राष्ट्रियता र एमालेविरुद्धको मोर्चाबन्दी
यो विविधतायुक्त देशमा राष्ट्रिय एकता धेरै महŒवपूर्ण विषय हो । त्यसलाई हामीले उठाउन चाहेका हौं । भावनात्मक रूपमा सामाजिक सद्भाव, राष्ट्रिय एकतालाई सबल बनाउने दिशामा देशमा गम्भीर बहस र एक प्रकारले भन्ने हो भने तानातानको अवस्था रहिरहेको परिस्थितिमा हामी निर्वाचन गर्दै, लोकतन्त्रलाई सुदृढ गर्दै, राष्ट्रिय भावनालाई मजबुत गर्दै, राष्ट्रिय स्वाभिमानलाई माथि उठाउँदै, राष्ट्रिय एकतालाई सुदृढ गर्दै समृद्धिको बाटोमा अघि बढ्न चाहन्छौं । त्यस कुराका विरुद्ध लाजै नमानी साम्प्रदायिक कुरा गर्ने, साम्प्रदायिक पार्टी खोल्ने, साम्प्रदायिक नारा लगाउने तŒवहरूले विभिन्न ढंगले भ्रम फिजाउने काम गरेका छन् । त्यस्ता तŒवहरूले राष्ट्रिय एकताका पक्षधर हामीलाई तराई र पहाडका बीचमा मधेस सिर्जना गरेर दूरी बढायो भन्ने उल्टो आरोप लगाउँछन्, जसको पार्टी नै विद्वेषमा आधारित छ, विद्वेषमा जन्मेको छ । जसको पार्टी नै क्षेत्रीय धारणा, क्षेत्रीय तुष, वैमनश्यजस्ता कुरामा आधारित छ ।
त्यस्ता कुरामा आधारित भएर नजन्मेकाहरूले पनि राजनीतक स्वार्थवश एमालेमाथि आरोप लगाउने गरेका छन् । पछिल्लो समय नेपाली कांग्रेसका प्रमुख नेताहरूको भनाइ पत्रपत्रिकामा हेर्ने हो भने पनि एमालेका कारण देश अनिर्णयको बन्दी भयो भनेका छन् । त्यसलाई कि त अदना, बबुरा तर्क भन्नुपर्छ कि बेइमानी भन्नुपर्छ । कि कांग्रेसका नेताले यति पनि बुझेका रहेनछन्, ‘अदना’ भन्नुप¥यो कि बेइमान भन्नुप¥यो । तर, बेइमानी भए पनि देशका लागि दुःखद कुरा हो । यस्तो अवस्थामा राष्ट्रियता, राष्ट्रिय एकताको सवालमा, लोकतन्त्रलाई सुदृढ गर्ने सवालमा र समृद्धितर्फ अगाडि बढ्ने विषयमा एमालेले दृढताका साग अगुवाइ गर्नुपरेको छ । अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा एकथरी तŒवहरू नेकपा (एमाले) लाई एक्ल्याउने भनेर हिँडेका छन् । त्यसभित्र पनि केपी ओलीलाई एक्ल्याउने भन्दै छन् । केपी ओलीलाई त निजी विषयमा केही सरोकार छैन, यो कुनै अर्थको विषय होइन, तर यसको पछाडिको उद्देश्य भनेको एमालेलाई एक्ल्याउने अर्थात् राष्ट्रियताको प्रश्नलाई कमजोर बनाउने, लोकतन्त्रको सुदृढीकरणलाई कमजोर बनाउने, सामाजिक सद्भाव खल्बल्याउने र हाम्रा समृद्धिका सवालहरूलाई गोलमाल गर्ने प्रयासहरू जोडिएका छन् । यी सबै कुराको स्पष्टता एमालेले राख्नु छ । यी सबै कुराको रक्षा एमालेले गर्नु छ र अगाडि बढाउनु छ ।
त्यसकारण, यो महŒवपूर्ण निर्णय गर्ने बेला हो । यो निर्णय अरूले होइन, एमालले गर्नुपर्नेछ । एमाले पार्टीहरूबीचको एउटा प्रमुख पार्टी हँुदै हो । एमाले पार्टीहरूबीच एउटा पार्टी अर्थात् सरदर पार्टी हुने कि एमालेलाई एक्ल्याउने नीतिलाई जवाफ दिने ? एक÷एक किलो गरी चार किलो को ढक एकातिर राख्दा भन्दा एकमुष्ट पाँच किलोको एउटा ढक बढी वजनदार हुन्छ । एमाले एक÷एक किलोका ढकहरूको सरदर कारोबारमा सीमित हुने कि अरू चार ढक एकातिर भए पनि एक किलो आफू बढी हुने गरीे भिन्न मजबुत राष्ट्रिय लोकतान्त्रिक शक्तिका रूपमा, सुदृढ जनशक्तिका रूपमा, कसैले हल्लाउन नसक्ने शक्तिका रूपमा प्रस्तुत गर्ने ? यस देशको भूगोलको, जनसंख्याको जस्तो बनावट छ, यस भूगोलमा यो जनसंख्यालाई लिएर हामीले लोकतान्त्रिक प्रणाली, सुदृढ राष्ट्र, एकताबद्ध राष्ट्र र समृद्ध राष्ट्रको संकल्पलाई अब व्यावहारिक रूपमा लैजानका निम्ति एमालेले निर्णय गर्नुपर्ने बेला छ । हामी चुनौतीहरू स्विकार्न तयार छौं । खेलमा खेलाडीहरूले ‘आऊआऊ’ भन्दै हातको इसारा गरेजस्तै एमालेले पनि हातले ‘आऊआऊ’ भन्दै इसारा गर्नुपर्ने बेला छ । एमाले कति साह्रो सशक्त रहेछ भने एमालेको ज्योति तराईमा पर्न हुन्न भनेर व्यवधान गरिन्छ । किनभने, त्यहाँ ज्योति पर्नेबित्तिकै, एमालेको प्रकाश तराईमा गएपछि त्यहाँको अन्धकार खत्तम हुन्छ । त्यहाँ फिँजाउन खोजिएका भ्रम ध्वस्त हुन्छन् । त्यहाँका जनता सचेत हुन्छन् र एकताबद्ध भएर राष्ट्र निर्माणको काममा अगाडि बढ्छन् । त्यसकारण, आतंकित छन् ।
कसको नीति के छ ? हामी प्रश्न गर्न चाहन्छौं । लोकतन्त्रको व्यावहारिक कार्यान्वयन एमालेको नीति हो । एमाले लोकतन्त्रलाई राजनीति र सामाजिक व्यवहारका रूपमा स्थापित गर्न चाहन्छ । कांग्रेस के भन्छ ? माओवादी के भन्छ ? अहिलेको सरकार के भन्छ ? हामी खुलस्त बहस गर्न चाहन्छौं । हामी राष्ट्रिय हितको रक्षा, संवद्र्धन गर्न चाहन्छौं । राष्ट्रको स्वाभिमान उठाउन चाहन्छौं । हामी स्वाधीनता र सार्वभौम सत्ताको कुरा गरिरहेका छांै, भौगोलिक अखण्डताको कुरा गर्छौं । कांग्रेस, माओवादी र अहिलेको सरकार यी प्रश्नहरूमा के भन्छ ? आऊ तर्कपूर्ण बहसमा । यत्तिकै भ्रमपूर्ण कुरा गर्ने । एमालेले गर्दा अनिर्णयको बन्दी भयो भनेर यत्तिकै ट्याउट्याउ भाषण गर्नुको केही अर्थ छैन । हामी सामाजिक सद्भावको पक्षमा छौं । तर, मधेसी र पहाडे भनेको छ, जाति÷जनजाति भनेको छ, आदिवासी भनेको छ । एउटाको विरुद्ध अर्कोलाई भड्काएको छ, घृणा फैलाएको छ, झैझगडा लगाउन खोजेको छ । सबैलाई अधिकार, सुरक्षा, सम्मान र अवसरमा आधारित हाम्रा सामाजिक सद्भाव हुनुपर्छ भन्छौं । यो सामाजिक सद्भावमा उहाँहरूको भनाइ के छ ? आउनुस्, बहस गरौं । तर्क छैन, लाजशरम पचाएर, झूट र बेइमान कुरा गरेर हिँड्नु शोभनीय हुँदैन । हामी राष्ट्रिय एकताको पक्षमा छौं । एउटा भूगोल विशेषमा घृणा फैलाउने काम हुन सक्दैन । मन नपरेका कुरा हिंसात्मक र अपराधपूर्ण ढंगले अस्वीकार गर्ने र वितण्डाकारी ढंगले राजनीति गर्छु भन्ने कुरा लोकतन्त्रमा स्वीकार हुन सक्दैन । एमाले यी नीतिसँग कांग्रेस के भन्छ ?
निर्वाचनको मिति घोषणा भइसकेपछि कहिले रकमान्तर गरेर मनपरी गरेको छ । स्थानीय तहहरू वृद्धि गरेको छ । स्थानीय तहको सीमांकन फेरबदल गरिएको छ । कर्मचारीहरूको सरुवा गरेको छ । यसप्रकारका काम गर्दै जान पाइन्छ कि पाइँदैन ? खुलेआम धाँधली गर्न पाइन्छ कि पाइँदैन ? अरू त कुरा छाडौं, लाजमर्दो कुरा, महान्यायाधिवक्ताको कुर्सीमा बसेर एउटा उग्रपन्थी व्यवहार गरिएको छ । कुनै उग्रपन्थी पार्टीको हुल्याहा कार्यकर्ता हो कि महान्यायाधिवक्ता ? आफ्नो पद र ओहदाको पनि मर्यादा छैन, जथाभावी बोलिएको छ । त्यति साह्रो स्वतन्त्र रहने मान्छे महान्यायाधिवक्ताजस्तो पदमा बस्न सुहाउँदैन । त्यो त सरकारको राजनीतिक सल्लाहकार हो । विभिन्न ढंगले गलत सुझाव दिइएको छ । निर्वाचन आयोगलाई गलत सुझाव दिएको छ । असमयमा, सोधीखोजी नगरी अरूका विधानहरू चलाउन लगाएको छ । विवाद खडा गरेको छ । यो सबै केका लागि ? निर्वाचन नगराउनका लागि हो कि ? भित्रभित्रै यस प्रकारका गतिविधि गर्ने काम भएका छन् । त्यसकारण, सरकारका सबै निकायहरूले आफ्नो थान्कामा बसेर कानुनी मान्यता र सिद्धान्तअनुसार काम गर्नुपर्छ । आफूले भनेको अनुसारको न्यायाधीश राखेर आफूले जित्ने खालको बेन्च बनेन, त्यसकारण बहस नगर्ने रे ? संसारमा कसैले कहीँ यस्ता कुरा सुन्नुभएको छ ? यहाँको महान्याधिवत्ता झन्डा लिएर अगाडि जान्छन् अदालतका विरुद्ध । यसप्रकारका गैरजिम्मेवार प्रवृत्तिहरू अनिष्टका संकेत हुन् । अपरिपक्वताका संकेत हुन् । के चलाउँछन् यस्ताहरूले देश ? पद र ओहदाको मर्यादा र गरिमासम्म नराख्नेले के चलाउँछन् ? यी कुराको सन्दर्भमा सरकार समयमै गम्भीर होस् ।
यसैगरी, देश समृद्धितर्फ जान सक्दैन । हामीले संवैधानिक र राजनीतिक प्रक्रियाहरूलाई अविलम्ब स्थिरता र स्थायित्वतर्फ लाने र त्यसका लागि चुनावको माध्यमबाट संक्रमणकाल टुंग्याउने नै एक मात्र बाटो हुन सक्छ । त्यो काम गरेर समृद्धिको बाटोमा जानुपर्छ । हामीले लामो संघर्ष गरेर अधिकारहरू प्राप्त ग¥यौं । कठिनाइका बीच संविधान जारी गरेर त्यसलाई संस्थागत ग¥यौं । अब ती उपलब्धिहरूलाई बिगार्न, तिनलाई अस्वीकार गर्ने प्रयासहरू विभिन्न कोणबाट भइरहेका छन् । एमाले यी सबै कुरामा स्पष्ट छ । समानता र पारस्परिक लाभका आधारमा मैत्रीपूर्ण रूपले छिमेकीसँगको सम्बन्ध बढाएर लानुपर्छ । एकातिर ढल्कने होइन । यसमा उहाँहरूको भनाइ के छ ? नेपालले स्वाभिमानका साथ चल्ने होइन भन्ने हो कि ? वा, के कुरामा एमालेसँग मतभेद छ ? परराष्ट्र मन्त्रालयले केही समयअघि समान विदेश नीति बनाउनका लागि भन्दै नाम मागेको थियो । जसले परराष्ट्र मामिला भन्ने कुरा नै बुझेको छैन, त्यस्तासँग बसेर के छलफल गर्नु ? म भन्न चाहन्छु– एमालेका नीतिहरू थपक्क मान्नुस्, त्यही हो राष्ट्रिय नीति । त्यही हो, राष्ट्रको साझा सहमतिको नीति । एमाले राजनीतिक, सामाजिक, वैचारिक, आर्थिक सबै हिसाबले अरू सबैभन्दा एडभान्स्ड, मोडर्न, प्रोग्रेसिभ, जनपक्षीय पार्टी हो । सबैभन्दा लोकतन्त्रप्रति निष्ठावान् पार्टी हो
। त्यसकारण, यसका नीतिअनुसार देश अगाडि बढ्नुपर्छ । हामीलाई घेराबन्दीमा पार्न खोजिएको छ । त्यो घेराबन्दी किन गर्नुप¥यो ? यसकारण कि एमाले मजबुत नभएको भए कसले वास्ता गथ्र्यो ? सबैको मनमा ढ्यांग्रो बजेको छ– स्थानीय चुनावमा के होला ? म भन्न चाहन्छु, एमालेले जित्छ, अब के गर्नुहुन्छ ? उहाँहरूसँग केही उपाय छ र ? यो त यही हुनु थियो । यसकारण, उहाँहरू आत्तिनुभएको छ र मोर्चाबन्दी गर्न खोज्दै हुनुहुन्छ । नेपालको संसद्का अहिलेको बनावट नेपाललाई अगाडि बढाउन उपयुक्त छैन । पहिलेको बनावट त झन् यति अनुपयुक्त थियो कि जसले संविधान बन्न नदिएर समाप्त पारिदियो । ५÷६ वर्षको समय खेर फालिदियो । संविधानसभाको दोस्रो निर्वाचनले अलिकति उपयुक्त बनाएको छ । तर, आज पनि राम्रो काम गर्ने, देशभक्त पार्टी सरकारमा जान पाउँदैन । विकास गर्ने पार्टी सरकारमा बस्न पाउँदैन । आयातीत एजेन्डा र स्वार्थका भारी बोकेर, अर्काले बनाइदिएका मोर्चा सरकारमा बस्छन् । यो अनुपयुक्त छ । यसको औषधि भनेको आगामी निर्वाचनमा यस अनुपयुक्ततालाई पूर्ण उपयुक्त बनाउने हो । एमालेको साथमा प्रस्ट बहुमत अबको आवश्यकता हो । यो देशलाई अगाडि बढाउने कुराको आवश्यकता हो ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply