विकासमा पञ्चायती भूत
पञ्चायतकालमा तीन चरणमा विकासका काम हुन्थे । पहिलो चरणमा असारे काम गरिन्थ्यो । असारे काम किन भनेको के हो भने बजेट पेस गर्ने काम पनि असारमा हुन्थ्यो । बजेट खर्च पनि असारमा नै हुने गथ्र्यो । असारमा काम गरेपछि पूरा काम गर्नुपर्दैनथ्यो । अलिअलि काम गरेजस्तो ग¥यो अनि पानीले बगायो या बाढीले लग्यो या वर्षाले असर ग¥यो भनेपछि खेल खत्तम, बजेट हजम भइहाल्ने । त्यही भएर असारे काम या असारे विकास भनिएको हो ।
पञ्चायतकालमा अर्को विकासचाहिँ राजाको सवारीको बहानामा हुन्थ्यो । राजाको सवारीको बेलामा राजालाई देखाउन विकास गतीविधी तीव्र गरिन्थ्यो । विशेषगरी वर्षैपिच्छे देशका विभिन्न विकास क्षेत्रमा राजाको भ्रमण हुने गथ्र्याे । काम गर्नेचाहिँ राजै हुन भन्ने देखाउन त्यही ठाउँमा मात्र विकास गरिन्थ्यो । जति पनि विकास बजेटहरू तिनै ठाउँमा खन्याउने काम हुन्थ्यो । जहाँ महाराजा पुग्छन् त्यही विकास । त्यो काम पनि स्वाभाविक ढंगले होइन हतारमा हुन्थ्यो । हतारको काम लतार हुन्थ्यो । राजा पुग्दा सबै टिलिक्क हुन्थे । राजा फर्केपछि त्यहाँका पञ्चहरू झिलिक्क हुन्थे । यसैलाई सवारी विकास भनिन्थ्यो ।
त्यतिबेला देशमा नीति कार्यक्रम पनि बन्थ्यो । योजना आयोग पनि हुन्थ्यो । योजना सर्वेक्षण भएर र बजेट पनि बन्थ्यो । वार्षिक कार्यक्रममा योजना छनोट पनि हुन्थ्यो, तर कार्यान्वयन भने सधैं अनिश्चित हुन्थ्यो । त्यसकारण, के हुन्थ्यो भने समयसमयमा राजाबाट हुने आदेश र हुकुम प्रमांगी । बीचबीचमा महाराजबाट हुकुम प्रमांगी भयो भने सारा बजेट कार्यक्रम चौपट हुन्थ्यो । सबै नियमित कार्यक्रमका स्रोतसाधन हुकुम प्रमांगीतिर जान्थ्यो । हुप्रबाट आएका योजना भनेका सेवकहरूका हुन्थे । सेवकहरूलाई कसैले केही भन्ने कुरा भएन । कतै काम हुन्थे, कतै नाम मात्र हुन्थे, कतै दाम हुन्थे । यस्तै विकास हुन्थे । अहिले पनी यस्ता तिनै खाले विकास चालू छन् । रोकिएका छैनन् । पहिले एकजनाको हुकुम आउँथ्यो । अहिले त बजेटका भान्से पनि असंख्य छन् । कति हुन् कति । केन्द्रबाट कमसेकम ५ सय थानले रजधज गर्दछन् । प्रदेशमा ७ सयभन्दा माथि छन् । स्थानीय तहको कुरा गरी साध्य छैन । तिनले बजेटमा पार्ने असर कति हो । कन्टिजेन्सी र अनुगमनका नाममा हुने खर्च कती हो । कमिसनको चक्कर, नजरानाको चलखेल अनि अरू अरू के के । अचम्म छ । साँच्चिकै विकासको परिणाम त कताकता अहिले पनि कुरा उही छ । यसले व्यापक सुधारको माग गरिरहेको छ ।
विकास भनेको नियमित प्रक्रिया हो । यसलाई गति दिन सकिन्छ । योजनाबद्ध विकास प्रयासका माध्यमबाट तीव्रता दिन सकिन्छ । योजना छनोट र सञ्चालनमा स्पष्टता र पारदर्शिताका माध्यमबाट विकासलाई व्यवस्थित प्रभावकारी बनाउन सकिन्छ । तर, चमत्कार गर्न भने व्यापक जनपरिचालन गर्नु अनिवार्य छ । व्यापक जनपरिचालनबिना सीमित व्यक्तिका प्रयासले विकास प्रक्रियामा छलाङ मार्नचाहिँ कठिन हुन्छ । अहिलेको हाम्रो विकास प्रक्रियासमेतमा जनता सामेल भइरहेको अवस्था होइन । अहिले हामीले भनिरहेको विकास तीन तहका सरकारले गर्ने बजेट खर्चको परिणाम मात्र हो ।
हाम्रो जस्तो देशको विकासको पहिलो पाइला के हुनुपर्दछ, त्यसमा स्पष्टता हुनु आवश्यक छ । मलाई लाग्छ, हामीले हाम्रो कृषि उत्पादन बढाउने, उत्पादन वृद्धिका माध्यमबाट आयात घटाउने र आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्ने कुरा प्राथमिक हुनुपर्दछ । दलाल पुँजीको प्रभाव घटाउने र राष्ट्रिय पुँजीको विकासका लागि नीतिगत संरक्षणको नीति लिने काम गर्नुपर्दछ । राष्ट्रिय विकासमा विशेष आयाम ल्याउन शिक्षा, स्वास्थ्य, तथा सामाजिक सुरक्षाको क्षेत्रमा विशेष कार्यक्रमको घोषणा गर्दै आमजनतालाई उत्पादन वृद्धि तथा विकास प्रयासमा सामेल हुन आह्वान गर्नुपर्दछ । आमजनताको चाहनालाई प्राथमिकतामा राखी उनीहरूलाई नै परिचालन गरेर अघि बढ्ने नीति लिनुपर्दछ ।
गरेपछि पो केही हुन्छ । नगरीकन के हुन्छ र ? कुराले चिउरा भिज्दैन । श्रम नगरी फल आउने होइन । ठगी धन्दा सधै चल्दैन । सजिलो पेसा पनी अस्थायी हो । प्रगतिका लागि त उत्पादनमै लाग्नुपर्छ । उत्पादन गर्ने एजेन्डा नै अघि बढाउनुपर्दछ । हाम्रोतिरबाट जनमुखी, उत्पादन मुखी र जनतालाई आकर्षण गर्ने र जनपरिचालन गर्ने खालका योजना अघि बढ्न सकेको देखिँदैन । हाम्रो तर्फबाट अघि सारिएका प्रायः योजना प्रचारवादी, आयातमुखी र खर्चप्रधान मात्र रहेका छन ।
बारा पर्सा रौतहट सहितका उखु उत्पादक किसानले अहिलेसम्म विकल्प पनि पाएनन, निकास पनि भेट्टाउन सकेका छैनन् । झापाको सुपारी कहिले अल्मलिने र कहिले कुहिनुपर्ने दशाबाट मुक्त हुन सकेको छैन । इलामको अलैंचीले आशा मार्न थाल्यो । अनि चिया मजदुर खुस छैनन् । चिया किसानमा समेत आकर्षण घटिरहेको छ भन्ने समाचार आइरहेका छन् । स्वयं पर्यटनले पनि नयाँ आकर्षण थप्न सकेको छैन । मोरङका जुट किसानको निराशामा कुनै आशा भरिएको छैन । सिन्धुली र रामेछापमा प्रसिद्ध जुनारको अवस्थामा कुनै सुधार भएको छैन । गोर्खा, स्याङ्जासहित देशका विभिन्न भागमा उत्पादन हुने सुन्तला प्रशोधनको बाटो खुलेको छैन । मुस्ताङ र जुम्लाको स्याउ बारीमै सड्ने समस्या यथावत् छ । कर्णालीको यार्चागुम्बाको पोजिसनमा कुनै परिवर्तन आएको छैन ।
मुढेजस्ता धेरै ठाउँको आलुले कोल्ड स्टोरसमेत पाएको छैन । केही दिन भारतबाट प्याज आउन बन्द हँुदा हाहाकार हुन्छ । हाम्रो विकासको मुख कता फर्केको छ त ? अलिकति समीक्षा गर्ने हो कि ? आजभन्दा २० वर्षपहिले हामी दालचामल निर्यात गथ्र्याैं अहिले के–के कति आयात गर्छौं । आज हामी ठूलो मात्रामा खाद्यान्न आयात गर्ने ठाउँमा पुगेका छौं । माला लगाउने फूल, कोदो र फापरसमेत आयात गर्ने ठाउँमा पुगेका छौं हामी । दूधमा आत्मनिर्भर हँुदै छौं, तर लागत मूल्यले हामीलाई विस्थापित गर्ने खतरा बढिरहेको छ । कुखुरा र कुखुराको फुलको अवस्था त्यस्तै छ । कृषि उत्पादनमा आधुनिक प्रविधि भिœयाउने र उत्पादन लागत घटाउने कार्यमा हाम्रो ध्यान जानु आवश्यक छ । तर, त्यतातिर हामी त्यति गम्भीर छौं जस्तो लाग्दैन । जनताले महसुस गर्नेगरी काम भएको पनि पाइँदैन ।
नेपालको विकासको महŒवपूर्ण क्षेत्र पर्यटन हो । पर्यटन विकासको मूल आधार सडक पूर्वाधार भर्खर डिजाइनिङको चरणमा छ । अन्तर्राष्ट्रिय सम्पर्कको मूल आधार हवाई यातायातले बजार लिन सकेको छैन । हाम्रो नेपाल वायुसेवा निगमले आफूलाई भरपर्दो बनाउन सकेको छैन । त्रिभुवन विमानस्थल धान्नै नसक्ने ठाउँमा पुग्दा पनी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ‘चुवानडाँडा विमानस्थल हाम्रो प्राथमिकतामा पर्छ’ । पूर्व–पश्चिम राजमार्गभन्दा अरू मार्गहरू फोर–लेन बनाउने कुरा प्राथमिकतामा पर्छन् ।
राजधानीमा आकर्षण थप्ने, विशेष पर्यटकीय क्षेत्रहरूमा सुधार गर्ने कार्यभन्दा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने कुरामा मात्र चिन्ता र चासो छ हामीलाई । कसरी विकासले गति लिने हो त ।
विकासमा गति दिन र विकासमा नयापन ल्याउन सर्वप्रथम हाम्रो सोच र चिन्तन राष्ट्रिय हुनुपर्दछ । हाम्रो मन फराकिलो बनाउनुपर्दछ । हामीले आफ्नो र अर्को भन्ने खालको भेद गर्न छोड्नुपर्दछ । हामीले स्वयंलाई आफू, आफ्ना वरिपरिका र आफ्नो गुटका लागि भन्दा देश र सामाजिक परिवर्तनका लागि काम गर्न तयार हुनुपर्दछ । सबै खालका स्वार्थ त्यागेर अघि आउन तयार हुनुपर्दछ । अन्यथा, विकास गफ मात्र हुनेछ या पञ्चायती कालमा जस्तै असारे विकास र हुकुमी विकासमा परिणत हुन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply