एमालेले सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्ने
काठमाडौं । नेकपा एमालेले चुनावमा बहुमत हासिल गर्ने संकल्पसहित सम्पूर्ण पार्टीपंंक्तिलाई चुनावी अभियानमा केन्द्रित गर्ने भएको छ । मंगलबार सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्र सुदृढ एकता कायम गर्दै चुनावी अभियानमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशित गरेको हो ।
कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकार देशी–विदेशी शक्तिको इसारामा चुनाव रोकेर संवैधानिक र राजनीतिक रिक्तताको स्थिति सिर्जना गर्ने गम्भीर षड्यन्त्रमा तल्लीन रहेको एमालेको आशंका छ । प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै राष्ट्रिय स्वाधीनतामा आाच पुग्ने गरी नेपालको संविधान संशोधनका लागि भारतसाग गरिएको याचना, स्थानीय तह पुनस्संरचना आयोगको सिफारिसअनुसार चुनावी तयारीमा भइरहेको ढिलाइलगायत सबै प्रकारका षड्यन्त्र भण्डाफोर गर्दै चुनावी अभियानमा केन्द्रित गरिने नेताहरूले बताएका छन् । नयाा सत्ता समीकरणका दलहरूको गतिविधि र नियतले मुलुकमा राजनीतिक र संवैधानिक रिक्तता उत्पन्न हुने खतरा पैदा भइरहेको भन्दै समयमा चुनाव गराउन एमालले गम्भीर ध्यानाकर्षण गराएको छ । संविधानको कार्यान्वयन गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन पूर्वसरकारले प्रस्तुत गरेको मिति र समयमा तहगत निर्वाचनहरू सम्पन्न गर्न र यसका निम्ति आवश्यक कानुनी, प्रशासनिक तथा भौतिक तयारीमा जुट्न वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण गर्ने एमाले स्थायी कमिटी बैठकले निर्णय गरेको छ ।
चुनावलाई लक्षित गर्दै एमालेले पार्टी हित र प्रतिष्ठामा आाच पुग्ने गरी गुटबन्दी र प्यानल गतिविधि सम्पूर्ण रूपमा बन्द गर्न पार्टी पंक्तिलाई कडा निर्देशन दिएको छ । ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न, विद्यमान राष्ट्रिय परिवेश, देश र जनताको हित र चाहना तथा आकांक्षालाई आत्मसात् गर्दै स्थायी कमिटीको यो बैठक निम्नानुसार संकल्प गर्दछ र सम्पूर्ण पार्टी पंक्तिलाई यसैअनुरूप अघि बढ्न निर्देशित गर्दछ ।’ सचिव योगेश भट्टराईले निर्णय सार्वजनिक गर्दै भनेका छन् । पार्टी नेतृत्वको सरकारले राष्ट्रिय हित र समृद्धिका पक्षमा गरेका लोकप्रिय कामको स्वामित्व लिादै एकताका साथ चुनावी अभियानमा योजनाका साथ परिचालित हुन पार्टी पंक्तिलाई निर्देशित गरिएको छ ।
एमाले बैठकले पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरूको तदरुकताका साथ कार्यान्वयन गर्न सार्वजनिक रूपमा प्रतिरक्षा गर्न पार्टी पंक्तिलाई निर्देशित गरेको छ । साथै, पार्टीको प्रतिष्ठा र लोकप्रियतामा आाच पुग्ने किसिमका कुनै पनि गतिविधिहरू नगर्न, बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र संगठनका बैठकहरूमा पार्टी विधान र नियमअनुरूप यथोचित रूपमा छलफल गर्न तथा संस्थागत निर्णयहरू कार्यान्वयन गर्दै वैचारिक र राजनीतिक कामलाई प्राथमिकता दिन विज्ञप्तिमार्फत निर्देशित गरिएको छ ।
केन्द्रदेखि गाउा तहसम्म सुदृढ र व्यवस्थित विशाल सांगठनिक सञ्जाल भएको पंक्ति एमालेमा छ । करिब ३ लाख हाराहारीको संगठित पंक्तिलाई जागृत र चलायमान बनाउने मात्रै होइन, अन्य पार्टीबाट आउन चाहने नेता–कार्यकर्तालाई पार्टी प्रवेशको अभियान चलाउने योजनासम्मका कार्ययोजना एमालेले बनाएको छ । महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवहरू पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र नेता राधाकृष्ण मैनाली नेतृत्वको कार्यदलले पार्टी प्रवेशका लागि वार्ता र समन्वयका साथै जिम्मेवारी व्यवस्थापनको गृहकार्य गर्नेछ । त्यस्तै, कमिटीभित्र रहेका अन्तरविरोधलाई विधि र प्रक्रियामार्फत हल पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय हित र स्वाभिमानका पक्षमा गरेका कामका साथै नीति तथा कार्यक्रम र बजेटमार्फत अघि सारेको समृद्धिका विषयलाई प्रकाश पार्ने, सरकारका जनविरोधी काम, राजनीतिक नियुक्तिको खबरदारी गर्नेसम्मका विषय समेट्ने गरी योजना बनाएर अघि बढ्ने एमालेले तयारी गरेको छ ।
स्थायी समितिले आन्तरिक एकतालाई बलियो बनाउन, कुनै पनि तहका विधि, नीति र पद्धतिलाई अनुशरण गरेर कामको जिम्मेवारी बााडफााट गर्न र पार्टीका कुनै पनि कमिटी र जनसंगठनका निर्वाचनहरूमा प्यानल सूचीका आधारमा निर्वाचन नगर्न कडाइका साथ निर्देशन दिएको छ । ‘कुनै पनि स्तरका कमिटी तथा जनसंगठनका निर्वाचनहरू प्यानल सूचीका आधारमा नगर्ने र उम्मेदवारको योग्यता, क्षमता, योगदान, लोकप्रियता र इमानदारीका आधारमा निर्वाचित हुन सक्ने वातावरण सिर्जना गर्ने,’ निर्देशनमा भनिएको छ– ‘कुनै पनि नेता, कार्यकर्ता र सदस्यलाई कुनै पनि प्रकारको पूर्वाग्रह वा पक्षधरताका आधारमा नभई योगदान, क्षमता, सक्रियता र इमानदारीका आधारमा जिम्मेवारी दिने प्रणाली स्थापित गर्ने ।’
त्यस्तै, वर्तमान सरकार देशभित्र र बाहिरका षड्यन्त्र र माओवादी केन्द्र र उसको नेतृत्वको अस्थिर राजनीतिक चरित्र, पदलोलुपता, उग्र महत्त्वाकांक्षा, अवसरवादका कारण निर्माण भएको विषयलाई समेत अभियानका क्रममा प्रस्ट्याउने एमालेको योजना छ ।
राष्ट्रहितविरुद्ध संविधान संशोधन अस्वीकार्य
रचनात्मक र सशक्त प्रतिपक्षको भूमिकामा अघि बढ्ने आगामी यात्रासमेत स्थायी समितिले स्पष्ट पारेको छ । दक्षिणको ‘रिमोट’मा चल्ने सरकारले मधेसी मोर्चाले उठाउादै आएको तराईमा दुई प्रदेश र अंगीकृत नागरिकताधारीलाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिसहित संवैधानिक अंगका प्रमुख पदमा नियुक्ति पाउने गरी संविधान संशोधनको गृहकार्य थालेको आशंका गर्दै राष्ट्र र जनताको विपक्षमा संविधान संशोधन नहुने स्पष्ट पारेको छ । ‘हाम्रो पार्टी सैद्धान्तिक रूपमा संविधानको संशोधनप्रति सकारात्मक दृष्टिकोण राख्दछ । तर, राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्तावलाई अस्वीकार गर्ने कुरा बैठकले स्पष्ट गरेको छ,’ सचिव भट्टराईले भने ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply