बल्ल भयो दुवै एकेडेमी मण्डले–मुक्त
काठमाडौं । चौतर्फी दबाब बढेपछि दुई प्रज्ञा–प्रतिष्ठानमा प्रगतिशील खेमाका सर्जकहरूले नै नियुक्ति पाएका छन् । संगीत तथा नाट्य र ललितकला प्रज्ञा–प्रतिष्ठानमा पञ्चायतकालीन पृष्ठभूमिका व्यक्तिहरूलाई नियुक्ति गर्ने तयारीमा सरकार लागेको थाहा पाएपछि नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध कलाकर्मीहरूले तीव्र रूपमा असन्तुष्टि पोखेका थिए । तर, सोमबार ती दुवै प्रज्ञा–प्रतिष्ठानमा लामो समय सांस्कृतिक र कला क्षेत्रमा बिताएका प्रगतिशील खेमाका सर्जकहरूले नै नियुक्ति पाए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा रायन (नारायणभक्त श्रेष्ठ) लाई नियुक्त गरिएको छ । बीसको दशकदेखि नै प्रगतिशील सांस्कृतिक मोर्चामा आबद्ध रहेर काम गरेका रायन राल्फाकालीन समयदेखिकै चर्चित कलाकर्मी हुन् । तर, सरकारले कुलपतिमा पञ्चायतकालीन पृष्ठभूमिका केही व्यक्तिहरूको नाम अघि सारेपछि प्रगतिशील कलाकर्मीहरूले रायनलाई कुलपति बनाउनुपर्नेमा जोड दिएका थिए । उपकुलपतिमा भने हरिहर शर्मालाई नियुक्त गरिएको छ र सदस्य–सचिवमा श्याम तमोटलाई नियुक्त गरिएको छ ।
संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा नियुक्त गरिएको प्राज्ञ परिषद् सदस्यहरू खासै विवादित खालका छैनन् । राल्फाकालीन समयदेखि नै सक्रिय मञ्जुल (मेघराज नेपाल) लाई सम्मानस्वरूप परिषद्मा लगिएको छ । त्यस्तै लामो समयदेखि प्रगतिशील सांस्कृतिक फाँटमा आबद्ध नमुना शर्मा, अशोककुमार राई पनि परिषद्मा परेका छन् । पोखराकी लोकगायिका हरिदेवी कोइराला, नाट्यकर्मी निशा पोखरेल र मैथिली संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षि पनि परिषद्मा परेका छन् ।
ललितकला प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा केके कर्माचार्यलाई चयन गरिएको छ । यसअघि कर्माचार्य उपकुलपति थिए । तर, उपकुलपतिमा नियुक्ति पाएका गोपाल चित्रकार भने कलाकारभन्दा पनि फोटो पत्रकारका रूपमा परिचय बनाएका व्यक्ति हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरिएको बताइन्छ । प्रधानमन्त्री ओलीसँग कहिलेकाहीँ गल्फ खेल्दा नजिक भएका चित्रकारलाई आफ्नो क्षेत्र नभए पनि निकटताकै आधारमा नियुक्ति गरिएको बताइन्छ । उपकुलपतिमा यसअघि प्राज्ञ परिषद् सदस्य रहेका रमेश श्रेष्ठले चाहना राखेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो गृहजिल्लावासी श्रेष्ठलाई आश्वासन दिँदै ‘म तपाईलाई उपकुलपति बनाउन प्रयत्न गर्छु’ भनेका थिए । तर, प्रधानमन्त्रीको इच्छामा उपकुलपतिमा चित्रकारलाई ल्याइएको छ ।
सो प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिवमा भने विपीनकुमार घिमिरेलाई नियुक्त गरिएको छ । ललितकला क्याम्पसको प्रमुख रहेका घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको दबाबमा नियुक्त गरिएको बताइन्छ । उनी अख्तियार प्रमुखका आफन्त रहेको बताइन्छ । उनको राजनीतिक निकटता नेपाली कांग्रेससँग रहेको बुझिएको छ । प्राज्ञ परिषद् सदस्यमा ल्याइएको रमेशनाथ खनाल पनि कांग्रेसनिकट नै मानिन्छन् । परिषद् सदस्यमा सुष्मा राजभण्डारी मात्र दोहोरिएका छन् । यसअघि परिषद् सदस्य हुँदा विवादमा परेकी राजभण्डारीलाई फेरि दोहो¥याइएकोमा सबै चकित परेका छन् । परिषद् सदस्य धर्मराज शाक्य भने राम्रा मूर्तिकारमा गनिन्छन् ।
यसअघि दुवै प्रज्ञा प्रतिष्ठानमा मण्डले पृष्ठभूमिका मानिसहरूको कब्जामा रहे पनि यसपटक भने दुवै प्रतिष्ठान मण्डलेमुक्त भएका छन् । अनेक पृष्ठभूमिका व्यक्तिहरूले नियुक्ति पाएका कारण यसअघि दुवै प्रतिष्ठानहरूमा तीव्र विवाद हुँदा कामकारबाही सहज ढंगले अघि बढ्न सकेको थिएन ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
- चार प्रदेशमा विहानैदेखि बर्षा
Leave a Reply