चुनाव हुन्छ भनेर ढुक्क हुने अवस्था छैन
अन्ततः सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ, त्यो स्वागतयोग्य छ । हामी आफैंले पनि चुनावको मिति छिटो घोषणा गर्न बारम्बार आग्रह गर्दै आएका थियौं । मिति घोषणा भइसकेपछि पनि चुनाव हुन्छ कि हुँदैन भन्ने दुविधा जनमानसमा व्याप्त छ । राज्य बलियो भइदिए, राज्यको उपस्थिति देखाउन सकेको भए चुनाव गर्न नसक्ने भन्ने कुनै कुरै छैन । कस्ता–कस्ता संकटका बेला पनि चुनाव भएकै हुन् । पहिले माओवादीको त्यत्रो जनयुद्धका बेला पनि चुनाव भएकै हो । पछिल्लोपटक मोहन वैद्य नेतृत्वको माओवादीले बहिष्कार गर्दा पनि चुनाव भएकै हो । तर, मुख्य कुरा राज्यसँग चुनाव गर्ने इच्छाशक्ति नै भएन । त्यसैले आलटाल भएको हो । दुईचारजना मान्छेले चुनाव हुन दिन्नौं भनेकै भरमा तिनीहरूको पछि लागेर चुनाव २० वर्षसम्म त भएन नै अब कति वर्ष नगर्ने ?
समस्या नआउने भन्ने हुँदैन, अलिक–अलिक समस्या आउँछन् । समस्यादेखि भाग्ने हो भने राज्य केका लागि त ? सरकार केका लागि ? अहिले चुनाव घोषणा पनि राज्यको इच्छाशक्तिले भएको होइन, दबाबले भएको हो । जबर्जस्त ढंगको प्रतिपक्षको दबाब, नागरिक समाजको दबाब थेग्न नसकेर मिति घोषणा भएको हो, सरकारले चाहेर घोषणा गरेको होइन । तर, मिति घोषणा भए पनि चुनाव हुने कुरामा अझै शंका छ । चुनावलाई रोक्का अझै अनेक आलटाल गर्ने, बहाना बनाउन सक्ने हुन सक्छ । किनभने, यस्तो विगतमा पनि हामीले देखिभोगिसकेका छौं । दुईचोटि चुनाव घोषणा गरेर, फेरि नसक्ने भन्दै स्थगित गरिएको विगत हामीसामु ताजै छ । त्यसकारण, घोषणा भयो, चुनाव हुन्छ भनेर ढुक्क हुने अवस्था छैन । मिति घोषणा भयो, अब यसलाई निर्वाचनमा लैजानका निम्ति सबै पक्षबाट वातावरण बनाउनुपर्छ । चुनाव गराउने ट्र्याकमा सरकारलाई लैजानुपर्छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन नागरिक समाजले, प्रतिपक्षले सरकारलाई खबरदारी गरिरहनुपर्छ । खबरदारी गरेन भने बिस्तारै–बिस्तारै वातावरण बिग्रँदै जाने खतरा हुन्छ । किनभने, चुनाव हुन नदिने, वातावरण विगार्ने अनेकथरी तŒव छँदै छन्, यस्तो बेला खबरदारी गर्न छाडियो भने वातावरण बिग्रियो भनेर सरकार पछाडि हट्न सक्छ ।
मधेसका आन्दोलनकारी भन्ने गरिएको छ, तर आन्दोलन कहाँ भएको छ, थाहा छैन । कोठामा बसेर आन्दोलनको धम्की दिएकै भरमा सरकारले निर्वाचनको पक्षमा काम नै नगर्ने भन्ने पनि हुँदैन । खासगरी अहिले मधेसका आठ जिल्लालाई समस्याका रूपमा चित्रण गर्ने गरिएको छ । तर, बाँकी ६७ जिल्लामा केही समस्या छैन । तराईका आठ जिल्लाका पनि राजमार्गका छेउछाउमा कुनै समस्या छैन । समस्या छ भने पनि तराईका केही कोर क्षेत्रमा मात्र हुन्छ । त्यसमा पनि राज्यको चुनाव गराउने इच्छाशक्ति भयो भने असम्भव भन्ने हुँदै हँुदैन । साँच्चै सुरक्षा थ्रेट हुँदा दुई वा तीन चरणमा गरेर भए पनि चुनाव गर्न सकिन्थ्यो, त्यसो गर्दा कुनै असहजता हुँदैनथ्यो ।
आयोगले जे प्रतिवेदन दिएको छ, त्यसलाई लागू गरेर चुनावको मिति घोषणा गर्न हामीले माग गरेका थियौं । यसो भन्दैमा त्यो प्रतिवेदन सच्चाउनै नमिल्ने भन्ने होइन । सरकारले सच्याउन, बेला–बेलामा परिमार्जन गर्न सक्छ, तर एउटा निर्वाचनपछि । हिजो पनि निर्वाचन क्षेत्रका संख्या घटाउने काम मन्त्रालयले नै गरेको हो । ५८ वटा नगरपालिकालाई २ सय १७ बनाउँदा त्यो कमिटीमा म आफैं पनि थिएँ । मन्त्रालयले कमिटी बनाएर थप गर्ने, मर्ज गर्ने काम नेपाल सरकारले चाह्यो भने गर्न सक्छ । तर, पहिलो चरणमा त्यो रिपोर्टलाई सरकारले ग्रहण गर्नुपर्छ । ग्रहण गरिसकेपछि एउटा च्याप्टर बन्द हुन्छ । त्यसपछि प्राविधिक कुरा मिलाउन नसक्ने भन्ने होइन । तर, अहिले जे गरिरहेको छ, त्यो बेठीक छ ।
स्थानीय तह पुनःसंरचना आयोगले आफ्नो काम सम्पन्न गरेर प्रतिवेदन बुझाइसकेको छ । त्यो प्रतिवेदलाई दोहो¥याएर आयोगमा पठाइयो भने पनि हामी जस्ताको तस्तै फिर्ता पठाउनेवाला छौं । त्यसमा कुनै तलमाथि, थपघट आयोगको तर्फबाट हँुदैन । सरकारले अहिले त्यो प्रतिवेदनलाई लिएर जे गरिरहेको छ त्यो असंवैधानिक काम भइरहेको छ, त्यो संविधानसम्मत छैन । आयोगले प्रतिवेदन बुझाइसकेपछि स्वतः त्यो प्रतिवेदन लागू हुने र पुराना संरचनाहरू रहनेछैनन् भनेर संविधानमै व्यवस्था गरिएको छ । म्याद थप्ने, कार्यदल बनाउनेलगायतका जति काम भएका छन्, ती असंवैधानिक काम भइरहेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply