मन्त्रीको दबाब थेग्न नसकेपछि मालपोत प्रमुखले दिए राजीनामा
काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको दबाब थेग्न नसकेपछि भक्तपुर मालपोत कार्यलयका प्रमुख चन्द्रमणि अर्यालले राजीनामा दिएर हिँडेका छन् । उनले गत साता नै राजीनामा दिएका हुन् । अचम्म त के छ भने त्यहाँ अरू कर्मचारी पनि प्रमुख भएर जान नमानेपछि त्यही कार्यरत अधिकृत अरुणोदयमान रञ्जितलाई कामुको जिम्मेवारी दिइएको छ ।
साबिक दुवाकोट गाविसमा रहेको ८ ‘क’ कित्ता नं. ४७ बाट कित्ताकाट भई कायम भएका कित्ता नं ४३१ को ६ आना, कित्ता नं. ४३२ को ८ आना, कि नं. ४३३ को ८ आना, कि नं. ४३४ को ६ आना, कि नं. ४४५ को ८ आना, कि नं. ४५२ को ८ आना, कि नं. ४७९ को ५ आना, कि नं. ४४१ को ८ आना, कि नं. ४४४ को ८ आना, कि नं. ४५१ को ९ आना, कि नं. ४५३ को १ रोपनी १५ आना, कि नं. ४६८ को ६ आना २ पैसा, कि नं. १२१८ को ४ आना, कि नं. १२२२ को १० आना २ पैसा, कि नं. १२२४ को १ आना ३ पैसा, कि नं. १२२७ को ७ आना ३ पैसा गरी २० रोपनीभन्दा बढी जग्गा सरकारी हो भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० सालमा पत्र लेखेपछि मालपोत कार्यलय भक्तपुरले रोक्का राखेको थियो ।
जग्गा रोक्कापछि मालपोत कार्यलय भक्तपुरलाई समेत विपक्षी बनाई काठमाडौं महानगरपालिका–६ का खड्गनारायण प्रधानलगायतले सो जग्गा सरकारको नाममा नभई आफूहरूको नाममा भएको भन्दै अदालतमा मुद्दा दिएका थिए । सर्वोच्च अदालतले २०७३ भदौ ८ मा प्रधानलगायतकै पक्षमा फैसला गरिदियो । त्यो बेला प्रधानन्यायधीश सुशीला कार्की थिइन् । फैसला पछि फैसला कार्यान्वयन एकाइले पटकपटक सो जग्गा व्यक्तिका नाममा दर्ता गर्नू भन्ने पत्र मालपोत कार्यलय भक्तपुरलाई पठाउँदै आएको थियो । तर, अख्तियारले सरकारी भनेको जग्गा अदालतले के कारणले फैसला ग¥यो भन्दै तत्कालीन मालपोत प्रमुख अर्यालले व्यक्तिका नाममा दर्ता गर्न मानेनन् । तर, मन्त्री अर्यालले पटकपटक दबाब दिएपछि उनी जागिरबाटै राजीनामा गरेर हिँडेका हुन् । मन्त्रीको चर्को दबाबका पछि यसबाट मन्त्रीलाई पनि लाभ हुने प्रस्ट देखिन्छ ।
अर्याल राजीनामा गरेर हिँडेपछि उपसचिव गोपाल गिरीलाई पठाउने तयारी गरे पनि उनी त्यहाँ जान मानेनन् । डिल्लीवजार मालपोत प्रमुख हुँदा हाँडीगाउँको पाँच रोपनी सरकारी जमिन व्यक्तिका नाममा दर्ता गरेपछि सो वडाका अध्यक्ष अच्यूत सापकोटाको नेतृत्वको टोलीले उनलाई कालोमोसो दलेको थियो । अब भक्तपुर प्रमुख भएर जाँदा मन्त्रीको दबाबमा उक्त काम गर्नुपरे फेरि कालो मोसो दलिनुपर्ने डरका कारण उनी जान नमानेको बुझिएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply