बहुमतको संकल्पसहित एमाले चारमहिने अभियानमा
काठमाडौं । तीनवटै तहका आगामी निर्वाचनमा पार्टीलाई बहुमतसहितको पहिलो शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेकपा एमालेले चार महिने जनपरिचालन अभियान घोषणा गरेको छ । पार्टी कार्यालय धुम्बराहीमा मंगलबार सम्पन्न सातौं केन्द्रीय कमिटी बैठकले कात्तिदेखि माघसम्मका लागि देशव्यापी संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान घोषणा गर्दै त्यस्तो संकल्प गरेको हो ।
सातौं बैठकले बहुमतसहितको पहिलो शक्ति निर्माणका लागि सशक्त, सुढृढ, गतिशील र एकताबद्ध एमाले निर्माणका लागि थुप्रै योजनाहरूसमेत पारित गरेको छ । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहितका शीर्ष नेताहरूले पार्टीलाई एकताका साथ अघि बढाउने गरी पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न छुट्टै १० बुँदे योजना निर्माण गरेका थिए । १० बुँदे उक्त विशेष प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको छ । सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब सिंगो पार्टीपंक्ति संविधान कार्यान्वयनका लागि प्रभावकारी दबाब सिर्जना गर्दै बहुमतसहितको पार्टी निर्माणमा जुट्ने बताए ।
‘संविधान निर्माण र सरकार सञ्चालनमा पार्टी खेलेका नेतृत्वदायी भूमिकालाई स्थापित गर्ने, सरकारमा रहँदा देश र जनताका पक्षमा हासिल उपलब्धिहरू प्रचारित गर्ने, पार्टीको जनाधारलाई अझ व्यापक र सुदृढ गर्ने, संविधान कार्यान्वयन हुन नदिने, राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्ने, सामाजिक सद्भाव खल्बल्याउने र नेकपा (एमाले) का विरुद्ध भइरहेका षड्यन्त्रहरूलाई भण्डाफोर गर्दै संविधानको रक्षा तथा कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्दै सबै तहको निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्ने आधार तयार गर्नु अभियानको मूल उद्देश्य रहेको छ,’ भट्टराईले भने ।
‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूल नाराका साथ सुरु हुने अभियानमा प्रदेश, जिल्ला, क्षेत्र, गाउँस्तरीय भेलादेखि ठूला प्रकृतिका आमसभाका साथै तराई मधेसमा छुट्टै प्रकृतिको अभियानहरूसमेत सञ्चालन हुने बताइएको छ अभियानको कार्ययोजनाअन्तर्गत आगामी कात्तिक १५ गतेभित्र प्रदेश संगठन कमिटी, जिल्ला कमिटी तथा मोर्चाआबद्ध जनसंगठनहरूको बैठक बसीे कार्यक्षेत्रभित्रको अभियानको कार्ययोजना निर्माण गर्ने, जिल्ला, निर्वाचन क्षेत्र, इलाका र शाखा स्तरसम्मका बैठक आयोजना तथा योजना निर्माण गर्ने, जनसंगठनका कम्तीमा निर्वाचन क्षेत्र तहसम्मका बैठक आयोजना तथा योजना निर्माण गर्ने, कात्तिक मसान्तभित्र सातवटै प्रदेशमा पार्टीका अगुवा कार्यकर्ताको प्रशिक्षण भेला आयोजना गर्ने रहेका छन् । त्यस्तै, जिल्ला, निर्वाचन क्षेत्र, इलाका र शाखा स्तरसम्मका भेला तथा प्रशिक्षण, जनसंगठनका कम्तीमा निर्वाचन क्षेत्र तहसम्मका भेला तथा प्रशिक्षण, विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षणहरू कार्ययोजनाहरूमा समेटिएको छ ।
त्यस्तै, पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याहरू स्थानीय तहमै समाधान गर्न ठोस कार्ययोजना बनाउने र लागू गर्ने, अन्तक्र्रिया, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम, बौद्धिक समुदाय, नागरिक अगुवा, अधिकारकर्मी र सञ्चारमाध्यमहरूसँग नियमित रूपमा अन्तक्र्रिया, विचार गोष्ठी र संवाद, केन्द्रीय तहमा पार्टीका केन्द्रीय विभाग, जनसंगठन र सरोकारवाला संघसंस्थाहरूले विचार गोष्ठी, अन्तक्र्रिया तथा छलफल कार्यक्रम, तराई–मधेसका विभिन्न स्थानमा छठको अवसर पारेर बृहत् चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्ने कार्ययोजना बनेको छ ।
सातै प्रदेशमा विशाल प्रकृतिका आमसभा र ¥याली
अभियानका क्रममा १ नम्बर प्रदेशको विराटनगर, २ नम्बर प्रदेशको जनकपुर, ३ नम्बर प्रदेशको काठमाडौं, ४ नम्बर प्रदेशको ंपोखरा, ५ नम्बर प्रदेशको बुटवल र नेपालगन्ज, ६ नम्बर प्रदेशको सुर्खेत र ७ नम्बर प्रदेशको धनगढीमा विशाल आमसभा र ¥याली आयोजना हुने बताइएको छ । त्यसबाहेक हरेक जिल्ला सदरमुकाम र मुख्य सहरमा पनि जनसभा आयोजना गर्ने अभियानको कार्ययोजनामा उल्लेख छ । अभियानमा पार्टी अध्यक्ष नेतृत्वको सरकारको नीति कार्यक्रम तथा बजेट सम्बन्धमा प्रकाशित पुस्तिका र तत्कालीन प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको जवाफका क्रममा दिएको मन्तव्य पुस्तिका, तराई–मधेसबारे पार्टीको नीतिलगायत सन्दर्भ सामग्रीको वितरण गर्न पनि पार्टी पंंक्तिलाई निर्देशित गरिएको छ । विभिन्न जातजाति, भाषाभाषी र भूगोलका जनताको बीचमा सामाजिक एकता र राष्ट्रिय एकता अभिवृद्धि गर्न सद्भाव कार्यक्रम आयोजना गर्ने र ती अभियानबारे बेला–बेला पत्रकार सम्मेलनमार्फत प्रचार गर्ने पनि उल्लेख छ ।
निर्वाचन तयारीमा भएको ढिलासुस्तीको विरोध गर्दै सबै तहको निर्वाचनका लागि जनदबाब सिर्जना गर्ने, नेपाली कांग्रेसको सत्तालिप्सा र राजनीतिक अस्थिरता निम्त्याउने नीतिहरू, नेकपा (माओवादी–केन्द्र) को अवसरवाद र मधेस–केन्द्रित दलहरूका संकीर्णता तथा राष्ट्रिय एकतालाई कमजोर पार्ने गतिविधिबारे आमजनतालाई स्पष्ट पार्नेलगायतका काम पनि अभियानमा सम्पन्न गरिने कार्ययोजनामा उल्लेख छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply