान्वयन हुन नदिने योजनाअन्तर्गत नै वर्तमान गठबन्धनले एमालेसागको दूरी बढाउने गरी अघिल्लो सरकारले गरेका निर्णय उल्ट्याउने कामको सुरुवात गरिसकेको छ । स्थानीय तह पुन:संंरचना समितिलाई पुनर्गठन गर्ने प्रयास, समितिको सिफारिसलाई लागू हुन नदिने प्रपञ्च र प्रतिवेदन बुझाउने समयावधि फागुनसम्म लम्ब्याएर चुनावका लागि आवश्यक पर्ने कानुन निर्माण प्रक्रिया स्थगन गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहालले गतिविधि सुरु गरेको एमालेको ठम्याइ छ । चैतसम्मको ‘म्यादी’ सरकारले यी कुनै पनि काम नभएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई तालाचाबी अर्थात् प्रधानमन्त्री पद बुझाउने गरी दुई दलबीच लिखित सम्झौता भएको यसअघि नै सार्वजनिक भइसकेको छ ।
स्थायी समितिमा आन्तरिक संगठनात्मक व्यवस्थापन गर्दै नयाा अभियानका साथ पार्टी पंक्तिलाई परिचालित गर्ने गरी सात एजेन्डा छलफलका लागि प्रस्तुत भएको छ । विगतका कामको समीक्षा, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको मिति निर्धारण, स्थानीय तहको पुन:संरचनाबारे पार्टीको धारणा, पार्टीका प्रदेश कमिटीहरूको पूर्णता, सल्लाहकार परिषद्मा सदस्य थप, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, पार्टीको आगामी कार्ययोजना, केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन र पार्टी प्रवेश गरेकाहरूको जिम्मेवारी व्यवस्थापनसहितका एजेन्डा छलफलका लागि प्रस्तुत छन् । नेताहरूले पहिलो र दोस्रो एजेन्डामा आफ्ना धारणा राख्ने क्रम जारी रहेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । प्रदेश कमिटीको पूर्णतापछि संविधानको नयाा संरचनाअनुसार संगठन बनाउने एमाले पहिलो पार्टी बन्नेछ । प्रदेशहरूमा भेला आयोजना गर्ने एमालेको पूर्ववत् योजना नै हो । पदाधिकारी र स्थायी समितिबाट संयोजक चयनपछि ५ सयभन्दा बढी संगठित रहेको प्रदेश कमिटीले पूर्णता पाउनेछ । सल्लाहकार समितिमा भने अघिल्लो महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका तर नवौं महाधिवेशनमा भने पराजित भएका नेताहरू मनोनीत भइसकेका छन् । जिम्मेवारीविहीन रहेका केही नेतालाई सल्लाहकार समितिमा राख्ने, नेकपा माओवादी, कांग्रेस र राप्रपा तथा नेकपा मालेबाट प्रवेश गरेका नेताहरूलाई केन्द्र र प्रदेशमा उपयुक्त जिम्मेवारी दिने एजेन्डामा पनि बैठकमा छलफल हुादै छ ।
बैठकको सुरुवात गर्दै अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेकाले सिंगो पार्टीपंक्ति एकताबद्ध भएर त्यसलाई चिर्ने अभियानमा केन्द्रित हुनुपर्ने बताएका थिए । अध्यक्ष ओलीले अन्तिमसम्म माओवादी केन्द्रसागको गठबन्धन जोगाउन हरसम्भव प्रयास भए पनि प्रचण्ड देशीविदेशी षड्यन्त्रको चंगुलमा पर्दा सम्भव नभएको दृष्टान्त प्रस्तुत गर्दै एमालेको नेतृत्वपंक्ति भ्रममा पर्न नहुनेमा जोड दिएका थिए । सोमबारसम्म वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल र नेताहरू प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेले आ–आफ्ना धारणा राखेका छन् । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमले भने अध्यक्षले नेताहरूसाग पर्याप्त छलफल र परामर्श नगरेका कारण पनि मुलुकको घटनाक्रम नयाा ढंगले विकसित भएको भन्दै अबका दिनमा पार्टीलाई संस्थागत निर्णय प्रक्रिया र गुटबन्दीमुक्त बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
नयाा सत्ता समीकरणसागै तहगत निर्वाचन सम्पन्न गर्ने कुरामा उदासीनता देखिएको भन्दै एमाले बैठकले राजनीतिक तथा संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्रप्रति सजग रहन आम जनसमुदायलाई अपिलसमेत गरेको छ । ‘चुनावी तयारीमा आलटाल गर्दै सरकार नै राजनीतिक र संवैधानिक रिक्तताको षड्यन्त्रमा लागेको हामीलाई आशंका छ,’ सचिव योगेश भट्टराईले भने– ‘षड्यन्त्रप्रति जनताई सजग गराउन र चुनाव सम्पन्न गराउन हामी दबाबकारी अभियान चलाउाछौं ।’ अघिल्लो सरकारले घोषणा गरेको तहगत निर्वाचनको कार्यतालिकालाई कार्यान्वयन गर्न सरकारले तदारुकता नदेखाएकोप्रति एमालेले आपत्ति पनि जनाएको छ ।
मंगलबारका लागि डाकिएको बैठक भने आवश्यक गृहकार्यका लागि बुधबारसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा केन्द्रीय सचिवालयले केही एजेन्डामाथि थप गृहकार्य गरेर छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने बुझिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply