राजनीतिका नाममा अपराध एमालेले सहँदैन
यो देशलाई अगाडि बढ्न नदिनका लागि अनेक प्रकारका जालझेल र षड्यन्त्र भइरहेका छन् । स्थानीय तहमा जनप्रतिनिधि नभएको १५ वर्ष भइसक्यो, निर्वाचन नभएको १९ वर्ष भइसक्यो । देशमा बल्ल निर्वाचनको मिति घोषणा गराइएको छ, तर निर्वाचन नै हुन दिन्नौं भनेर कुदिरहेका छन् । केही दिनपहिले मात्र ३२ वटा पार्टी भन्दै ३२ जना लिएर एकजना पण्डितजी कुदिरहेका थिए । उनको घरमा झगडा प¥यो कि के भयो, निर्वाचन हुन दिन्नौं भनेर सडकमा निस्केका छन् । घरको झगडा देशलाई नबोकाऊ, कमसेकम देशलाई अगाडि बढाऔं । कोही गरिब जनतालाई संविधानले अधिकार दिएन भन्न सिकाइरहेका छन् । झूटा कुरा फैलाइरहेका छन् । यो संविधान जनताका अधिकार र अवसरको पाटोमा कुनै कमी छैन, तर सुशासन, सुव्यवस्थाको पक्षमाा अलिकति अप्ठ्याराहरू छन् । हामीले स्थानीय तहहरू बनाएका छौं । स्थानीय तहमा एउटा इन्जिनियर, एउटा ओभरसियर वा सबइन्जिनियर, एउटा डाक्टर राखिदिएर के यसको उन्नति होला ? एकीकृत विकासका ढाँचालाई कसरी लैजाने ? पारस्परिक सहयोग कसरी लिने ? एउटै इन्जिनियरले सबै चीज गर्न सक्दैन । एउटै डाक्टरले सबै गर्न सक्दैन । गानो हेरोस् कि, गला हेरोस् कि, टाउको दुखेको हेरोस् कि, कम्मर दुखेको हेरोस् कि…। त्यसकारण, यी कुराहरूलाई उचित व्यवस्था कसरी गर्ने ? हामीले राज्यको पुनःसंरचनाको सन्दर्भमा भोलि पनि अझ व्यवस्थित ढंगले नेपाललाई विकसित गर्न राजनीतिक दलहरूले र सरकारले सोच्नुपर्छ । तर, आज देशका बारेमा सोच्ने पार्टी जम्मा एउटा मात्र छ, त्यो नेकपा (एमाले) हो । पहिले नेपाली कांग्रेस थियो, तर अहिले नेपाली कांग्रेस बूढो बाह्रसिङेजस्तो भएको छ । उसको सिङ झाडीमा अल्झेको छ । के गर्ने, कांग्रेसलाई थाहा छैन ।
अहिले सरकारलाई कता जाने भन्ने नै थाहा छैन । आईजीपी खाली छ, नियुक्त गर्न सक्दैन । महालेखापरिक्षक खाली छ, नियुक्त गर्न सक्दैन । अख्यितारको प्रमुख आयुक्त पद खाली छ, नियुक्त गर्न सक्दैन । स्ववियु चुनाव जहाँ–जहाँ हार्ने देखिन्छ, त्यहाँ कांग्रेसले गर्न दिँदैन । अमेरिकामा हारोस् कि जितोस्, चुनाव गराए । ट्रम्पले जिते, ओबामाको पार्टीले हा¥यो, चुनाव गराए । हार्ने भए पनि चुनाव गराउँछन्, अर्को पटक जित्ने तयारी गर्छ, यदि राजनीतिक पार्टी हो भने । तर, यहाँ हारिन्छ भने स्ववियुको पनि चुनाव हुन दिइँदैन । कांग्रेसका नेता–कार्यकर्तालाई देशप्रतिको माया छ, उनीहरू देशभक्त छन्, तर टाउकेहरूले अर्कैथोक गरिदिन्छ । देशप्रति माया भएका उनीहरू टाउकोमा हात लगाएर घरमा बसेका छन् । ती साथीहरूलाई म भन्न चाहान्छु, टाउकोमा हात लगाएर बस्नुपर्दैन । अर्को विकल्प नभएको भए पो चिन्ता गरेर, टाउकोमा हात लगाएर बस्नु । यहाँ त देशलाई माया गर्ने पार्टी एमाले छ । आउनुस्, एमाले ठूलो बनाउन होइन, देश ठूलो बनाउन आउनुस् । माओवादीको सम्बन्धमा त केही भन्न आवश्यक छैन । एमालेलाई कसरी रोक्ने, एमालेलाई कसरी हराउन सकिएला भनेर सबै पार्टीका केन्द्रीय कमिटीका बैठकहरूमा छलफल हुने गरेको छ । एमालेलाई हराउन सकिन्न, के गर्ने होला भन्ने चिन्ता छ । यसको सबैभन्दा सजिलो तरिका छ, चुनावै नलड्ने । निर्विरोध छाडिदिने, एमालेले बनाउँछ देश । लड्न इच्छा छ लड्नुस् । उहाँहरू भन्दै हुनुहुन्छ, सबै मिलेर लड्नुपर्छ, नत्र एमालेलाई सकिँदैन । मिल्नुस्, अरू उपाय छैन । सबै मिल्नुस्, एमालेसँग लड्नुस् तर देशका विरुद्ध के नीतिका साथ तपाईं अगाडि आउँदै हुनुहुन्छ ? देशका लागि बोल्दै हुनुहुन्छ कि हुनुहुन्न ? देशका लागि लड्दै हुनुहुन्छ कि हुनुहुन्न ? सवाल यो हो । म आग्रह गर्न चाहन्छु, तपाईंहरू देशका निम्ति बोल्नुपर्छ, देशका निम्ति लड्नुपर्छ ।
विकासका निम्ति अगाडि बढ्ने सन्दर्भमा एमालेका नीतिहरू धेरै स्पष्ट छन् । एमाले कसैप्रति वैरभाव राख्दैन । लोकतान्त्रिक अभ्यास र प्रतिस्पर्धा स्वस्थ ढंगले गर्न एमाले तयार छ । अरूजस्तो यो ठाउँमा अरूलाई आउनै दिन्न, बोल्नै दिन्न एमाले भन्दैन । जुनसुकै पार्टीले पनि भोलि यहीँ ठाउँमा कार्यक्रम गर्नुस्, योभन्दा ठूलो कार्यक्रम गर्नुस् । हामीलाई आपत्ति छैन । तर, यो कुरा सम्भव छैन भन्ने अरू पार्टीलाई थाहा छ । एमाले जनता अल्मल्याउन गइरहेको छैन । यो देश जाति, जनजाति, आदिवासी, थारू, मधेसी, राई, लिम्बू, क्षत्री, बाहुनहरूको साझा देश हो । यो सबैको साझा देशलाई हामीले त्यसरी नै साझा ढंगले समृद्ध बनाउनुपर्छ । सबै जनतालाई अधिकारसम्पन्न बनाउन, सबैलाई अवसर दिन हामीले आरक्षणको पनि व्यवस्था गरेका छौं । भ्रम फिजाइएको छ । संविधान हतारमा जारी गरियो । फास्ट ट्र्याकबाट जारी गरियो, तर होइन । हामीले साढे पाँच वर्षभन्दा बढी संविधानमा छलफल गरेर पारित गर्ने सन्दर्भमा पनि लोकतान्त्रिक ढंगले जनताका बीचमा पुु¥याएर बुदा–बुँदा, धारा–धारा, दफा–दफा छलफल गरेर पारित गरिएको हो । कसैलाई कुनै प्रकारको भेदभाव यस संविधानमा छैन । नेपाली जनतालाई अझ अधिकारसम्पन्न बनाउनका लागि, नेपाललाई अझ समृद्ध बनाउनका लागि कुनै ठाउँमा यदि संशोधन आवश्यक छ भने हामी संविधान संशोधन गर्न सक्छौं । संविधान संशोधनीय दस्तावेज हो । तर, कुनै आवश्यकता नभएको, सम्बन्ध नै नभएको, कसैको निर्देशनमा नेपाललाई कमजोर पार्ने गरी, नेपालका हितलाई कमजोर पार्ने गरी संविधान संशोधनको एउटा नाटक गर्न खोजिएको छ । यो कुरा एमालेलाई मन्जुर हँुदैन । नेपाली जनतालाई मन्जुर हुँदैन ।
एमालेले भखैरै मेची–महाकाली अभियान सञ्चालन ग¥यो । २५–३० किलोमिटर लामा जुलुस, ¥यालीहरू इतिहासमा कहिल्यै पनि भएका थिएनन्, तर यसपटक एमालेले गरेको छ । हजारौं गाडीहरू, दसौं हजार मोटरसाइकल एकैपटक चल्ने यस्तो ¥याली । कैयौंले सोधे, यत्रो खर्च कहाँबाट आयो ? मैले भने, ‘र्याली जहाँ पुग्यो, त्यहिका जनताले बस्ने, खाने व्यवस्था गरेको दुनियाँले देखेका छन् ।’ हामीले एउटा महान् अभियान पुरा ग¥यौं । मैले पहिल्यै भनेको थिएँ, यो अभियानको तस्बिर क्यामेराले लिन सक्दैन, ड्रोनले लिन पनि सजिलो छैन, स्याटलाइटले लिनुपर्छ । २५–३० किलोमिटर लामा ¥यालीहरूको फोटो अन्तबाट खिच्न सकिन्न, स्याटलाइबाटै खिच्नुपर्छ । हाम्रो कार्यक्रमको पूरा फोटो हामीसँगै छैन । त्यो स्याटेलाइटवालाहरूसँग मागे होला, गुगलमा खोज्यो भने पाइएला । त्यस प्रकारका कार्यक्रम एमालेले मात्र गर्न सक्थ्यो, एमालेले नै गर्यो । अरूले सक्दैनथे । एमालेलाई काउन्टर गर्न हिमाल, पहाड, तराईको कार्यक्रम गर्न भनेर एकजना कुदेको देखियो, माया लाग्यो । नक्कल गर्नु एउटा कुरा हो । सुगाले ६ महिना लगाएर सिक्दा गोपीकृष्ण कहो मात्र सिक्छ । सबै कुुरा बोल्दैन । उहाँहरूले सिक्ने सीमा छ एमालेसँग । त्यसैकारण, एमालेलाई अवरोध गर्ने, एमाले जहाँ पुग्छ, त्यहाँ बन्दका कार्यक्रम गर्ने, जनतालाई दुःख दिने, सहभागी हुन आउने जनतालाई आक्रमण गर्ने गतिविधि भए । त्यो दुःखद कुरा हो । अभियान सकिएपछि पनि एमाले कार्यकर्ताहरूमाथि, एमाले कार्यकर्ताका पुस्तौनी घरहरूमाथि आक्रमण भए । राजनीतिक पार्टीका नाममा एमालेलाई घरमा बस्न नदिने आपराधिक गतिविधि चलिरहेका छन् । मैले सरकारलाई पनि भनेको छु– एक हदसम्म त हामी सहन्छौं, तर एमालेका घर जलाइरहने, एमालेका कार्यकर्ता मारिरहने, एमालेका मानिसमाथि हमला भइरहने भयो भने एमाले सहिष्णुता भनेर सधैं चुपचाप लागेर बस्दैन । म सरकारलाई भन्न चाहन्छु– राजनीतिक प्रतिस्पर्धा स्वीकार्य छ । राजनीतिका नाममा अपराध एमालेले सहँदैन । अपराध बन्द गर्नुपर्छ । सरकारमा बसेर अपराध गर्ने, मान्छे मराउने अनि एमालेमाथि झूटो आरोप लगाउने प्रयासहरू भइरहेका छन् । एमालेको संकल्प भनेको देश बनाउने हो ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply